सम्पदा जोगाउनु पनि आमाको मुख हेर्नू नै हो ।
कीर्तिपुर सम्पदाको सहर हो । यहाँ नेवा: सभ्यता बसोबासित छन । धर्म मिश्रित छन । यहाँको कण कणमा देवको वास छन । यसमा विवाद छैन तर भौतिक संरचना जसलाई एक विकासकै स्वरुप मान्दै अगाडि जाँदा विवाद पछि मात्र समाधान खोज्ने कार्य गर्ने गर्छन । बजेट विनियोजित गर्दा त्यहाँ त्यो चिजको आवश्यकताले त्यसको मौलिक साँस्कृतिक सम्पदा एवम् सभ्यता के असर पर्छ कीर्तिपुरबासीले सोच्न छोडे । बनाउनेले काम पाउने अनि काम गरे पछि केही केही यताउताबाट आउने जस्ता कार्य एवम् त्यसबाट कुनै रेष्टुरेन्टमा एक छाक खाने आदि यस्तै यस्तै विकासले सामाजिक मर्यादा खलल गर्ने काम कीर्तिपुर भईरहेको छ । यसलाई सामान्य नै ठानेका छन शासकले । यसलाई वैचारिक अपाङ्गता मान्नसकिन्छ । र हामीले कहिल्यै काम भन्दा पहिलेका गृहकार्य सार्थक रुपले गर्नै सकेका छैनौं जस्तै कि कुन ठाउँको के महत्व र अस्तित्व जान्ने प्रयासबिना नै उपभोक्ता समिति बनाउने, वडाको सिफारिस लिएर नगरपालिका गएर सम्झौता गर्ने पैसा बैंक खातामा पैसा ल्याउने काम गर्ने । उपभोक्ता समितिमा पनि पहिला त हस्ताक्षर गर्न नजान्ने के गर्न लागेको थाहै नहुने सदस्य संलग्न गरि बजेट कुम्ल्याउने कार्य बाहेक विकासको अन्य अरु सोच सत्तामा आसिन र त्यसको लाभ लिनेले सोचेकै हुन्न । तर अहिले हस्ताक्षर गर्न जान्ने बसे पनि कार्यको महत्व र स्वरुप नबुझ्ने अनि चत्तुराई व्यक्तिले रजगज गर्ने गरेका छन । यसलाई विकास होइन, भ्रष्टाचार भनिन्छ । भ्रष्टाचार पाइला पाइलामा गणतन्त्रभित्र गर्नेहरु छन । यो गणतन्त्रको कमि होइन, मानसिक अपाङ्गता नै हो । सम्पदा मासेर पेट भर्ने निरहिता नै हो । यसको सुधारमा स्वयम् व्यक्तिले त्यो महसुस गर्नुपर्छ अन्यथा जिद्दी लादेरै भए पनि त्यो काम आमाको छातीमा टेकेरै भए पनि पूरा गर्छौं भनी लागि पर्छ भने सत्ता र शक्ति हुनेले बजेट हालिदिन्छन । ठिक एउटा यस्तै विषय कीर्तिपुर-३ अवस्थित मभिं पोखरी जहाँ पोखरीको सुन्दरता कुरुप हुनेगरी सौन्दर्यकरण नाम दिएको छ भने अर्को अहिले बाघभैरवको बाटो काटेर मोटर बाटो निर्माण गर्ने काम जुन आमाको सभ्यता र सम्पदाकै छाती चिरेर कमिसन खोजिएको विकास हो । यसको औचित्य छैन । अत: तुरुन्तै सिफारिस खारेज हुनुपर्छ भने बजेट विनियोजित गर्न नै सल्लाह गर्नुपर्छ । बजेट हाल्नुहुन्छ र सिफारिस गर्नेले सहि गरिहाल्छ । यस्तो प्रवृतिले एकदिन द्य: पुखू पुरेर खुल्ला मैदान बनाउने छ कुनै दिन जसरी आज ग्वा: पुखू मासिएको छ । कलेज बनाएर भाडा खाने नैतिक जिम्मेवारीबाटै पन्छिएर गरिएका विकास हुन् । यस्ता विकासको लागि बजेट विनियोजन गर्ने र सिफारिस दिने दुबै काम नै भ्रष्टाचार हो । वैचारिक मानसिक अपाङ्गता हो । यस्तो कार्य रोकिनुपर्छ ।
अन्तमा, सभ्यता र सम्पदा मासेर विकास चाहनु आमाको अस्मिता माथिको प्रहार हो । चीत्कार नसुन्नु हो । सभ्यता र सम्पदा व्यवस्थापन गर्नु पनि विकास हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर