आमा…!
तिम्रो काखमा निदाउँदा बालक थिएँ,
आज सपनासँग डराउँदा एक्लो भएँ।
भोक लाग्दा तिमी हात बढाउँथ्यौ,
अहिले आँसु पिएर मन बुझाउँदा एक्लो भएँ।
संसारले साथ दिने कसम खाएको थियो,
अँध्यारोमा कोही नपाउँदा एक्लो भएँ।
सम्झनाको सागरमा तिमीलाई खोज्छु,
शब्दहरूले मात्र बताउँदा एक्लो भएँ।
आउ आमा, फेरि एकपटक बोलाऊ,
म त तिमी बिना हराउँदा एक्लो भएँ…!
— सूर्य राय
२५ फाल्गुण २०८१, आईतबार ०९:१६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता