दुइ खर्बको सहकारी ठगी जसमा राज्य ठग र नागरिकले भुलेको पाटो

लगभग २ खर्ब रकम घोटाला भएको सहकारी काण्ड अहिले चर्चामा छ। सडक सदन चिया पसल देखी प्रशासन अदालतमा समेत सहकारी अग्रस्थानमा छ्। नेपालमा हाल ३४००० भन्दा बढी सहकारी संचालनमा छन । ६३ लाख आम मानिस सहकारीमा जोडिएका छन। आम नागरिकलाई वचत गर्ने बानीको विकास गर्न सहकारीले महत्वपुर्ण भुमिका खेलेको कुरा नजर अन्दाज गर्न सकिदैन । राज्य कमजोर हुँदा र सत्तामा भ्रष्ट अनि दलालहरु आसिन हुँदा राष्ट्रका सबै निकाय निकम्मा साबित हुन्छन्। सहकारीमा भएको घोटालामा पनि त्यहि लागु भएको देख्न सकिन्छ्। सहकारीमा रकम अपचलन नेपालमा नयाँ घटना भने हैन ।

आजभन्दा १२ वर्ष अगाडि ओरिएन्टल सहकारीमा भएको ४ अर्वको घोटाला र त्यसपछि भएको सिभिल सहकारीको ६ अर्वको घोटला ले समेत सहकारीमा भैरहेको गुह्य समस्या सरकारको नजरमा परेन जसको कारण थियो पछिल्लो राजनितिक घटनाक्रम जहाँ हरेक दलका नेताहरुले सहकारीलाई लुटिखाने भाडो बनाएका थिए त्यो पनि रयो बिचमा सत्तामा रहेका प्रमुख दलहरुको नेतृत्वको संरक्षणमा। जसको प्रतिफल एकैजना व्यक्ति केदार्नाथ शर्माबाट १५ अर्व सम्मको घोटाला र लगभग दुइ खर्बको सहकारी घोटाला हुन पुग्यो । देशका साठी लाख नागरिक प्रत्यक्ष जोडिएको सहकारी घोटालाम राष्ट्रीय स्वतन्त्र पार्टिका सभापती एवम गोर्खा मिडिया नेटवर्कका तत्कालिन प्रबन्ध निर्देशक रवि लामीछाने अहिले छानबिनका लागी पक्राउ परेका छन । जसले सहकारी घोटालालाई अझै सतहमा ल्याएको छ्। राष्टृय स्वतन्त्र पार्टी पुर्ण रुपमा आन्दोलनमा छ । आन्दोलनको उद्धेश्य भने सहकारी पिडितको न्याय र निस्पक्ष छानविन भन्दा पनि रवि लामीछानेको रिहाई मात्र हुनु विडम्बनापुर्ण छ।


२ खर्बको घोटाला भएको काण्डमा आफ्नो नेतृत्व नै प्रत्यक्ष अप्रत्यक्ष मुछिइसकेपछि ६३ लाख नागरिकको मुद्दा आफ्नो पोल्टोमा पारेर आन्दोलन गरेको भए उदाउँदो शक्ति रास्वपालाई फाइदा नै हुने देखिन्छ्। तर रास्वपा रवि लामिछाने बाहेक अरु नेताहरुमा भिजन नभएर हो अथवा पुराना पार्टीको जालमा पर्न हो । रास्वपाले छानविन हुँदै गर्दा सडकमा पुरै पार्टी लागेर आन्दोलन गरिरहेको छ्। रवि संसदिय छानविन समितिले समेत सहकारी वचन अपचलनम रवि प्रत्यक्ष संलग्न नरहेको बताइसकेकाले रवि भोलिका दिनमा निर्दोष साबित भएर निस्कने सम्भावना बढि छ । नयाँ दल थिति बसाल्न र सुशासन ल्याउन अगाडि उभिनुपर्नेमा दुइ खर्ब बराबरको ६३ लाख नागरिक जोडिएको घोटालामा पार्टिको नेतामाथी छानबिन हुँदै गर्दा आन्दोलन गर्दा यो परिपाटिले भोलिका दिनमा रवि लामिछाने निर्दोष साबित हुँदा पनि आन्दोलनको प्रभावले भन्ने प्रष्ट देखिनेछ्। जुन गलत नजिर बस्न जानेछ । हुल देखाएर अपराधिहरु छुट्ने परम्परा बस्नेछ्।




