सानो कथा :
कछुवा एक दृढ़ निश्चय भएको जीव जस्ले दौड खरायोलाई जितेको ज्ञान कुरा छ । एकदिनको कुरा हो कछुवा परिवार बनभोज जाने निधो गरिईयो । त्यसको लागि पनि सल्लाह एवम् भेट लागि भन्दै सात वर्ष गतिले लिएछ । गतिकै कुराले बनभोज स्थल सम्याउन फेरि दुई वर्ष लिएछ भने बनभोज स्थलमा पुग्न कछुवा आफन्त परिवारलाई एक वर्ष लागेछ । यसरी १० वर्ष लगाएर बनभोज स्थल पुगिईयो । रमझम रमाइलो गर्दै समय बित्दै थियो । पेटमा इन्धन कमिलाई महसुस हुँदै गर्दा खानुपर्ने सोच अघि बढ्दा खान पर्यो अब भन्दै अग्रसर हुँदा नून ल्याउनै बिर्सिएछ । अब नून विना खानाको के स्वाद होला । सबै अक्कबक्क भएछ । अब नून लिन जाने कछुवा छान्नुपर्ने भो । अलिक दौडिन सक्ने हिसाबमा एक जना छानिईयो । नून लिन जान एक शर्तमा राजिखुशी भो कि ऊ नआईकन कसैले केही खान पाउने छैन् । सबैले हुन्छ भने । विश्वासले गए । अरु अरु अरुमै व्यस्त भए । दिन बिते रात बिते । दिनरात बित्ने क्रममा एक होईन् सात वर्ष बिते । नून लिन गएको कछुवा अब फर्किन्छ आस सबैके मारे भने भोकको बाँध पनि टुट्न थाले । नूनसँग मीठो मानी खाउँला भनी सोचिएको बनभोज सपना स्वादहिन हुने निश्चित भएपनि खान त केही खानुपर्यो भनेको खानाको पोको खोल्न के थालेको थियो सँगैको रुख पछाडिबाट नून लिन गएको कछुवा चिच्याउँदै " मलाई थाहा थियो तिमीहरूले विश्वासघात गर्छौं भनेर, अब त ज्यान गएपनि म नून लिन जान्न" रुख पछाडी लुकेको कछुवा बाहिर आएछ ।
हामीले टेकेको धरातलमा आजभोली शंका र विश्वास यस्तै भएछ । विश्वास गर्दा पनि शंका गर्ने होडले समाज विचलन भएको पाईन्छ भने देश जरजर भएछ । विश्वासमाथि शंकाले जमाएको डेराले आजभोलि सबै दु:खि छन् । भन्न त सबैले विश्वास अड्केको छ सबै नाता भन्छन् तर त्यही विश्वासमाथी पुन: शंकाले गर्ने विश्वास मजबुत भएको छ । दृढ संकल्प हुने जिवमा त विश्वास र शंकाले आफ्नो लंका चलाउँछ भने सद्बुद्धी हुने मनुष्य तरलिकरण हुन्न भन्नू झुठो बोल्नु हो । शंकालाई दिइने ठाउँमा विश्वासलाई राख्नुहुन्न । हामीले बुझ्ने यति नै हो । जसलाई उसको क्षमताले विश्वास दिलाएको थियो उसकै भरमा हामी छौं भनिएको सार वर्णन थियो उसैके शंका गर्दा दृढ संकल्पको बाँध फुट्यो । जीवन स्वादहिन भयो । आफन्त विछ नौलो रेखा कोरिइयो जुन हामी पनि छ । त्यो मन्थन हुन बाँकी छ ।