कथा

सानो प्रशंग : 

एउटा डुङ्गा हल्का प्वाल पर्दै गर्दा कोहि जो पौडिन आउँदैनन् फुत्त फुत्त बन्धन मुक्त भन्दै हाम्फाले । तर यात्रा र लक्ष्य प्राप्तिको लागि सद्भाव र सम्मान सहित सत्कारबाट डुङ्गाभित्रको पानी बाहिर फाल्ने चेष्टा कतैबाट भएको देखिन्न । सबै बाँच्न चाहेर पनि आज अहिलेको परिवेश बाँच्ने स्थिती छैन् । कारण: बोसोलाई शेर बनाई दिन्छ गधाले सुनाएछ । अब शेर अर्थात राजा नै बन्न पाउने भएपछि दायाँबायाँ कतै कहि केही नसोची हुन्छ भने । बोसो हो र्‍याल चुहाउने जात, परिवर्तन केहिको आश छैन् । अब रह्यो गधाको कुरा, उसलाई आफ्नो कुरा सुनाउनु थियो अनेकलाई सुनाउँदै हिडे । सुन्नेहरुले आफु राजा हुन पाउने कुरा मात्र बुझे तर राजा अर्थात शासक हुनलाई अध्ययन अनुसन्धान, भूगोल र अनुभवको आवश्यक छ बुझ्नै चाहेनन् । आफुले राख्ने अपेक्षालाई अनुभवले प्रयोग गर्न सक्नु दक्षता हो बिर्सिनुहुन्न । फुत्त फुत्त उफ्रेर भाग्नुलाई जिवन्त बनाउन खोज्नु मृत्यु हुनेछ जबकी डुङ्गा रुपि मातृत्वमा परेको खिया र त्यसबाट बनेको प्वाल अनि प्राप्त सजाय जुन पानी हुने मिलेर सबैले फाल्ने कोशिश गरिएको भए जीवनहरुले किनारा पाउने छन् । जीवन सफर हो लक्ष्य र उद्देश्य भन्दै पौडिने सीप बेगर वा आफ्नै धैर्यतामाथि प्रश्न उठे गरि सद्भाव र सम्मान युक्त सत्कार हामी मनुष्य त्याग्नुहुन्न । बन्धन मुक्त हुन लागेर जन्जिर तोड्न नसके पाउ काट भन्ने आउँछन् । काटी आफ्नो खुट्टा कहाँसम्म दौडिन सकिन्छ ? प्रश्नमा सद्भाव खोजी मानवीय संस्कारलाई शिरोधार गरि क्षमता, दक्षताको संगतमा जीवन अर्पित पनि स्वतन्त्र हुनु नै हो । अर्को आफुखुशी उग्र रुप देखाउनु पनि स्वतन्त्र हुनु हो तर मानव कल्याण र मातृत्व सुख त्यसले दिन सक्नुपर्छ । अत: हाम्रो धरातल उर्वरा बनाउने कुरा हाम्रो सोच्न सिक्नुपर्छ एक प्रती अर्कोले सम्मान दर्शाउने गर्नुपर्छ । होईन् म, गल्तीबाटै गल्ती सिक्छु भन्न थालिईयो वा जानिईयो भने प्वाल परेको डुङ्गा किनारा त पुग्ला हामी पुग्न सक्छौं प्रविधिले पनि आफ्नो ध्वजा फहाराउन सक्दैनन् । समय अहिले प्रविधिकै हो । आक्रोश, आशंका, अहम् वा दम्भले हाम्रो आफ्नै पाइलामा पनि खिया लाग्छ, वस्तुको के कुरा भो र ? अन्तमा मातृत्व रक्षार्थ दण्ड र पुरस्करको अर्थ बुझी सद्भावभित्रको संस्कारको सम्मान हामीले अनुशरण गर्नुपर्छ । सिद्धान्त भन्दा नि व्यवहारको निर्देशन मान्नु सुरक्षित यात्रा पनि हो । 

प्रतिक्रिया