सहिदको सपना के हो ?
१. साल २०४६ । महिना चैतको । गते १९ । विहान ८:३० । स्थान मंगल मा.बि. । एक हुल विद्यार्थीहरु स्कुलको प्रांगणबाट पञ्चायति व्यवस्था मुर्दावाद भन्दै नारासँगै निस्के । निरंकुश पञ्चायती व्यवस्था विरुद्धको पहिलो स्कुलको आन्दोलन हुनुपर्छ जस्मा स्कुलका गुरुहरु नै त्यसका निर्देशक हुन् । नाउँ नै तोकेर भन्नुपर्दा स्वर्गीय टिकाराम महर्जन ज्यु जस्को निर्देशनमा स्कुलबाट निस्किएको जुलुस त्यतिबेलाको चिथु गाउँ पञ्चायतमा पुत्ला दहन गरि पुन: स्कुल फर्किएको थियो भने उक्त मोर्चा पुन: बिहानको खानपछी खाली गाग्री बोकि मौन जुलुस निकाल्ने निधो भएसँगै सो कार्यक्रमले गति लियो । स्कुलका केटि विद्यार्थीहरुले खालि गाग्री बाइकको थियो भने केटा विद्यार्थीहरु मौन नै थिए । जुलुस मंगल मा.वि. निस्की चिथु हुँदै तन:नी हुँदै जात्रा रुटबाट घुम्दै मान्छेको भीड बढ्दै जाँदा कुसिचा भन्ने टोलनेर पुग्दा समस्या पानीको जस्तो देखिने मोर्चाले राजनैतिक नारा गुञ्जाउन थालिईयो । त्यो मोर्चाले राजनैतिक पथमा पाइला टेके । सबै विद्यार्थीहरु त्यस्कै हिस्सा हुँदै ल्होदेग: हुँदै चिथु पञ्चस्यत भवनबाट पुन: मंगल मा.वि. हुँदै नयाँबजार पाँगा दोबाटो हुँदै मोर्चा पाँगा छिरिइयो । हजारौंले साथ र सहयोग पनि गरिईयो । निरंकुश विरुद्धको नारा लगायत आक्रोश पोख्दै पाँगा हुँदै नगाउँ पुगे । त्यसपछी त्यही मोर्चा पाँगा दोबाटो पुगे । यो दिनको पूरा कार्यभार मैले बोकें । र मैले नै " हाम्रो आन्दोलन जारी छ, भोलि ३ बजे पुन: मंगल मा.वि.बाट हाम्रो मोर्चा सुरु हुने छ " भन्दै मेरो दुईशब्द त्यही टुङ्ग्याएँ । त्यतिबेला त्यहाँ इट्टा थुपारी राखेको थियो त्यसमाथि चढेर मैले त्यो दिन विसर्जन गरेको मेरो बुबाले हेर्दै गरेको देखें । घर पुग्दा नेता भईश होईन् त एक छाक भातको अर्को एक छाक थपिदिनु भो । मौनतामै रमें ।
२. भोलि अर्थात साल २०४६ चैतको २० गते भात खाएर स्कुल गएँ । स्कुलमै खेली रहें । दिउँसो २:३० बजेतिर मान्छेहरु बिस्तारै जम्मा हुन थाले । पुरानो भवनको उत्तरतिरको भवन बनेको थिएन् । त्यहाँ देवाली गर्न आउँने एउटा ढुङ्गा थियो त्यसमा म र मेरो गणित शिक्षक शैलेन्द्र कुमार प्रधान बसि रहेका थियौं । मान्छे भीड देखेपछि गर्ने भन्ने सल्लाह स्वरुप हामीले मोर्चा चलाउने निर्णय गरेर आन्दोलनलाई साकार रुप दिन थाल्यौं । दिशाहिन झै हामीले कहाँ कता जाने भन्नेतर्फ खासै निर्देशित छैनौं । हामी हाम्रो नेता पनि पाएका थिएनौं । र पनि हामीले लायकु हुँदै समल, देवढोका हुँदै फर्कि हामी अगाडिका सलिंछेँ पुगेको र पछाडि एक्कासि आक्रमण भएको हुँदा