अब चाहे रवि निर्दोष हुन या दोषी उनि बाहिर आउँदा कानुन मिचिएको अर्को आरोप बोकेर आउनेछन जसले उनको र रास्वपाको राजनितिक भविष्यमा असर गर्ने नै छ। अनौठो कुरा त अनैतिक सम्बन्धबाट बनेको अहिलेको सरकारका सत्तारुढ दलहरु आफ्ना कुकर्म लुकाउन दिलोज्यानले लागिपरेको देखिन्छ सँगै सकेसम्म बाँकी राज्यदोहनमा लागेको छ। सरकार पनि
सहकारी पिडित जनतालाई न्याय गर्न भने अग्रसर देखिदैन । नत्र भने सहकारी घोटालामा प्रत्यक्ष जोडिएका ठगहरुलाई बाहिरै छाडेर अप्रत्यक्ष जोडिने रवि लामिछानेलाई हतार हतार ठग घोषणा गर्न लाग्ने थिएन्। अहिलेको गठबन्धन सरकारको अन्य उद्धेश्यहरुसँगै अर्को एउटा उद्धेश्य छ जुन नयाँ उदियमान राजनितिक शक्तिहरुलाई पत्तासाफ पार्नु पनि हो किनभने पछिल्लो घटनाक्रमले पुराना दलहरु आगामी निर्वाचनपछि अकल्पनिय रुपमा पत्तासाफ हुनसक्ने सम्भावनालाई उनिहरुले बुझेका छन ।

भलै हाल रवि लामिछानेलाई बदनाम गरन फसाएर पक्रिएर सरकारले प्रतिशोध पुरा गरेको होस या रवि बाहिर निस्किएपछि रास्वपाले विजय मनाओस यि दुबै अवस्थामा सहकारीका साँच्चै पिडितको कतै सम्बोधन हुनेछैन्। जसले पिडितहरु आक्रामक भएको खण्डमा भविष्यमा ठगहरु र सहकारी घोटालामा जोडिएका सबै कानुनि रुपमा सजायबाट उम्किए भने पनि पिडितहरु आक्रामक बन्दा त्यसबाट बच्न सक्ने अवस्था देखिदैन। गरिवदुखीले दुख गरेर गास काटेर जम्मा गरेको रकम सरकारी संयन्त्रकै प्रयोग गरेर ठगेर खाइदिदा भलै ति गरिबदुखी आफ्नो र आफ्नो सन्तानको लागी भनेर अहिले नै कारबाहीको लागी अगाडि न आउलान तर भविष्यमा उनिहरुका सन्तानले आफ्नो बुबाआमाको पैसा कसैले लुटेर खाइदिनाले दुख पाएको भनेजस्तो पढ्न नपाएको भन्ने कुराले त्यतिबेला उनिहरुलाई बदलाको मार्ग लाग्न प्रेरित गर्न सक्छ जुन भयंकर खतरनाक साबित हुनेछ्। छिमेकि राष्ट्र भारतमा कालो हरिण मारेको केसमा २६ वर्षपछि विश्नोइ समुदायले सलमान खानलाई बारम्बार ज्यान मार्ने धम्कि दिइरहेको छ यो घटनाबाट हामीले शिक्षा लिनु आवश्यक हुन्छ्।




समस्याग्रस्त सहकारीको सम्पत्ति बैंकहरुले सस्तोमै हडपेर खानथालेका समाचार आउन थालेका छन । जसले गर्दा सहकारीले जनताको पैसा लुट्ने बैंकले सहकारीको र पहुचवाला धनाड्यले बैंकको पैसा लुट्ने यो प्रकृया सानो माछालाई ठुलो माछाले खाने भनेझैँ चलिरहने देखिन्छ्। यसरी जनतालाई रनभुल्लमा पारेर राख्नाले राज्य कुशासन र भ्रष्टाचारको चरम सिमा नाघेको महसुस हुन्छ्। छिटोभन्दा छिटो समस्याग्रस्त सहकारीहरुबाट ५ लाखभन्दा कम बचत गर्ने जनताको बचत फिर्ता गर्न लगाउन सरकारले संयन्त्र तयार गर्नुपर्ने देखिन्छ्। र बाँकि सहकारीमाथी पनि कडा निगरानी राख्नुपर्ने देखिन्छ्।

महत्वपुर्ण कुरा त घोटाला सहकारीमा मात्र हैन बैंक , फाइनान्स , लघुबित्त , इन्स्योरेन्स लगायतका वित्तिय क्षेत्रमा समेत भएका छन केहि बाहिर आएका होलान केहि समयसँगै खुल्दै र्दं नै छन । ठुलाठुला व्यापारिक घरानाहरुको कालो धन्दा र उनिहरुले अपनाएको राज्य लुट्ने फरक फरक उपाय पनि समयसँगै खुल्ने नै छ्। ति घोटालाहरु खुल्दैजादा सबैभन्दा ठुलो घोटाला हुनेछ कृषी घोटाला जहाँ गिरिबन्धु देखि बाख्रा घोटाला सम्म जोडिनेछ्। ७५% सम्म कमिसन खाएर झोले फार्मलाई दिइएको कृषी अनुदान समेत छानविन गर्दाका बखत कृषिको ३-४ खर्बको घोटाला उजागर हुनेछ जुन बेला फाइलमा कृषी गरेर अनुदान खाने हजारौँ दलका टोले नेताहरु यो घोटालामा मुछिनेछन अझ भनौँ पुराना दलहरुले गाउँगाउँमा पालेर राखेका बडे र छोटे भ्रष्टहरुको नक्काली कृषीको भण्डाफोर हुने छ्। यो विषयमा जानकारहरु पनि मौन बस्नुको कारण हो हरेक नेपालीले आफुले चिनेको कम्तिमा एकजना झुठो अनुदान लिएर बसेका मान्छे छन । वन घोटाला, वृक्षारोपण घोटाला, डोजर घोटाला , निजिकरणको घोटाला , स्टक मार्केटको घोटाला अहिले सम्म छायामा छन हरेक घोटालामा खरबौँ खरब राज्यको र नागरिकको पैसा अपचलन भएको छ ।

राज्य संयन्त्र कमजोर हुँदा र सत्तामा देश बनाउन चाहनेभन्दा आफु बन्न चाहने हुँदा सुशासन कल्पना गर्न पनि सकिन्न्। सहकारी घोटालामा लुकेको यथार्थता भनेको हजारौँ साना सहकारी संचालक इमान्दार हुँदाहुँदै पनि केहि थान स्क्यामर सहकारीको कारण सबै बदनाम भएका छन्। जसले भोलिका दिनमा सहकारीप्रती जनताले विस्वास गुमाउने पक्का छ्। यसले पुरै सहकारी क्षेत्रलाई तहसनहस पार्ने नै छ्। सँगै हामीले बुझ्नुपर्ने कुरा सहकारी घोटाला कमजोर कानुनको चलाखहरुले उठाएको फाइदा पनि हो। हाम्रो देशमा मात्र नभएर धेरै देशमा सहकारी कालो धन राख्ने थलो पनि भएको छ्। सहकरीमा रहेको वचतको छानविन गर्ने हो भने त्यहाँ ठुलोमात्रामा कालोधन भेटिने पक्का छ। साथै धेरै सहकारीका संचालकहरुले सहकारीको वचत अपचलन गरेको कुरा पर्दादास हुने नै छ। त्यसैले सहकारीमा कतिसम्म वचत राख्न पाउने अनि कतिसम्म ऋण दिने भन्ने नियम कडा नहुँदा संचालक र ठगले यसको फाइदा उठाएको देखिन्छ्। त्यसैले सबैभन्दा पहिला संचालकहरुमाथी छानविन गर्नु जरुरी छ साथै दोषी जोकोहि भएपनि कारबाहीको दायरामा ल्याउनु आवश्यक देखिन्छ अन्यथा अहिले रोपिएको लुटको वृक्षले भविष्यमा ठुलो दुघटना निम्त्याउन सक्छ्। यो अवस्थामा सरकार नागरिक र विवादित सबै पात्रहरुमाथी छानविन गरेर दोषीलाई कारबाही र निर्दोषलाई सफाया दिदा उत्तम हुनेछ। सहकारी घोटालालाई समस्याको रुपमा मात्र नलिएर शुसासनको लागी एक अवसर मानेर जनतालाई राज्यप्रति विश्वास दिलाउनु आवश्यक हुन्छ जसको लागी एउटै उपाय वचतकर्ताको वचत फिर्ता गराउनु हो।

प्रतिक्रिया