कीर्तिपुरको शिक्षामा आशंका किन ?
प्रशान्त महासागर
कीर्तिपुर ७७ जिल्लाको एक सदरमुकाम हो । शिक्षाको हिसाबले सबैको माथाको चण्डन, कीर्तिपुरको माटो हुनुपर्छ । विज्ञान राखी राखेर ज्ञानको कुरा गर्ने हो भने निष्कर्ष यहि हुनुपर्छ । र कीर्तिपुरकै आँगन बूढो विद्यालय विश्वविद्यालय छ । कीर्तिपुरेहरु पेटमा लात मार्ने नीति शिक्षा लादेको छ । लाद्नु यहाँ राम्रोको लागि थियो । ज्ञान र विद्याको लागि थियो भने कीर्तिपुरमा पृथ्वीनारायण शाह पहिलो चोटि हारेको भूमीमै आज विश्वविद्यालय खडा छ । जस्ले हाम्रो नाक कान काटिएको थियो उसले इज्जत सम्मान पेटमा कुल्चिएर दिन खोजेको थियो जसलाई कमैले मनन गरे, बुझे । शिक्षामा आफुलाई समर्पित गरे । तर मुआब्जा नै ठूलो बुझे जुन मरेर लान सकिन्न । कमाउनु पर्ने शिक्षा ज्ञान बुद्धि कीर्तिपुर समर्पित भएन् भन्ने सोछ दु:ख दिएकै अवस्थामा कीर्तिपुरभित्र पुन: शिक्षाद्वारा नाककान काट्न लगाउने विचारले जन्म लिए । बत्तीमुनि अन्ध्यारो भने झै चुनावको परिणाम आउनु लगत्तै व्यवस्थापनको कुर्सीमा राजनैतिक नियुक्तिले के शिक्षा ज्ञान प्राप्त गर्छ ? बुद्धिले सुधार निकास प्राप्त गर्छ ? शिक्षा कायापलट हुन्छ ? प्रश्न नकारात्मक लाग्छ भने जवाफ के ती शिक्षक अनि व्यवस्थापनना चयन भएका अध्यक्ष सदस्यहरूका सन्तान तिनीहरू आवद्ध रहेको स्कुल वा कलेजमा अध्ययनरत छन् त ? पुन: प्रश्न जवाफ खोजेको छ । किन शिक्षा राजनीति ? अर्को स्नातकोत्तरसम्म कीर्तिपुरका बासिन्दालाई "एक घर एक स्नातक" छात्रवृत्ति भनिएको छ । नगर लगानी चर्चामा छ । के कोहि कसैको वा ब्यबस्थापक/शिक्षक/ जनप्रतिनिधिका छोराछोरी कोको पढेका छन् ती स्कुल तथा कलेजमा अध्ययनरत छन् ? के प्रमुखका कोहि छन् कि ? उपप्रमुखका कोहि कुनै कलेज वा स्कुलमा अध्ययनरत छन् ? वडाध्यक्ष वा अन्य कोहि ? व्यवस्थापन पक्षका कोहि कसैका कोहि छन् कि ? यहाँ शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षकहरूका कोहि सरकारी स्कुलमा अध्ययनरत छन् कि ? प्रश्नले जवाफ खोज्छन् । हामीलाई चाहिएको सुधार हो । गुणस्तर व्यवहारिक ज्ञान हो । कीर्तिपुरभित्र कलेज वा स्कुलमा हुने लगानीले निकास पाउनुपर्छ । दिन गन्ने र माना मात्र पाक्ने भयो भने शिक्षा हुनु भन्दा नहुनु जाती भन्नुपर्ने हुन्छ । जस्तै विश्वविद्यालय यदि नभएको भए भन्ने मुआब्जाका कुरा छन् । जागीर कीर्तिपुरेहरुले पाउनुपर्छ भन्ने आवाज पनि छन् जबकी स्थानीय सरकारको अधिनमा हुने शिक्षा भनिए तापनि हाम्रो कमजोरी यति छ कि भौतिक संरचना बनाउँदा त्यसको नक्शा पास समेत गराउने हैसियतसम्म बनाउन सकेका छैनौं ? कारण राजनीति । शिक्षा लगानी सोच्दै मैले मेरो पाला यो गरेको त्यो गरेको जबकी त्यसमा कुनै फल नै लाग्दैन् भने कम्सेकम खेत बाझो राखेपनी खेल्न मैदान हुनेथियो । रासायनिक मल मात्र नहालेको भएपनि माटोको उर्वरा शक्तिमा कमि आउने थिएन् ।
अन्तमा, शिक्षालाई गुणस्तर र व्यवहार बनाउने हो नि:शुल्क योजनाको लागि सर्वप्रथम पुर्वाधार गुणस्तर बनाउनेतिर हामी लाग्नुपर्छ जस्तो छ । फल्चामाथी बल्चा बनाएर त्यसको औचित्य हुन्न । फल्चाको कथा आफ्नै छ बल्खाको महत्व आफ्नै ठाउँमा छ । कीर्तिपुर नगरभित्रको भौतिक संरचना स्वत: आफ्नो हुने साथै सम्पदा संरक्षणले समृद्धि हुने कुरालाई विकास मानेर लगानीलाई गुणस्तर र व्यवहारिक बनाउनु नै बत्तीमुनि अन्ध्यारो हुन नदिनु हो । स्नातक सम्म छात्रवृत्ति दिदा कति जना कसका पढेका छन् ? यसमा विचार हुनुपर्छ । किन कीर्तिपुर छोडेर काठमाडौ पढ्न जान्छन् जबकी कीर्तिपुर त्यो क्षेत्र हो जस्को माटो माथामा चण्डनको लेप सम्झी लगाउँदा पनि खासै फरक पर्ने छैन् शिक्षाको हिसाबमा ७७ जिल्लाको सदरमुकाम कीर्तिपुर हो । यहाँबाट यहाँकै विद्यार्थीहरु छात्रवृत्ति प्राप्त हुँदा नि किन पढ्न शंकाको दृष्टिकोणले हेर्छन् ? किन जनप्रतिनिधि लगायत व्यवस्थापन कार्यरत कर्मचारी अनि शिक्षकहरुले आफ्नै घरको शिक्षाप्रती किन आशंका व्यक्त गरेका छन् ? किन ?