मुस्ताङका पर्यटक लोभ्याउने ८ प्रमुख पर्यटकीय गन्तब्यहरु

मुस्ताङका पर्यटक लोभ्याउन ८ प्रमुख पर्यटकीय गन्तब्यहरु

प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथधामको महिमा :

समून्द्री सतहको ३८ सय मिटर अग्लो उचाईमा अवस्थित हिन्दु तथा बुद्धिस धर्मालम्बीहरुको साँझा धार्मिक स्थल मुक्तिनाथ धामको महिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रख्यात छ । मुक्तिनाथ क्षेत्रको भिरालो पहाडको फेंदमा करिव ५ सय रोपनी क्षेत्रफलमा मुक्तिनाथको एरिया ओगटेको छ । यहाँ हिन्दु पुजारी तथा बुद्धिस आनी झुमाहरु बस्छन् ।

मुक्तिनाथको  भगवान बिष्णु नारायणको भगवानको प्रतिमूर्ति हो ।मन्दिर भित्र भगवान बिष्णुको मुर्ती विराजमान छ । मुक्तिनाथधाम विेशेष गरी स्वदेशी धर्मालम्बीहरुका साथै भारतीय पर्यटकका लागि महत्वपूर्ण धार्मिक स्थल हो । भगवान अखण्ड र विश्व ब्रमाण्ड नायक मानिन्छ । भगवानका जतिपनि स्वरुपहरु छन्,ती सबै को एकै स्वरुपको केन्द्र हो मुक्तिनाथ धामधाम ।

भारतमा हरेक धार्मिक तीर्थस्थलमा शालिग्राम शीला नराखी मन्दिर निर्माण हुँदैन । भगवानको सम्पूर्ण अवतारको मुख्य केन्द्रनै मुक्तिनाथ भगवान रहेको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी बताउँछन् । बैकुण्ठबाट विरक्त भएर भगवान यस क्षेत्रको कालिगण्डकी  तटमा शीलाको रुपमा बसेकाले यहाँको शालीग्राम ढुङ्गालाई भगवनाको रुपमा पुजाआजा गर्ने गरिन्छ । भगवानको मुख्य घरनै मुक्तिनाथ धाम भएको पुजारी सुवेदीले सुनाए ।

मुक्तिनाथधाममा पुगेपछि केही गर्न नपर्ने र यहाँ आएका भक्तजनले सिधै आरधना गर्न सक्छन् । यस क्षेत्रमा आएका भक्तजनले आफैले उठाएर भगवानको स्वरुप  शालिग्राम घर लैजान सक्छन् । मुक्तिनाथमा  दर्शन तथा पुजाआजा गर्नाले पूर्वजँन्महरुको पाप विनास भई मुक्ति मिल्ने जनबिश्वास छ । मुक्तिनाथ भगवान हरेक धर्महरुको एकै केन्द्र बिन्दु रहेको धार्मिक स्थल हो ।

मुक्तिनाथमा बिष्णु भगवानका साथै, शिवमन्दिर, स्वामीनारायण मन्दिर,यज्ञशाला,गुम्बा र ज्वालामाई गुम्बा छन् ।  मुस्ताङको मुक्तिनाथ मन्दिरमा  बर्सेनि नेपाली भक्तजन  ५ लाख र ५० हजार बढी भारतीय दर्शनार्थी दर्शन गर्न आउँछन्।  मुक्तिनाथधामको रेखदेखका लागि मुक्तिनाथ विकास समितिले हेर्ने गरेको छ । मुस्ताङ आएका ९९ प्रतिशत पर्यटकले मुक्तिनाथ दर्शन गरेका हुन्छन् । त्यहाँ स्थानीय मुक्तिनाथ संरक्षण समिति पनि छ । सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथका े दर्शन गरेपछि मुक्तिनाथधामको महिमा अन्तराष्ट्रिय स्तरमा  फैलिएको हो । 

कागबेनी श्राद्ध स्थल :

पितृ उद्दारका लागि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीधाम प्रसिद्ध धार्मिक स्थलको रुपमा लिने गरिन्छ । यहा बर्सेनि बडा दशै सोह्र श्राद्ध र चैते दशै औसीमा श्रद्धालु भक्तजनहरुको ठुलो भीड लाग्ने गर्छ । यहाँका बर्सेनि हजारौ भक्तजनले दिवंगत पितृको नाम श्राद्ध र तर्पण दिने गर्छन ।

दामोदरकुण्ड नदी मिश्रण भएर आएको कालिगण्डकी र मुक्तिनाथबाट मिश्रण भएर आएको नदीको संगम स्थललाई कागबेनी धाम भनिन्छ । कालिगण्डकी र मुक्ति गण्डकी मिश्रण भएको स्थानलाई कालिगण्डकी नाम दिईएको हो ।

परापूर्व कालामा भुसेण्डे ऋषिले मनाङको तिलिचोमा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरुको नाममा तर्पण पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्दारका लागि श्राद्ध,तर्पण ,पिण्ड आदी दिने चलनको सुरुआत भएको हिन्दु शास्त्रमा उल्लेख भएको कागबेनीका वडासचिव यज्ञप्रसाद शर्मा गौतमले उल्लेख गरे ।

यस्तै,कागबेनीधामको महत्वको बारेमा मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीको भनाई यो भन्दा फरक छ ।उनका अनुसार परापूर्व कालमा कागबेनी धाम आसपास ठुलो सरोवर थियो । त्यही सरोवरमा एकदिन दुई वटा कागहरु कुण्डमा खसेर मरे ।कुण्डमा खसेर मरेका दुई वटा कागहरु तत्काल चमत्कारिक रुपमा हंसको रुपमा हास भई प्रकट भएकाले कागबेनीधामलाई हंस तिर्थ समेत भन्ने गरिएको हो ।भगवानको दैवी शक्ति प्रकट भएकाले यस स्थानमा आएर पितृको नाममा श्राद्ध ,पिण्ड र तर्पण दिनाले पितृ उद्दार हुने धार्मिक किवंदन्ती रहेको पुजारी सुवेदीको भनाई छ ।‘ठुला नदीको संगम स्थललाई बेनी भनिन्छ,उनले भने कागबाट हंस रुप धारण गरेकाले यस स्थानलाई कागबेनी भनीएको हो ।’

नेपालकै ठुलो पवित्र धार्मिक श्राद्ध तथा पिण्ड स्थल कागबेनीधाममा पितृको नाम तर्पण दिन ७७ वटै जिल्लामा सर्वसाधरण मानिस कागबेनी धाम पुग्ने गर्छन । यहाँ पितृको नाममा श्राद्ध तथा पिण्ड दिनाले मोक्ष प्राप्ती हुने र पितृ उद्दार हुने हिन्दु शास्त्रहरुमा उल्लेख छ । कागबेनी धाममा श्राद्ध गर्न आउने तिर्थालुहरु यहाँ पितृ उद्दारका विभिन्न कर्म गरेपछि मात्र मुक्तिनाथ दर्शन गर्न जान्छन् ।

ऐतिहाँसिक तथा धार्मिक स्थल  लोमान्थाङ  दरबार :

उपल्लो मुस्ताङको एतिहाँसिक तथा धार्मिक स्थल लोमान्थाङ दरबार  प्रसिद्ध पर्यटकीय गन्तब्य बनेको छ । यो दरबार लोमान्थाङ—५ मा अवस्थित छ । झन्डै १३ औं शताब्दीमा निर्माण गरिएको लोमान्थाङ दरबार मुस्ताङी  प्रथम राजा आमेपालले निर्माण गरेका थिए । यो दरबार  ढुङ्गा र माटोले बनेको ५ तलाको छ । दरबारमा छोदे गुम्बाका लामाहरुले दैनिक पुजापाठ गर्छन् । मुस्ताङी  राजपरिवारको विवाह ,ब्रतबन्ध र विशेष पुजाआजा दरबारबाटै संञ्चालन गर्ने गरिन्छ । तिजी र यार्तुङ पर्व पनि यही दरबाट संञ्चालन हुन्छ । यो दरबार रहेको लोमान्थाङ बजारलाई माटोको सहरको रुपमा पनि परिभाषित गर्ने गरिन्छ ।

पर्यटकीय गन्तब्य बन्दै नेपाल—चीन कोरलानाका :

भारतीय नाकाबन्दीपछि एकाएक चर्चामा रहेको पर्यटकीय गन्तब्य हो मुस्ताङको उत्तरी कोरलानाका ।नेपाल—चीन बीचको उत्तरी कोरलानाका समथर पठार क्षेत्रमा अवस्थित छ । समून्द्री सतहको करिव ४५ सय मिटर अग्लो उचाईमा अवस्थित कोरलानाका जोड््ने राष्ट्रिय गौरवको सडक विस्तार भईरहेको छ । सडक सहज हुँदै जान थालेपछि नेपाली पर्यटक कोरलानाका  हेर्न जाने गरेका छन् । यो नाकाको दशगजा क्षेत्रमा चीनले ठुला—ठुला भौतिक पूर्वाधारहरु बनाईसकेको छ भने नेपालतर्फ कुनै पूर्वाधार बनेको छैन ।कोरलानाकाको दशगजामा चीनिया सुरक्षाकर्मी बसेका छन् भने नेपालतर्फ कोरलानाका १५ किमी यता विओपी र सुरक्षाकर्मी बसेका छन् । तीब्बतमा खम्बा बिद्रोह भएपछि सन् २००० मा कर्मापा लामा भागेर भारत छिरेपछि योनाकामा चीनले तारबार लगाएको हो । कोरलानाकामा बर्सेनि ३० हजार पर्यटक पुग्ने गरेको पाईएको छ ।

गुरु पद्म सम्भवले १३ सय वर्ष निर्माण गरेको (घर गुम्बा)

