आजको गणतन्त्र

किर्तिपुर- प्रशान्त महासागर

चितुवाले चुरोट के सल्काउन लागेको थियो त्यही बेला मुसा त्यहाँ आइपुग्छ अनि प्रवचन सुनाउन शुरु गर्छ कि जङ्गल यति सुन्दर हुँदाहुँदै तिमी यहाँ चुरोट सल्काएर आफ्नो जीवन नष्ट पार्ने हो र भन्दै सम्झाउँछ । अनि आफुसँगै जङ्गल डुलाउन लैजान्छ । अलिक पर पुगेपछी हात्ती रक्सी पिउन तयारी अवस्था थिए । उसलाई पनि अनेक ज्ञानबुद्धि र सुन्दर प्रकृतिको बयानले मनमस्तिष्क परिवर्तन गराई दिन्छ । साथै आफुहरुसँग जङ्गल घुम्न बाध्य बनाउँछ । जङ्गल घुम्दै जाँदा त्यहाँ  उनीहरूले जङ्गलको राजा सिंहलाई देख्छ जो हुक्का तान्दै रमाई रहेको थियो । उसलाई पनि अनेक प्रवचन मुसाले सुनाए । सुनेको केही क्षणमै एक चड्कन गालामा दिए । मुसाले झापड खाएको देखेर लोकतान्त्रिक गणतन्त्रको राज्यमा हात्ती र चितुवाले प्रतिवाद गर्दै किन हानेको सोध्न थाले ।  जवाफमा : यो साला आफैं भाङ खाएर जेल सजाय भोगी सकेको कैदी हो जो हरपल त्यस्कै नशामा लठ्ठिएर जङ्गल डुल्ने अनि ज्ञान बाँड्ने काम गर्छन् । समयले पाएको अधिकार अनि भनिएको स्वतन्त्रता आफुखुशी अरुलाई दु:ख दिनमा खर्च गर्छन् । आजको हाम्रो जङ्गल यस्तै यस्तै कुराले उजाडिएका छन् । धर्म र कर्मले गरिने पापका प्रतिफल यहाँ मुनाफा बनेका छन् । बनाउने प्रयासमा मुसाहरु छन् । भकरीको सत्यानाश गर्ने जिवहरु चतुयाँइहरु सत्ता र शक्ति आडमा उफ्रेका छन् । हामीले दिएका लिएका वा ल्याईएका लोकतान्त्रिक पद्धति यस्ताको लागि होईन् । राजनीति प्रवचन सबैले यी मुसाले जस्तै भाङको आडमा दिन्छन् । कुरा राम्रै गर्छन् तर व्यवहारिक सिकबाट पर बस्छन् । लागू गर्नुपर्ने यथार्थताबाट टाढिएर भ्रमका खेतीले अन्न उब्जाउने सोचमुखी कुराहरू गर्छन् । आजको यो दु:ख मुसाले भाङबाट बिर्सेका छन् । र अरुहरुले पनि आ-आफ्नै खोजमा जीवन बिताउने सोचमा धर्म र मर्म त्यागेका छन् । आफ्नो सुख र खुशिको लागि गरिने कार्यमा समेत बन्देज लगाउने सोचले समाज पाएको छ । समाजको परिभाषा सामाजिक न्याय भन्द व्यक्ती स्वार्थ मुख्य बनेका छन् । आफ्नो स्वार्थको लागि मुसाले तिमीहरू बटुले झै सबैलाई बटुल्न खोजे । जब त्यो नशा छुट्छ तब पुन: अर्को पाउन वा खोज्न थाल्छ तर सत्य र निष्ठाको लागि स्थापित समाजलाई संस्कारलाई सम्पदालाई श्रापित बनाउनुहुन्न बुझ्दैनन् । यो आजको लोकतान्त्रिक गणतन्त्रको दु:ख हो जुन दु:खमा भाव वाफिएका छन् । हिउँ पानी अनि यात्रा बनी हामी सामुबाटै यथार्थ गुज्रन्छन् जस्को