कीर्तिपुर अस्पतालका डायलाइसिस बिरामीलाई निःशुल्क ल्याब परीक्षण, राजकमल महर्जनको महत्वपूर्ण पहल

काठमाडौं । कीर्तिपुर अस्पतालमा डायलाइसिस गराइरहेका बिरामीहरूलाई आवश्यक ल्याब परीक्षण निःशुल्क उपलब्ध गराउने महत्वपूर्ण पहल गरिएको छ।

आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीहरूलाई राहत पुर्‍याउने उद्देश्यले गरिएको यस पहलमा राजकमल महर्जनले महत्वपूर्ण योगदान पुर्‍याएका छन्।


यसअघि निःशुल्क डायलाइसिस सेवा उपलब्ध हुँदै आएकोमा अब आवश्यक ल्याब परीक्षणसमेत निःशुल्क गराउने व्यवस्था गरिएको हो। साथै, आगामी दिनमा बिरामीहरूलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराउने लक्ष्य राखिएको छ।


यस अभियानले आर्थिक रूपमा कमजोर तथा दीर्घरोगबाट पीडित बिरामीहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।

स्वास्थ्य सेवामा मानवीय भावना, सामाजिक उत्तरदायित्व र सेवाभावसहित अघि बढाइएको यस सराहनीय कार्यका लागि राजकमल महर्जनप्रति हार्दिक धन्यवाद तथा बधाई व्यक्त गरिएको छ।


प्रतिक्रिया