भीड तितरबितर भईयो । पछाडि के भएको अगाडि हामी काठको भाटा बोक्नेलाई थाहा भएन् कोहि कता कोहि कता त हामी कोहि जो अगाडिको मोर्चा सम्हाल्नेहरु हालको हिलटाउन स्कुल रहेको ठाउँ जहाँ घाँस कम सिस्नु झाडी ज्यादा थिए त्यहिबाट हाम्फालेर हालको विष्नुदेवी अस्पतालमा पुग्यौं । त्यसको केही क्षणपछी बाघभैरब मन्दिर परिसरबाट इशाराबाट बोलाईयो । हामी माथि उक्लियौं । र पुलिसहरु पाँच सात जना मात्र थिए, तर गोबिन्द भन्नेको कान नै निस्किने गरि पिटेर घिसारेर लग्यो भन्ने देख्नेहरुले भन्नेबित्तिकै हामीले घरमा जे छ त्यो लिएर निस्किनु भन्दै मोर्चाको आह्वानसँग हामीलाई साथ दिन हजारौं निस्किए । सुरुमा हामीसँग ३०० जना भन्दा गन्तिमा ३०१ पनि हुन्न होला जब हाम्रो मोर्चाले बाघभैरब इटाछेँ तन:नी भरियापुखुसी मानत्वा ल्होदेग: हुँदै चिथु गाउँ पञ्चायतको बाटो छोडी नयाँबजार पुग्दा हामीसँग हजारौं कोदाली बोकि आक्रोशित हुने भीड सम्मेलित मोर्चा बनी सकेको थियो । त्यो मोर्चा पुलिस चौकी अगाडि पुगे । सबै आक्रोशित थिए । जब कोदाली बोकि आएका कीर्तिपुर वासीहरुको भीड देखेपछी कुरा गर्न एक भद्रभलादमी पुलिसको हाकिम निस्किनु भयो र स्वर्गीय टिकाराम सरसँग " तपाईहरु यसरी आउनु नै पर्दैन्थे, हाम्रो काम समाउने हो । सोधपुछ गर्ने, छोड्ने हो" त्यतिमात्र के भनेको थियो दायाँ गालामा एक मुक्का भीड मध्ये एकले चार्ज गरे । त्यसको लगत्तै चौकिमा ढुङ्गा बर्षाउन थाले । त्यतिबेला अहिलेको बिवादित मभी पुखूमा पानी थिएन् । हानाहान भएपछि सबै पुन: तितरबितर भए । म पनि पुखू हुँदै मैले चिन्ने स्वर्गीय बयान तरिबाको वारि हुँदै घरमा लुक्न पुगें । त्यतिबेला हेलिकप्टरले कीर्तिपुरलाई परिक्रमा गर्न आए । हल्ला हो या साँचो दोस्रो विश्वयुद्धमा बन्देज गरेको गोलि कीर्तिपुरका जनता मार्न हेलिकप्टरबाट ढल्पातिरको एउटा खेतमा खसालेको र पछि त्यही चलाएको भन्ने पनि भो । टियरग्याँस कति सेल कति सेल चलाईयो । म कोठामा गफ गर्दै बसिरहें । पछि वातावरण सामान्य जस्तो लागेर घरतिर लाग्नु पर्यो भने त्यहाँबाट घरतिर जाँदै गर्दा मैले हाल कीर्तिपुर पार्टी पालेसका सञ्चालक श्री नरेन्द्र महर्जन ज्युलाई भेटें । उहाँकै शब्दमा कीर्तिपुरको चौकिलाई तीनतिरबाट घेरी सकेका छन् हामीले कुटुझ्व पालिफ:बाट घेर्नुपर्छ भनेपछि हुरुक्क हुँदै म पुन: त्यो भीडमा सम्मेलित भएँ । पालिफ:मा उभिएर अनेक नारा सहित आक्रोशित हुँदै रह्यौं । हामीमा टियरग्याँस वर्षाईयो हामीले वास्ता गरेनौं । निरन्तर नाराबाजी गरिरहँदा अचानक टियरग्याँसको सेल भन्दै समाउन पुगेको गोलि श्री नरेन्द्र महर्जन ज्युको हातमा लाग्यो " जित गोलि कल अर्थात मलाई गोलि लाग्यो" भन्दै हात टाउको माथि उचाल्दै उहाँ कुद्नु भयो । उहाँकै पछि म पनि कुदें । म अहिले कीर्तिपुर नपामा कार्यरत बासु श्रेष्ठको घरको ढोका एउटा खुट्टा बाहिर अर्को भित्र राख्दै यसो फर्की हेर्दा कोहि रक्ताम्य हुँदै लडेको देखें । म बासु श्रेष्ठको घरको ढुकुटीमा लुकेर बसें । त्यतिबेला मसँगै बासु, नरेश(हालको अभियन्ता अधिबक्ता) र उहाँकी आमा पनि हुनुहुन्छ । पछि गाँइगुई चलेपछी थाहा भो हाम्रो तर्फको वीर सहिद लनबहादुर महर्जन हुनु भो भनेर । चारदिशा भएको ठाउँमा चार सहिद जन्मिए । लनबहादुर महर्जन, हिराकाजी महर्जन, राजमान माली र मेरो मित्र राजेन्द्र महर्जन सहिद भए । आज यी सहिदहरुका नाममा एउटा स्कुल बने राराहिल भने सहिद स्मारक कलेज बने । तर त्यतिबेला घन्किएको आवाज बेथिति विरुद्धको स्वर आज कहिँ दबिएको छ । प्रजातन्त्र चाहिन्छ भनिएको सार गलत रहेछ भन्ने बुझाई लोकतान्त्रिक गणतन्त्रले पस्केको जस्तो छ । बहुदल भनिएको सार बहुलादल जस्तो चित्रण गरिएको छ । सभासद भनिनेहरु बेथितिकै लागि बाँचेका हुन् कि भन्ने सोचले जीवन खोज्नतिर लागेको छ । समग्र देश कुरा छोडेर कीर्तिपुरकै मात्र कुरा गर्ने हो भने २८ वर्ष प्रवेश पाएको नगरपालिका स्वयम् अवैध स्थान निर्मित छ । ३४ वर्ष अघि पानीको समस्यालाई केन्द्रित गरि गरिएको आन्दोलनले बल्लतल्ल अहिले केही राहत स्वरुप पानी प्राप्त भएको छ भने दीर्घकालीनको लागि कुनै शिवदेव तृतीयले कीर्तिपुरको लागि पानीको कहिल्यै कमि नहोस् भनी खोला नै थुनेर ल्याएको पानी कीर्तिपुरमा ल्याउने आँट कुनै नेतामा देखिएको छैन् । आपसी भागबन्डा गर्ने सोच मात्र कीर्तिपुरको राजनीति देखिनुले सहिद दिवस जति वर्ष मनाईयो त्यति नै वर्ष मुखमा राम राम बगलिमा छुरा मात्र भो । जेठो नगरपालिका मात्र बुढो भो । नियमसंगत उत्पादन युक्त दीर्घता सोच्ने कोशिश कसैले गरेनन् । भूगोल ठूलो बनिए तापनी कीर्तिपुर संकुचित भएर गएको छ । मुटुमाथी ढुङ्गा राखी हास्नु परेछ भने झै मात्र कीर्तिपुर भएको छ । यस्तोमा सहिदको दशा के होला ? हिजोको सोचले पुलिसहरुकै अगाडि तिनीहरूलाई प्रत्येक साल देखाउन भएपनि यहि राख्नुपर्छ भनिएको सोच पनि मरेको छ । कुरा दुइटा गरेका छन् । र सहिद अर्थ पनि बिस्तारै बदलिएको छ । ट्रकले ठक्कर दिएपनी सहिद घोषणा गर्ने चलन आएको छ । भाषा आयोगद्वारा नियम विपरीत मरेपनी सहिद भन्ने चलन आएको छ । कुकुरलाई ताक्दा ढुकुरलाई पर्दा पनि सहिद भन्ने फेशनले मेरा कीर्तिपुरका सहिद बदनाम भएको छ । हिजो सम्पुर्ण कीर्तिपुरवासिको लागि प्रजातन्त्र भनी लडिएका सहिदहरुप्रती