कमलको फूलबाट जन्म भएका गुरु पद्म सम्भवले १३ सय वर्ष अघि निर्माण गरेको घर गुम्बा अर्थात मराङ गुम्बा धार्मिक तथा ऐतिहाँसिक महत्वको गुम्बा हो । यो गुम्बा विश्वकै पहिलो र पुरानो गुम्बा भनी दावी गरिएको छ ।गुरु पद्म सम्भव तिब्बत जाँदा राक्षसको बध गरेको हुनाले सोही ठाउँमा गुम्बा निर्माण गरेको बुद्धिस धर्मग्रन्थमा उल्लेख छ । गुम्बा भित्र पद्म सम्भवको विशाल मूक्ति प्रतिस्थापित छ । यो गुम्बा विभिन्न खोजअनुसन्धान र पुराताक्तिक महत्वले प्रसिद्ध छ । यहाँ स्वदेशी तथा विदेशी खोजअनुन्धानकर्ताहरु पुग्ने गर्छन् ।समुन्द्र सतहको ४ हजार मिटर अग्लो उचाईको लोघेकर दामोदरकुण्ड—१ मराङमा यो गुम्बा अवप्स्थित छ । पछिल्लो समय गुम्बा पूननिर्माणमा अमेरिकी दुतावासको आर्थिक सहायताक कोषबाट सहयोग भएको छ ।

छोसेर गुफा :

उपल्लो मुस्ताङको महत्वपूर्ण पर्यटकीय स्थल छोसेर गुफा अर्थात सिजाझोङ गुफा लोमान्ताङ—१ मा पर्छ । ठुलो माटो रुपी विशाल पहाडसंगै जोडिएको यो गुफा उपल्लो मुस्ताङको महत्वपूर्ण पर्यटकीय स्थल हो । गुफा आसापास रातो माटोले लेपन लगाएको जस्तो विशाल पहाड मनमोहक देखिन्छ । यो गुम्बा झन्डै ३ हजार वर्षअघि मानव निर्मित गुफा हो ।यो गुफा ५ तले छ र यसभित्र ७९ भन्दा बढी कोठी भएको अनुमान छ । गुफाको संरक्षण हिमालयन छोसेर यूवाक्लवले गर्दैआईरहेको छ । गुफा हेर्न स्वदेशी तथा विदेशी पर्यटकलाई टिकटको व्यवस्था गरिएको छ ।

ढुम्बाताल :

मुस्ताङको पर्यटक लोभ्याउने पर्यटकीय गन्तब्य हो ढुम्बाताल । यो ताल समून्द्री सतहको २८ सय ३०  मिटर अग्लो उचाईको अवस्थित छ । घरपझोङ—५ ढुम्बामा अवस्थित यो ताल हेर्न आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको छ । तालबाट निलगिरी , धौलागिरी हिमाल र कालिगण्डकी भूभाग सुन्दर देखिन्छन् । निलो रंङमा देखिने यो तालमा हिमालको प्रतिविम्ब देखिन्छ । यो ताल हिउँदयाममा पुरै बरफ बनेर जम्छ ।तालको जल कुछ्प तेरङ्गा गुम्बा चढाईन्छ । ताल पाििलएका माछा मार्न प्रतिवन्ध गरिएको छ । तालसम्म पुग्न जोमसोमबाट २५ मिनेटमा पुग्न सकिन्छ । तालको संरक्षण तथा व्यवस्थापन कुछप तेरङ्गा गुम्बाले गर्दैआईरहेको छ ।


यारुझो भ्यू टावर :

मुस्ताङको घरपझोङ—५ मा अवस्थित यारुझो भ्यू टावर पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न थालिएको छ । जोमसोमबाट ३५ मिनेटमा गाडीको यात्रा तय गरेपछि भ्यूटावर पुग्न सकिन्छ । समून्द्री सतहको ३८ मिटरको उचाईमा अवस्थित भ्यूटावर मुस्ताङकै एकमात्र पर्यटकीय भ्यू टावर हो । सन् २०१० मा अन्नपूर्ण संरक्षण आयोजनाको ९ करोड अनुदान सहयोगमा गोलाकार भ्यू टावर निर्माण गरिएको हो । टावरबाट उत्तरी चीनको तिब्बती भूभागसहित हिमाल र स्याउ बगान र बस्तीहरु अवलोकन गर्न सकिन्छ । 

थासाङको मनमोहक टिटी ताल :

मनोरम प्राकृतिक सौन्दर्यताले भरिएको  पर्यटकीय गन्तब्य टिटी ताल थासाङ —५ टिटी  गाउँमा पर्छ । समून्द्री सतहको २६७९ मिटर अग्लो उचाईमा अवस्थित टिटी ताल जैविक महत्वको ताल हो । यस तालमा १८६ प्रजातीका चराहरुको बासस्थान छ । ३ प्रजातीका हास देख्न पाईन्छ ।टिटी ताल सिमसार क्षेत्र भएकाले जैविक महत्व बढेको हो । ताल वरपार रिङरोड सडकको पहुँच जोडिएको छ भने त्यहा पुग्ने सडक थप स्तरोन्नति हुँदैछ ।

यो समाचार र कन्टेन कपि राईट गर्न सख्त मनाई छ ।


प्रतिक्रिया