तेजेशमान शाक्य : विचार

हाम्रो शिक्षा प्रणाली पुस्तकसँग मात्र होइन, जीवनसँग जोडिनैपर्छ । जीवन परीक्षा हो, जहाँ प्रश्नहरू कक्षामा दिइँदैनन् तर उत्तर सही चाहिन्छ । आजको शिक्षा धेरै हदसम्म नम्बर, प्रमाणपत्र र प्रतिस्पर्धामा सीमित देखिन्छन । तर जीवनले सोध्छ कि “आत्मनिर्भर बन्न सक्यौ ? निर्णय गर्न सक्यौ ? असफलताबाट उठ्न जान्यौ ?” यी प्रश्नजरुको उत्तर किताबले होइन, अनुभवले दिन्छ । 

पढाइले पेट भर्न नसके, पढाइ अधुरो हो । डिग्रीले काम नदिए, सीपले दिनुपर्छ । परीक्षा पास गर्नु सफलता होइन, जीवन बुझ्नु सफलता हो । व्यवहारिक हुनसिक्नु शिक्षित बन्नु हो । गल्ती गर्ने अधिकार दिने शिक्षा, भविष्यका लागि खतरनाक हुन्छ । सोच्न नदिने शिक्षाले अनुकरण मात्र जन्माउँछ । यदि शिक्षा खेतीसँग, हस्तकलासँग, प्रविधिसँग, संस्कृतिसँग र श्रमसँग जोडिदै लैजाने हो भने विद्यार्थी बेरोजगार होइन, सक्षम नागरिक बन्छ । शिक्षाद्वारा नागरिक सक्षम बन्न सकेको परिवेशमा राज्यले श्रमिक बेच्ने नीति ल्याउने छैन । श्रम, सीपलाई राष्ट्रिय सम्पत्ति मान्ने शिक्षाको आवश्यकता छ । शिक्षक मार्गनिर्देशक बनुन्, विद्यालय प्रयोगशाला बनोस् र विद्यार्थी खोजकर्ता बनुन् । 

अन्तमा, जीवन बुझाउन नसक्ने शिक्षा बोझ हो । जीवन बुझाउने शिक्षा  प्रकाश खोज हो जसले कहिल्यै अन्धकार दिनेछैन । तेजेशमान शाक्य त्यही उज्यालो छर्न अवतरण भएको एक शिक्षाविदसँगै पढाइले जीवन बुझ्नु नै रोजगारी मान्ने सचेतक एवम् चिन्तन गर्ने व्यक्ती हुन् । समाज र राज्यले यस्तो धरोहरको उचित मुल्याङ्कन गर्न सक्नुपर्छ । 

प्रतिक्रिया