श्रद्धाञ्जली पाउन योग्य नभए जस्तो व्यवहार हुनु वा कसैसँग समय नहुनु आफैमा दु:खदायी यथार्थता हुन् । अर्को कीर्तिपुर चैत २० को सहिद सहकारीको मात्र हो कि भन्ने सन्देश गएको बेला ती सहकारी पनि बिच बाटोबाटै हराउनुले अब कीर्तिपुरका सहिद बलिदानको नभई झुठो राजनीतिको मात्र सहिद भए कि सोच्ने समय आएको छ । स्तम्भ अगाडि त्यो पनि एक दिन दुई शब्द सम्झेर सहिद दिवस मनाईन्छ भने त्यो के काम ? हुन त मनुष्य जातको स्वार्थ प्रवृति जन्मदिने आमाबुबालाई सम्झिन फुर्सद नभएको बेला सहिदको सार नै के रह्यो र ? प्रश्न यसरी तेर्सिएको बेला जवाफ सम्मान नहुनु दु:खपुर्ण कुरा हुन् ।
अन्तमा, कीर्तिपुर सधैं सत्ता पक्ष प्रतिपक्ष भन्दै राजनीति गर्नेहरुले के २०४६ चैत २० मा सहिद बनेकाहरुको सपना एउटा स्कुल र एउटा कलेज मात्र हो र ? कलेज विवादित स्थान पोखरीमा उभिएको छ भने स्कुल गुठी अन्तर्गत सञ्चालित छ । के साँच्चिकै हाम्रा सहिद यतिको लागि मात्र थियो कि ? अर्को प्रजातन्त्र भन्दै चिच्याउनु आखिर प्रजातन्त्रको मुलमन्त्र अझैसम्म कहिँ पनि किन स्थापित छैन् ? किन बाटो लगायत अन्य उत्पादन युक्त सोचले कार्यले जीवन पाउन सकेको छैन् किन ? विकासले किन साहदत मात्र खोजेका छन् ? के सहिद दिवस सहकारी समुहले मात्रै मनाउनु पर्ने दिवस थियो ? या स्कुल कलेजको मात्र दायित्व र कर्तव्य थियो ? किन कीर्तिपुरका अवामले चार सहिदमाथी अवहेलना गरे, किन ? किन आजसम्म सहिदको सपना यहि हो कसैले भनेनन् किन ? राजनीतिले खोज्ने नातावाद वा कार्यकर्ता व्यवस्थावाद पो सहिद सपना हो कि ? लुटतन्त्रको मन्त्र पो सहिदको सपना हो कि ? आखिरमा सहिदले प्रजातन्त्र अर्थात प्रजा यानिकी जनताको तन्त्र समान व्यवस्था सुनिश्चित अधिकार भनिएको कुरा आफुखुसी स्वचालित प्रणाली, घुसखोरी, अत्याचार-बलात्कार , हत्या एवम् श्रमिक बेचविखन नै सहिदको सपना हो कि ? आखिर के हो त सहिदको सपना ? संस्कारमाथी लुट रच्ने रचना हो कि सम्पदा मासेर दुई दाम श्रीसम्पत्ती बढाउने मनशाय हो कि ? मातृभूमि त्याग पो सहिदको सपना हो कि ? यसरी मैले सहिदको सपना सम्बन्धमा कुरा गरिरहँदा मलाई भौतिक विज्ञान पढाउनु हुने गुरु होमनाथ दाहाल, घर ओखलढुंगा २०४६ पछि कहिल्यै भेट भएन् उहाँले कीर्तिपुर आन्दोलनमा अनेक पटक भाग लिनुभएको थियो उहाँलाई सम्झिदै कलम रोकें । पुन: सहिदले सहकारी जन्माएको अर्थ लाग्ने गरि सहिद दिवस कलेज र स्कुलको मात्र होईन् भन्न चाहें भने सहिदको परिभाषा र सपना हामीले बुझ्नुपर्छ हाम्रो पेट वा आङले होईन् । महल वा झुपडी विचको दूरी मेट्नुपर्छ । देश बन्नुपर्छ । देशै नरहे...