आज नेपालमा कुकुर तिहारको विशेष उत्सव मनाइँदैछ, जहाँ कुकुरहरूको पूजा गरिन्छ र उनीहरूको प्रति सम्मान प्रकट गरिन्छ। ऋग्वेदमा कुकुरको महत्त्वलाई 'समरा'को रूपमा वर्णन गरिएको छ
, जसले स्वर्गका राजा इन्द्रलाई हराएको वस्तु भेटाउन मद्दत गरेको उल्लेख छ। वैदिक सनातन परम्परा अनुसार, कुकुरलाई अभिभावक र यमराजको दूतको रूपमा मानिन्छ, र उनीहरूलाई मृत्यु पछि मोक्षको द्वारमा पहरा दिनेको रूपमा चित्रित गरिन्छ।
महाभारतमा, सत्यवादी युधिष्ठिरले आफ्नो वफादार कुकुर बिना स्वर्गमा जान अस्वीकृत गरेका थिए, जसले कुकुरको धर्म र सत्यमार्गको प्रतीकको रूपमा महत्त्वलाई दर्शाउँछ। यसैगरी, चाणक्य नीतिमा कुकुरलाई चनाखो र सन्तुष्ट जीवको रूपमा उल्लेख गरिएको छ, जसले कुकुरको विशेषता र मानवीय मूल्यहरूको प्रतिनिधित्व गर्छ।
आजको दिन, मात्र घरपालुवा कुकुरहरूको पूजा मात्र होइन, सडकका कुकुरहरूलाई पनि विशेष ध्यान दिइन्छ। कुकुरहरूलाई फूलको माला पहिराइ, अबिरको टिका लगाइन्छ र विभिन्न स्वादिष्ट परिकारहरू अर्पण गरिन्छ। यसरी कुकुरलाई सम्मान गर्नाले मानव सभ्यता र संस्कारमा कुकुरको महत्त्वलाई पुष्टि गर्दछ।
कुकुर तिहारको परम्परा अनुसार, आजको दिन कुकुरलाई खान नदिई भोजन गर्ने मानिसलाई यमराजको दण्ड भोग्नुपर्ने विश्वास छ। यस कारण, बिहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकुरको पूजा गर्ने चलन रहेको छ।
यो उत्सव केवल सांस्कृतिक परम्परा मात्र होइन, मानवता र प्रकृतिसँगको सम्बन्धको पनि प्रतीक हो। विज्ञानले पनि पारिस्थितिकी तन्त्रका रूपमा हरेक प्राणीको अस्तित्वको आपसी सम्बन्धलाई पुष्टि गरेको छ।