के फरक पर्छ र??? कविता

~Muskan Pokharel 

के फरक पर्छ र??? 


तिमीले  मलाई

चिन्यौ कि चिनेनौ? हम्म?

के पो फरक पर्छ र,

मेरो चिनारीमा तिम्रो नाम

यही नै त मेरो दुनियाँ हो।


म  दिल खोलेर 

नहाँसेको कति भयो??

खै....?

तर के फरक पर्छ र,

मेरो समर्पण, तिम्रो मुस्कान

यही नै त मेरो दुनियाँ हो।


श्रृंगारको अर्थ

सजाउनु हो कि लुकाउनु?

ह्या....

के फरक पर्छ र?

तिम्रो नाम , मेरो मेहन्दी

यही नै त मेरो  दुनियाँ हो|


सँगै हिँड्नु भनेको

पाइला चाल्नु हो कि पछ्याउनु?

हाँ हाँ..

अब झन् के फरक पर्छ र?

मेरो पाइला तिम्रो गति🚶‍♀️

यही नै त मेरो दुनियाँ हो।


कति पटक लुछिए म ?

कति पटक जिउँदै जले??

कहाँ म  केवल  घर सजाउने वस्तु बने?🧚‍♀️🧚‍♀️

कहाँ वंश बढाउने मिसिन ?? 

तर

के ..नै ..पो फरक पर्छ र?

मेरो पाइलाले  

अलक्षिना ल्यायो कि लक्ष्मी.....

यति हिसाब आए

भै गो नि।


म ,

म हुन पर्छ र?


अबुईईई के सोधेको यस्तो???

उ हेर त

ऊ

उसैले

लेको छ नि जिम्मा

मारे पाप पाले पुण्य को।

प्रतिक्रिया