२०८१ मा डा. सुरेन्द्र मानन्धर नै किन ?
चुनाव ! कस्ले के बुझ्यो थाहा भएन् तर सामान्य चलनचल्तीमा एक प्रकारको भोजभतेर झै देखिन्छ । कहाँ कस्ले कति खर्च गर्यो र हल्ला धेरै कस्ले गर्न सक्छ जित अहिलेसम्म त्यसकै पोल्टामा देख्न पाईन्छ । शिक्षित समाजमा त्यो असर कम देखिए तापनि छान्ने आधार पहिचान युक्त चिन्ह नै भएको महसुस गर्न सकिन्छ जसको कारण क्षेत्रगत व्यक्तित्व पनि हारेकै देख्न पाइन्छ । अत: चुनाव आचरण र विचार क्षमतामा नभईकन हुलयुक्त स्वरमा चुन्ने गरेको परम्परा यथावत नै छ । समयले त्यो तोड्नुपर्छ भनिए तापनि परिस्थितिले अर्कै चित्रण कोर्छ जस्तै कि दल विकल्प, हुन त विचार स्वतन्त्र हो । तर आजभोलि विचार बेचिएको ठाडो महसुस नेपाली राजनैतिक समाजबाट गर्न सकिन्छ । अत: यहाँ चिन्ह बाहेक अन्य कुनै घोषणा-पत्रले अर्को कुनै चित्र कोर्ने छैन् । कुनै कारणवश कहिँ कोरिए पनि त्यस्को स्वरुप क्रूर नै हुनेछ । त्यसको नियन्त्रण आवश्यक ठानिएनन् भने त्यसले दुर्घटना निम्त्याउँछ । अत: नेता र डाइपर उस्तै हो फेरिरहनु पर्छ । नेतामा हुने लालचले त्यसको अवस्था चित्रण गरिएको छ । नेताले लामो शासन गरिरह्यो भने खराब फोहर डाइपरमा जम्मा हुने वस्तु झै हुन्छन् जुन धोएर सुकाएर पुन: प्रयोग गर्न नमिले झै भनिएको छ । यहाँ डाइपर धुन मिल्दैन् मात्र भनिएको हो तर खराबै बुझ्ने चेष्टा नगर्नु होला । समयले सुधार पनि दिन्छ कि...आश त्यति गर्न सकिन्छ । अत: व्यक्तीको क्षमता पनि स्वतन्त्र झै मान्न सकिन्छ । बेथितिमा लगाम लगाउनु पनि स्वतन्त्र हुनु नै हो ।
हुन त चिन्ह छान्ने चुनावमा, म कसैको चिन्ह होईन् । जुन दिन व्यक्ती र विचारसँगै आचरण छान्ने दिन आउँछ त्यो दिन म ग्राहक होईन्, यो देशको, यहाँको... म मात्र होईन् सबै जनता हुनेछन् । म नेपाली हुनेछु । भूगोल वा भाषाले पहिचान खोजिए तापनि त्यसको खण्डन हुनेछैन् भन्नेमा सबै आश्वस्त हुनेछन् । मैले खोजेको जोडको राजनीति त्यही हो । क्षमतावान दलले समय सापेक्षिक स्थापित गर्नेछ । अत: अहिलेको परिप्रेक्ष्यमा शासकको दम्भ तोड्ने शक्तिलाई एकपछी अर्को गरि बारबार सत्ता सुम्पिनुपर्छ जस्तो लाग्छ । शब्दले अर्थ अर्को उत्पादन नगराउने हो भने विश्लेषणयुक्त कुरा नै गर्ने हो भने पहिचान खोज्ने र आक्रोश पोख्ने निर्वाचन सम्पादन हुनुहुन्न । भन्नुको तात्पर्य चुनाव, विकास खोज्ने र बेथिति बिथोल्ने माध्यम हो जसलाई म दण्ड र पुरस्कार नीति पनि मान्दछु । त्यो नीति अनुरुप मतदाताले स्वविवेकले मतदान गर्नुपर्छ जस्तो पनि लाग्छ । हुन त यो मेरो नितान्त व्यक्तिगत कुरा मात्र हुन् सोच होईन् ।
देशमा गणतन्त्र स्थापना पछि २०८१ को उपनिर्वाचन कीर्तिपुरमा गणतान्त्रिक व्यवस्थाको तेस्रो पटक हुन गै रहेको चुनाव हो । सर्वप्रथम बुझ्नुपर्ने यथार्थता यहि हो । एकचोटि एमाले २०७४ मा जितेको थियो भने जितको दम्भको सजाय स्वरुप २०७९ मा काँग्रेसले जितेको थियो । विडम्बना एमालेले पाप गर्यो भन्दै गर्दा काँग्रेसले अपराध गर्न पाईन्छ भने जस्तो परिणाम कीर्तिपुरले भोग्यो । यो भनेको चिन्हले गरेको हल्लायुक्त कुराले जितेको मान्नुपर्छ । कीर्तिपुरको सन्दर्भमा लेखिएका घोषणा-पत्रले जितेको होईन् । अत: यस्तो चुनावले पुन: जित्नुहुन्न । अहिले पनि दशौ बिसौं वर्षमा पूरा नहुने घोषणा-पत्रहरु देखा पर्न थालेका छन् । मतदाताहरुमा अपिल ! त्यस्ता घोषणा-पत्रमा विश्वास नगर्न पनि अनुरोध छ भने स्वतन्त्रको सवालमा पनि कोहि आफुमाथी भएको अन्तरघातको बदला र नपाएको अवसर प्राप्त हुन्छ कि च्याखे थाप्ने देखिएका छन् । समग्रमा कीर्तिपुरको विकास र समृद्धिको लागि यसको उसको आशीर्वाद खाँचो छ भन्ने बयान देखिएको छ । कीर्तिपुरको सवालमा कसैको कुनै राय आवश्यक छ तर कार्यन्वयन गर्नु विदेशी हस्तक्षेपबाट नेपाल सरकार बन्नु जस्तै मात्र हो । अत: सर्वप्रथम आफुभित्रको क्षमतालाई तिखारे पुग्छ किनभने जितपछी कसैले आफ्नो घरखेत बेचेर यहाँ कुनै विकास गर्दैनन् भने कोहि कतिले त योजना प्रत्यारोपण गर्न छोडेर कमिसनको लालचमा रम्न पुग्छन् । यस्ता कार्यबाट कीर्तिपुरलाई जोगाउनुपर्छ । गुण त्यागेर परिमाणको चर्चा गर्नुहुन्न । यस्तोमा, कसलाई अबको चुनावमा चुन्ने भन्ने सवाल हामी सामु उभिएको छ । यो हाम्रो लागि चुनौती पनि हो भने अवसर पनि । दुबैको सदुपयोग गर्ने हो भने चिन्ह चुनावमा डा. सुरेन्द्र मानन्धर रोज्दा नै उत्तम देखिन्छ भन्ने मेरो निन्तात व्यक्तिगत विचार छ । हुन त यति भन्दा ताली भन्दा गाली गर्नेहरु कुरा नबुझी ज्यादा उफ्रीन्छन् किनभने दलप्रतिको वितृष्णा र केन्द्र सरकारले गर्ने नीतिगत भ्रष्टाचार नै मुख्य हुन आउँछ । स्वतन्त्र कुरा गर्ने मान्छेले दलको कुरा गरे शंका उपशंका जन्माउँछन् जुन जायज पनि हुनसक्छ । तर वास्तविक कुरा गर्ने हो भने स्वतन्त्र जित्न भन्दा नि हराउने राजनीतिमा छन् । आक्रोशमा छन् । आक्रोशले कार्यालयभित्रको शिशा मात्र फुट्छ विकासको मूल फुट्दैनन् । कीर्तिपुरमा म यो चाहन्न । अर्को २०७४ मा जितेको २०७९ हारे पुन: २०८१ मा जित्यो भने पाएको चुनौतीलाई अवसरको रुपमा अनुशरण गर्छ भन्ने मेरो सोच हो । त्यस्तै अर्को ९ जना वडाध्यक्ष जितेको क्षेत्रमा उपनिर्वाचनमा प्रमुख पद हार्यो भने काँग्रेस आफु पनि विकास बिमुख हुँदै गएको कुरा महसुस मनन गर्छ कि ? दम्भ र जनप्रतिनिधि कस्तो र किन हुने भन्ने बुझ्छ कि ? काँग्रेस र एमालेले उपनिर्वाचनबाट राम्रो सोच्यो भने कीर्तिपुरलाई राम्रो हुन्छ कि ? मैले यसरी कुरा गर्दैगर्दा माओवादी जित्दा पनि त हुन्छ नि दुबैले सजाय पाउँछन् भन्ने विचार पनि अवश्य अगाडि आउँछ । माओवादीले जित्दा नहुने होईन्, जित्दा राम्रो तर स्थान कम भएको हिसाबले, भएका खराब प्रवृतिसँग जुद्द्न समय पुग्दैनन् भने घोषणा-पत्रद्वारा दिईएको वचन पूरा गर्न सक्दैनन् । राम्रो गरेको हेर्न बाँकी पार्टी खराबसँग जुध्दै खराब नै बन्छ कि भन्ने आशंका पोख्दै माओवादीको लागि अहिले उपनिर्वाचन जितको लागि भन्दा २०८४ को लागि तयारी अवस्थामा कहिँ कतै कुनैमा फुट्न नभई संयमित भई धैर्य धारण र त्यागको तपस्या गर्न अनुरोधका साथ बस्नुपर्छ जस्तो लाग्छ । सत्ता, नयाँ पुस्तामा हस्तान्तरण गर्ने वाचा सहित युवालाई ल्याउन पनि आग्रह छ भन्दै डा. सुरेन्द्र मानन्धर व्यक्तिलाई जिताउनुपर्छ भन्ने मलाई लागेको छ । राम्रो बन्छ र राम्रो गर्छ भने कीर्तिपुरलाई राम्रो हुन्छ । चुनावमा होमिएकाहरुका उद्देश्य राम्रोको लागि नै हो मैले बुझेको त्यति नै हो । खराब गर्नेलाई फाल्नुपर्छ डाइपर झै आज जितेर राम्रो गर्न सकेनन् भने डा. फाल्ने जिम्मा पनि हाम्रै हो । त्यसैले, कसैले पुन: कीर्तिपुरको बारे खराब सोच्छन् भने सामाजिक बहिष्कार गर्ने अधिकार पनि हामीसँग छ नै । अत: विगतको गल्तीलाई श्रेय दिएर पुन: शंकामै कीर्तिपुरलाई प्रयोगशाला बनाउने हो भने समय बित्दै जान्छन्, हामी श्रापित हुँदै मर्दै जानेछौं । त्यस्तो कार्यबाट बच्न चुनौती दिएर वा लिएर अवसर बुझ्नेलाई छान्ने हो भने उपनिर्वाचन २०८१ मा डा. सुरेन्द्र मानन्धरलाई नै रोजौं । अपिल होईन् अनुरोध मात्र हो । गुण दोष सबैमा हुन्छन् त्यसको प्रशोधन गरि प्रयोग गर्ने हाम्रो विवेकता हो । तर उसले पाप गर्न हुने मैले अपराध गर्न किन नहुने भन्ने प्रयोगशाला कीर्तिपुर होईन् । समग्रमा कीर्तिपुर विकसित हुनुपर्छ त्यो द्वन्दले हुन्न । चुनाव, द्वन्दको लागि पनि होईन् । हामीले जोड्ने राजनीति बुझ्नुपर्छ सिक्नुपर्छ । कमि नहुने मान्छे हुन्न । यसको अर्थ त्यसको सजाय कीर्तिपुरले भोग्नुपर्छ । म त्यो सोच्दिन् । म कसैको विरोधी होईन् । बेथिति कसैको पनि मन पर्दैन् । झुठा आश्वासन कसैको पनि मलाई पच्दैन् । आफुसँग भएको योजना कीर्तिपुर हितमा कसरी प्रयोग गर्ने क्षेत्रगत विकास विचार राजनीति मान्न पनि अनुरोध छ । खाने भात र जाने घाट कहिल्यै नबिर्सिन पनि अपिल छ । राम्रो गर्छ त पुरस्कार, खराव गर्छ त दण्ड त्यो पनि बहिष्कार, सामाजिक बहिष्कार गरौं ।
अन्तमा, हुन त समय खराब चलेको छ, कोहि खराब छैनन् । सोचले काम गर्न छोडेको छ । व्यक्तिवादी स्वार्थमा समाज दास बनेको छ । आफ्नो स्वार्थ त्यागेर हिड्ने हो भने बेथिति बुझ्ने हो र त्यसकै सुधार खोज्ने हो भने सबै खराब देखिन्छन् । अनि त्यही सोचलाई स्वार्थ स्वरुप ग्रहण गर्ने हो भने सबै सहि नै हुन्छन् भन्ने कुतर्कले पनि जीवन चलिरहेको छ । स्वर्गमा ठाउँ छैन् भनिए तापनि मर्न हतारमा जीवन बाँच्ने धेरै छन् । नीतिगत हुन अहिले लगभग समय सकिएको अवस्था छ । सिद्धान्त होईन् स्वास्थले बेथिति सहि र खराबको अवस्था छ । अत: डा. सुरेन्द्र मानन्धरलाई रोजौं । राजनीति खराबमा छ भने व्यक्ती गलत आफ्नो अहम् वा स्वार्थले हुन्छ वा बन्छ । पुन: मैले अरु व्यक्तिको कुरा किन गरिन् चाहिएन् भने बेंसार कोत्याउनु पर्दैन् अहिले साग पकाउने समय हो । साग स्वस्थताको प्रतीक बन्न दिन रासायनिक मल त्यागको पाए ठिक नपाए बेठिक भन्ने कुतर्क तोड्न सके समग्रमा विकास हुन्छ । छल र जालले बुन्ने स्वार्थबाट कीर्तिपुरलाई छुट्कारा दिउ । दल, स्वार्थ भन्दा मातृत्व सोचौं । आक्रोश असन्तुष्टि भन्दा बेथिति विरुद्ध स्थिरता बुझौं ।