जनता, ग्राहक मात्र होइन भन्ने सिद्ध गर्ने दिन आएको छ ।
क्षेत्र नं. १० निर्वाचन पश्चात् प्रदीप विष्टले जिम्मेवारी हात पार्नुभएको छ । यसलाई अवसर भनिए तापनी प्राप्त मत चुनौती पनि हो । क्षेत्रगत सुन्दरता हिसाबमा यो जित ऐतिहासिक पनि हो । यसमा व्यक्ति होइन जनताले जित्नुपर्छ । भूगोलको सुन्दरतामा ३७४५८ मत प्राप्त गर्नु इतिहास रच्नु पनि हो । विगतमा राष्ट्रिय पञ्चायत निर्वाचन तथ्यांकलाई अगाडि सार्ने हो भने जोगमेहर श्रेष्ठले जित हासिल गर्दा ५५-६० हजार प्राप्त गरेको थियो भने नानीमैयाँ दाहालले ६५७७७ मत प्राप्त गरेका थिए । यो वि.सं.२०३८ सालको कथा हो भने त्यही कथालाई कहानी बनाउन वि.सं. २०४३ सालमा पद्मरत्न तुलाधरले ८६१५७ मत प्राप्त गरि देशकै दोस्रो मत प्राप्त गर्ने नेताको रुपमा परिचित हुनुभएको थियो । हेमबहादुर मल्ल, धनुषाबाट देशकै सबैभन्दा ज्यादा मत लिइ प्रथम हुनुभएको थियो । क्षेत्र नं.५ मा अर्को विजय प्राप्त गर्ने बिमलमान सिंहले ७० हजारको हाराहारी मत प्राप्त गर्नुभएको थियो । यस्तै बहुदल पछिको पहिलो आम निर्वाचनमा क्षेत्र नं.७ बन्दा मदन भण्डारीले ३१४४४ मत प्राप्त गर्नुभएको थियो भने कृष्णगोपाल श्रेष्ठलाई तीर्थराम डंगोलले जितेको भए पनि इतिहास रचेको कथा छैन तर लालकिल्ला तोडेको चर्चा व्यापक छ । यस्तै संविधान सभाको लागि भएको निर्वाचनमा पुष्पकमल दाहालले ३४८९२ मत प्राप्त गरेर इतिहास रचेको थियो । तर पछि त्यो मतलाई पराजित गर्दै राजेन्द्रकुमार के.सि. अगाडि आए भने उहाँको उच्च मुल्यांकन स्वरुप २४१९० मत दिएको देखिन्छ भने २०७९ सम्म आइ पुग्दा १४४६३ झरेको थियो भने २०८२ फाल्गुन २१ गतेको मत परिणामले त्यस विरुद्ध ३७४५८ मत प्राप्त गरि रास्वपाका घण्टी चिन्ह वाहक प्रदीप विष्टले प्राप्त गरि नयाँ उचाइको नौलो ईतिहास रचेको छ । यो ऐतिहासिक दस्तावेज अवसर मात्र होइन चुनौती पनि हो ।
अन्तमा, यहाँ हामी बुझ्नुपर्ने एउटा तथ्य परिवर्तन आउँछ त्यो व्यक्तिको लागि कि पार्टीको लागि ? यो बुझ्नु जरुरी छ । हामी जनता बारम्बार मौका त दिई रह्यौं तर त्यो बुझ्ने क्षमता कसैले कुनै पार्टीले वा व्यक्ति बुझ्नै चाहेनन् । क्षेत्र नं. १० जब ५ ले परिचित थिए राष्ट्रिय पञ्चायतको निर्वाचनमा चाहे पनि नचाहे पनि मत खसाल्न बाध्य थिए २०३८ सालमा जोगमेहर श्रेष्ठ र नानीमैयाँ दाहालले जिते । त्यसको विरुद्ध २०४३ सालमा पद्मरत्न तुलाधरले ८६१५५ मतले इतिहास रचे । त्यसपछि व्यवस्था परिवर्तनसँगै क्षेत्र ७ बने । ३१४४४ मत प्राप्त गरि मदन भण्डारीले जिते । तर मतको कदर भन्दा आवश्यकताको कुरा गर्दै यस क्षेत्रबाट १नं. क्षेत्रमा लागे । त्यसको १६ वर्ष पछि फेरि जनताले परिवर्तन खोजे ३४८९२ मत प्रचण्डलाई अर्पित गरे । त्यो पनि गलत हो कि भन्ने भाष्यले राजन के.सि.लाई अगाडि ल्याए । यसरी ल्याउने र पठाउने गतिविधिमा एउटै कुरा समान देखिएको छ त्यो हो मत दिने विचार मात्र परिवर्तन देखिइयो तर त्यो परिवर्तन गरिएको मतले कहिल्यै परिवर्तन पाएको छैन । पार्टीलाई भन्दा अहम् व्यक्तिलाई मात्रै सर्वेसर्वा मानिएको देखिन्छन । हिजो हारेको व्यक्ति प्रदीप विष्ट आज व्यक्ति विषेशकै कारण जितेको छ । पद्मरत्नले प्राप्त गरेको मत ८६१५५ र ३१४४४ मदन भण्डारीको साथै ३४८९२ प्रचण्डप्रति समर्पित मतको न्यायोचित निर्णयमा राजन के.सि.ले २४१९० मत प्राप्त गरेर पनि केही गर्न नसकेको आम बुझाईले ३७४५८ मतले जिम्मेवारी घण्टी चिन्ह वाहक प्रदीप विष्टलाई सुम्पेको छ । यो तथ्यलाई बुझ्नु जरुरी छ । देशको भन्दा क्षेत्रको हेरचाह विगतको व्यक्ति बनेर होइन वर्तमानको यथार्थता बुझेर हुर्काउन सकून । जित जनताको हुनुपर्छ । जनतालाई ग्राहक होइन भन्ने सिद्ध गराउने दिन आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर