चलचित्र "कीर्तिपुर"
"नाम राम, काम हराम" को चलचित्र कीर्तिपुरमा छायांकन भएको छ । कथा यसरी अघि सरेको छ कि शक्तिको सदुपयोग भन्दा दुरुपयोग गर्न पाए बढ्ने, काला जादुमा माहिर हुन्छ सोची विकृति र विनाश स्थापित गर्नुपर्छ सन्देशमा सबै घटनाले दिन खोजेका छन् । लुटलाई मन्त्र मानी वामे पनि सर्न नसक्नुलाई दौडेको यथार्थतामा बुन्ने प्रयत्न भएको अहिले मध्यान्तर अघि देख्न पाईएको छ । यस्तै पटकथा र सम्वाद लेखन नियुक्ति पत्रद्वारा अझ भनौं नूनले लेखिएका छन् । सहिदको रगत सिंचेको भूमीमा फोहरी दुर्गन्धित गिद्धले सिनो थुत्ने तरिकाका द्वन्दहरु प्रस्तुत गरिएका छन् ।
शंकायुक्त खोज योद्धाहरु परिचालित छन् । मलिलो उर्वरा माटोमा गिट्टी बिछ्याएर बालुवाका कमिसनहरुले पानी सोस्न पाईदैन् रैथाने माटोलाई रैती बनाएको दृश्य परिदृष्यले चलचित्रमा उचाई थपेको छ । बाल, वृद्ध एवम् एकल महिलाका व्याख्या पनि तारिफ गर्नुपर्छ भनिएका छन् । उपाय नै शोषणयुक्त पोषण हुन् भन्ने सन्देश पनि दिन आत्तुरता देखाएका छन् । निर्देशक राष्ट्रमा विदेशी भनिए तापनि आँट पहुँच भएको ठाउँमा धरातलमा पनि विदेशी खै देखिनु त्यो दु:खदायी छ । लगानी कर्ता रोकेका छन् । नृत्य निर्देशक कस्तो संगीत र गीत मञ्चन गर्ने अलमलमा अहिलेसम्म सार्वजनिक रुपमा ती नदेखिए तापनि बेलाबेला फुट्ट केही दृष्यहरु " पिउँदिन भन्दाभन्दै पिलाईयो बृद्धाश्रमले " भने झै श्रोत नखुलेको सम्पत्तिले आस्थाको रगत पिएको देखाएको दु:खयुक्त दृश्य हुन् जसमा सबैको आँसु झरेको चलचित्र हेर्दै गर्दा देख्न पाईन्छ ।
आफ्नै चलचित्र स्टुडियो हुँदाहुँदै पनि बेरुजु खर्च पचाउन खुल्ला आकाशमुनी भन्दै अन्यत्र छायांकन हुनुले थप बजेट लगानीकर्तालाई थप्न लगाएको हुँदा निश्चित रुपमा लगानी समेत नउठ्ने हुँदा प्रायः दु:खि छन् । र दु:ख जन्माएको यथार्थता छायांकन भएको छैन् । चलचित्र इतिहास शब्दको रुपमा चित्रण छन् भने संस्कार, सम्पदा ट्याकटुक्कको रुपमा पहिरन भएपनि धारण आवश्यक नभएको सह-निर्देशकले सुनाएका छन् । चलचित्र चल्दैछ, हेर्दैछन् । मध्यान्तर भएको छैन् । पपकन खान दर्शक देश छोड्न आँतिएको छैन् । कतै सोच रुपान्तरित हुन्छ कि...? चलचित्र जस्तो बनाउछौं भनेको थियो त्यस्तै बन्छ कि हेर्न बाँकी छ । र अभिनय हेर्दा कता कता निर्देशकको निर्देशनमा नभई अरु अन्य शक्तिमै चलचित्र बने जस्तो महसुस गर्न सकिन्छ । पुस्ताविना नै जन्मिएको यथार्थता हुनु चलचित्रमा छ ।