मंसिर १६, २०८१ पछिको कीर्तिपुर कस्तो ?
१. २०७९ बैशाख पछिको अन्धाधुन्ध ठेक्कापट्टा जस्तो कि ?
२. २०७९ बैशाख पछि कार्यकर्ता पाल्ने भ्रमण जस्तो कि ?
३. पर्यावरण जोगाउन भौतिक संरचना पोखरीमै बनाउनु पर्ने जस्तो कि ? या शिक्षालय बनाउँदा नि मौन बस्नु पर्ने कि ?
४. २०४२ साल देखि झुण्डिएरै यात्रा गर्नुपर्ने कीर्तिपुर यातायात व्यवस्थापन जस्तो कि या पेसेन्जर पाएन् भन्दै बारबार चल्ने र बन्द हुने नगर बस सेवा जस्तो कि ?
५. आवश्यक प्राविधिक, विद्यार्थी अनुरुप पढ्न मन लाग्ने विषयको व्यवस्थापन गर्न छोडी " खाए खाऔं नखाए नखाऔं" भन्ने एक घर एक स्नातक कि ?
६. आफैले दान दिएर आफै लुटिने गुणस्तर सेवादायी बनाउन छोडी अंक ५०% छुट व्यव्स्थापन जस्तो कि ?
७. निरन्तर अन्धकार बनाउने उज्यालो कीर्तिपुर जस्तो कि ?
८. दलगत उपभोक्ता समिति नै हुनुपर्ने कि ?
९. करको दायर महानगर भन्दा उच्च हुने कि ?
१०. २०७४ बैशाख पछिकै कोरोनाले गर्दा काम गर्न सकेन् भन्ने कि ?
११. २०७४ बैशाख पछिकै पानी आपूर्तिको लागि पोखरीमा डिप बोरिङ्ग जस्तै कि ?
१२. अन्धाधुन्ध उपभोक्ता समितिबाट विकास निर्माण गर्ने कि ?
१३. कार्यकर्ता एवम् शुभेच्छुक देश दौडाहा जस्तो कि ?
१४. अधिनमा नभएको बाटो पिच गरे भन्ने भ्रम छर्ने जस्तो कि ?
१५. निरन्तर पानी र अस्पताल यस्तोउस्तो भाषणबाजि सुनाउने थलो जस्तो कि ?
१६. २०७४ अघि सर्वदलीय व्यवस्थाले आ-आफ्नो हैकमी शासन जस्तो कि ?
१७. कु-को बेला ५८ दिन शासन चले जस्तो कि ?
१८. २०५४ पछि सिद्धान्तवादी भर्ती केन्द्र जस्तो कि ?
यसरी बुँदागत विश्लेषण गर्दा जाँदा पृथ्वीनारायणले जित्न नसक्ने बाहिरिया आक्रमणबाट बचाउने जस्तो सम्पन्न कीर्तिपुर जस्तो कस्तो बनाउने ? मनभित्र अनेक कुरा खेली रहेकै बेला गणतान्त्रिक व्यवस्था प्रणाली लागू भए देखिको आजसम्म दिनमा कीर्तिपुरलाई झुठा आश्वासन एवम् स्वार्थ अनुरुप प्रयोग गर्ने थलो मात्र बनेको देखिईयो । विगतको गल्ती निरन्तरता बाहेक अन्य अवस्था कीर्तिपुर बनाउने परिकल्पना अझै कसैबाट वाचा गरेका छैन् ।
दलको विकल्प स्वतन्त्र नै हो भन्ने सवाल बहस भएपनि कस्तो स्वतन्त्र ? त्यतातिरको विचार विमर्श भएको देखिन्न । कोहि आक्रोश कोहि असन्तुष्टिबाट स्वतन्त्र उत्पादन कीर्तिपुरमा भएपनि भूगोल र योग्यतासँगै कुनैको विज्ञताले स्वतन्त्र आकार कोरिएको अवस्था मंसिर १६, २०८१ मा देखिन थालिएको छ । अर्को स्वतन्त्र हल्लाबाट पनि उदय भएको प्रत्यक्ष महसुस गर्न सकिन्छ । मलाई बालेन, हर्कको समर्थन छ भन्दै गर्दा समर्थन गर्नेहरु पृष्ठभुमि नबुझिएको र उद्देश्य के हो गर्भमा लुकाईएको छ । त्यस्तै हर्क बालेन भन्ने स्वतन्त्रहरुले हर्क भूगोल बुझ्ने भूमिपुत्र र अध्ययन हुने व्यक्ति नै स्वतन्त्र हौं भनिएको कुरा जनता माझ ओझेल पारेका छन् । कीर्तिपुर निरन्तर त्यस्तै गल्तीका बाटो नजावस् भन्ने कामना पनि छ ।
शिक्षा विज्ञहरुले शिक्षामा सुधार ल्याउने कुरामा विश्वस्त हुँदै विश्वलाई देखाउनै पर्ने ग्वा पुखू उत्खनन् हुने कुरामा आशावादी भएको छु । स्वतन्त्र उम्मेदवार राजमान महर्जन ज्युले जित्नु भयो भने त्यो कुरा सम्भव छ । त्यस्तै नेपाली काँग्रेसले जित्नु भयो भने पर्यावरण कसरी बचाउने र सुविधा कसरी दिने लगायत कर किन बढाउने कुरामा छलफलबाट न्यूनीकरण गरिन्छ कि ? पोखरीको विचमा पाटी बनाउनु विकास होईन् बुझाउँछन् कि ? अर्को प्रा.डा. माओवादीले जितिएको खण्डमा गाडिमा झुण्डिएर यात्रा गर्नु नपर्ने दिनको परिकल्पनासँगै पोखरीमा शिक्षालय बन्नुहुन्न भन्दै भत्काउने सोचसँगै उत्पादनबाट कीर्तिपुर समृद्धतिर लाने कोसिस हुन्छ कि ? त्यस्तै अर्को वकिल डा. एमालेले जित्नु भयो भने कानून मुद्दा मामिलाबाट कीर्तिपुरले मुक्ती पाउनुका साथै पुन: कार्यकर्ता संरक्षण नगर्ने लगायत रोजगारी उत्पादन गर्ने उद्देश्य लिनुका साथै नीतिगत भ्रष्टाचारबाट मुक्ति दिन्छन् कि ? र मेरो चाहना, स्थानीय सरकार दलले चलाउने होईन् भन्दै पार्टी प्रतिनिधि ज्युले जित्नु भयो भने कार्यकाल अवधिमा राजिनामा दिन्छ कि ? भन्ने मनशाय जिवित भएको छ । त्यस्तै आफु जिते, समयको हिसाबले न्युनतम २ वटा प्रतिबद्धता पूरा गर्ने र हारेको अवस्था आफ्नो १ वटा प्रतिबद्धता पूरा गराउने लक्ष्य लिनु भयो भने कीर्तिपुर आफै समृद्ध हुन्छ । झुठको खेती गरेर घरखेत बेचेर सम्पत्ति लगानी गरि कीर्तिपुर समृद्ध बनाउने जस्तो झुठो मात्र नबोले पनि कीर्तिपुर आफै समृद्ध बन्छ । अरु साँस्कृतिक लगायत भौतिक कुरा गर्न हामीसँग समय बाँकी छ । "सद्भाव र सत्कारमै छ कीर्तिपुरको आकार " १६ पछिको दिनमा कीर्तिपुर त्यस्तो होस् ।