हेक्का अब हामीमा हुन्न । कारण भाङयुक्त कुराले रुप गणतन्त्रमा खोजेका छन् जस्को आकार सबैले लिएका छन् । सेवा एक हिसाबमा पेशा बनेका छन् । भनिएका धर्महरु वर्गीकरणको लागि स्थापित भएका छन् । आस्था विश्वास हिजो त्यस्मै पुरै ब्राह्मण टिकेको छ अल्झेको छ भन्ने मनोविश्वास आज पैसामा टिकेका छन् । त्यसबाट हिड्ने मात्र यात्री बनेका छन् जस्मा यात्राको सार शून्य हो बुझाउन मुसाले जति प्रयास गरेपनी त्यो सार सिद्ध हुन्न कारण उसले बताउने सत्यमा भाङका कणहरु छन् जसलाई पखाल्न पुन: त्यस्तै फौजदारी कुराको आवश्यक छ जुन नीतिले नियमले या भनौं इमानदारीताले त्यसको वर्णन गर्न सक्दैनन् । अत: गर्न नहुने कुराकै आड त्यही गर्ने अहिले राजनैतिक परिपाटी सोच बनेका छन् । स्वार्थ भन्दा अरु अन्य केही नसोच्ने जीवनहरु अहिलेको चलायमान कुरा बनेका छन् । अत: मैले राज्य छोड्नु राष्ट्रको लागि हो जङ्गलको लागि हो यो पनि मैले हुक्का तानेर सुनाई रहेको छु । 
अन्तमा, जीव जगतमा एउटा डरले साहदत हासिल गरेको अहिलेको अवस्थामा सबैको कुरा न्याय नीति र सत्य भएपनि त्यो भाङको आडमा छ । कसैले कहिले पनि स्वार्थ सर्वोपरि होईन् भन्छन् भने कि त ऊ भाङको लतमा हुनुपर्छ कि त झुठो बोलिरहेका छन् बुझ्नुपर्छ कारण यहाँ राजनीति पेशा बनेको छ । पेशाले सम्झेर गरिने व्यापारमा नाफाको लागि झुठो बोलिन्छ्न् । तर नाफाबाटै लुट मुनाफा बुझिईयो वा  देख्न सिकियो वा थालिईयो भने राजनीति भाङ खाएर गरिने कार्य हो जस्मा चितुवा, हात्तीले विश्वास गर्लान् तर राजा भनिने सिंह जस्ले राजपाठ बुझेका छन् जसलाई हामीले शक्ति होईन् बुझे व्यवस्था वर्णनमा राखे उसले यथार्थता बुझिएको हुन्छ । आजसम्म हाम्रो सोचले मुसाको कुरा सहि मानेको थियो । चर्को ज्ञान बुद्धि मुसाबाट सुनेर जङ्गल अवलोकन र त्यसको सुन्दरता खोजेको थिए । समय खण्डमा गरिएका गल्ती पाप ठानी त्यसको परिवर्तन खोजेको थियौं जुन सुधार अझैसम्म भएन् कारण त्यहाँ भाङ बिम्ब छन् । सत्य र इमानदारीता परित्याग स्वार्थले सिकाईएको थियो जुन मानव जातको लागि थिएन् । बुझ्न सकिएन् । मानवले सत्य सोच्छ त्यही बुझ्छ अफसोच स्वार्थ सोचिईयो । पाएको अधिकारलाई माग्ने भाडो भन्दा माथिको ब्रम्हाको कमण्डल बुझ्न सकिएन् । अन्तत शक्तिले साँचेका त्रिशूल, चक्र र कमण्डल सत्ता सञ्चालनको लागि मान्न भन्न नसकेर धर्मनिरुपेक्षिताको शब्द सापटीमा जीवन रुपान्तरण गरिईयो । शान्त तलाउमा ढुङ्गाको चलायमान यहाँ यस्तै भो । 

प्रतिक्रिया