पुखू अर्थात पोखरी जन्मका कथाव्यथा धेरै छन् । कसैले कसैको सम्झना बनाएको इतिहास छ भने कसैले सिंचाइको सहजताको लागि बनाईएको कथा छ । ती कथामा पनि पोखरी वा पुखू किन भन्ने प्रश्न सोझिन सक्छ । यहाँ पुखूको शाब्दिक अर्थ जीवन हो । पानी सभ्यतामा जीवन हुन्छ त्यसको कथा हो । पानी, आमा नै हुन् । आमा जननी यसमा कुनै विवाद वा प्रतिवाद गर्ने कुरा छैन् । र पानी नै पर्यावरणको पर्यावाची हुन् त्यो भनेको पानीलाई स्वच्छ र कञ्चन एवम् चञ्चल पनि हुन्छन् भने पानीमा जति शक्ति सायदै अरुमा हुन्छन् होला, जस्को कल्पना नगरौं ।
कीर्तिपुरमा
१. ग्वा: पुखू : मानव चोखो र शुद्ध हुन बनाइएको पुखू ।
२. पलपुखू : पलेस्वाँ अर्थात कमल फूल खेती गर्न बनाइएको पुखू । कीर्तिपुरको उत्तर भेगमा यस्ता पुखू धेरै छन् ।
३. जसिपुखू : जलय् अर्थात हरिसिद्धिको नाच कीर्तिपुरमा ल्याउँदा चोखो हुन नुहाउने पुखू अर्थात पोखरी जसमा हाल कीर्तिपुर नगरपालिकाको भवन ठड्याएको छ भने हरिसिद्धिको देवगणको नाच कीर्तिपुरमा ल्याउनेपर्छ उहाँहरूको आशिर्वाद कीर्तिपुरलाई चाहिन्छ्न् सोच्ने कोहि कीर्तिपुरमा रहेनन् ।
४. निखासी पुखू : विशेषगरी हाँस खेती गर्न निर्मित पुखू अर्थात पोखरी हुन् । हाल उक्त स्थानमा सहिद स्मारक कलेज बनेको छ भने सार्वजनिक सम्पत्ति दोहन रोक्न निर्मित भएको भन्ने चर्चा छ ।
५. नयाँ बजार पुखू : कीर्तिपुर तगवपी देखि पाँगा दोबाटोमा अनेक खाल्डोहरु छन् त्यसलाई पनि पुखू वा पोखरीकै रुपमा कुनै बेला बुझिन्थ्यो । त्यहाँ पनि प्राय: हाँस चराउने गर्थ्यो भने पछि धान सुकाउने खल अर्थात आँगन हुँदै आजभोली बाटो बने तापनि त्यहाँ विशेषगरी पार्किङको लागि स्थानीय सरकारले आफ्नो सोच खर्चेका छन् भने त्यसको विपरीत फुटपाथ पसलले बाटो उहीँ जोगमेहर निर्मित भन्दा हल्का फरकमा छन् । तगवपी यथावत नै छन् गर्वको विषय यहि हो । अप्ठ्यारो हो भन्ने महसुस गरिदा त्यसलाई पनि टपन ग्लासले छोप्ने योजना सार्वजनिक भई सकेको थियो ।
६. लाभा पुखू: यो विशेषगरी सिचाइकै लागि बनाइएको पोखरी हो ।
७. भिं पुखू : पानीलाई शक्ति र जीवन बनाउन अझ भनौं शरीरमा रगत हुन दिन पिउने पानी संरक्षणको लागि बनाइएको पुखू हो ।
८. मभिं पुखू : शरीरमा रगत र शक्तियुक्त जीवन मात्र भएर पुग्दैन् त्यो सफा पनि हुनुपर्छ सोचले निर्मित पुखू मभिं पुखू हो । यहाँ चोख्याउने संस्कार पनि हुन्थ्यो भने आकार ठूलोको सार जल भण्डारण धेरै गर्नुका साथै पर्यावरण त्यसको लक्ष्य हुन् ।
यी पोखरीहरु आवश्यकताले जन्मेका हुन् अब पुरिनुपर्छ सोच हो भने वा खुल्ला हुनुपर्दैन् सौन्दर्यकरण नै यसको मुख्य सार हो सोच्ने हो भने पोखरीमा बोरिङ्ग गर्नु जस्तै हुनेछ । भवनहरु बने जस्तै हुनेछ । तर सम्झना निर्मित हुन त कीर्तिपुरमा कुनै रानी पोखरी छैन् तरपनि जिवित हिसाबले राम्रो छ त्यो हाम्रो सभ्यता संगत तर्क व्याख्या ज्ञान होईन् । कीर्तिपुरमा विभिन्न कालखण्डमा विभिन्न पोखरीले जन्म लिए । तिनीहरू मारिए, पुरिए पनि । त्यो हाम्रो शरीरभित्र रगत सुकेको म मान्दछु । दिन प्रतिदिन परजीवी मनुष्य बन्नुको प्रमुख कारण हुन् । संस्कार वा पुर्खाको नासो घाँडो लाग्नु हो । त्यो सोच्नु हाम्रो गलत मानसिकता हो । अत: पुन: विचार होस् कि कीर्तिपुरमा अवशेषको रुपमा जिवित पोखरीहरु खेतीपातीको लागि मात्र होईन् । भिं पुखूको पानी हाम्रो शरीरको रगत हो भने मभिं पोखरी संस्कार सम्पदा र देशको प्रतिनिधित्व गर्ने विशेष विशेष पोखरी हुन् । यसको पुन: निर्माण हुनैपर्छ तर शिलान्यासको बालहठ त्याग्नुपर्छ । हिजो बोरिङ्ग गलत भन्नेले आज सौन्दर्यकरणलाई किन सहि माने ? स्वार्थ के हो ?
अन्तमा, नेवा: सभ्यता जब देश बन्ने होडमा हिडे तब विशेषगरी दुइटा पोखरी निर्मित भएको इतिहास छ भने सम्भव भएसम्म तीनवटा बनाउने नीति ऐन नै छन् । कीर्तिपुरमा त्यही अनुरुप बनेका हुन् त्यसबाट लाभ लिने कुरा हुनुपर्छ