काठमाडौं । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र शेरबहादुर देउवा नेतृत्वको सरकारका तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर पक्राउ परेका छन्।
रामेश्वर राय यादव तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा २०७६ कात्तिक ४ गतेदेखि २०७७ पुस १० गतेसम्म करिब १ वर्ष १ महिना ५ दिन श्रममन्त्रीका रूपमा कार्यरत थिए। उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट मन्त्री बनेका थिए। पछिल्लो निर्वाचनअघि उनी जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए।
त्यसैगरी, शेरबहादुर कुँवर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा २०७९ असार १२ गतेदेखि पुस ११ गतेसम्म करिब ६ महिना श्रममन्त्री बनेका थिए। उनी नेकपा (एकीकृत समाजवादी) का तर्फबाट मन्त्री भएका थिए।
दुवै पूर्वमन्त्री फरक–फरक राजनीतिक नेतृत्वको सरकारमा श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका व्यक्ति हुन्। उनीहरूको पक्राउसँगै यस घटनाले राजनीतिक तथा प्रशासनिक वृत्तमा थप चासो पैदा गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता