३१३ वटा स्मार्ट बोर्ड सामुदायिक विद्यालयमा जडान गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न करोडौँ रुपैयाँको लगानी गर्दै आएको छ। यसैक्रममा, शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमा आधारित बनाउन महानगरपालिकाले ३१३ वटा स्मार्ट एलईडी बोर्ड वितरण गर्ने निर्णय गरेको छ।


नगर शिक्षा समितिका संयोजक तथा महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको बैठकले विद्यालयहरूलाई स्मार्ट बोर्ड वितरण गर्ने निर्णय गरेको हो। शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत प्राप्त बोर्डहरू सूचना प्रविधि विभागबाट प्राविधिक परीक्षण गराएर वितरण गर्ने तयारी गरेको छ। विद्यालयहरूको तत्परता र शिक्षकको आवश्यकतालाई प्राथमिकता दिँदै यो चरणमा ३१३ बोर्ड वितरण गरिने भएको छ।

प्रतिक्रिया