जोमसोम—आगामी नोभेम्बर ३०देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब ईमिरेट्स(यूएई)को दुबईमा आयोजना हुँने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप—२८)मा नेपालले सामाना गर्दै आईरहेको जलवायु संकट र त्यसले पारेको जलवायु जन्य हानी तथा नोक्सानीका विषयमा विश्व समूदायको ध्यानआर्कर्षित गर्ने तथ्यसहितको प्रमाण जुटाउन मुस्ताङको कागबेनीमा एकदिने जलवायु कार्यशाला गोष्ठि सम्पन्न भएको छ । दिगो विकास ईन्स्टिच्युड नामक संस्थाको आयोजनामा शनिबार मुस्ताङको कागबेनीमा जलवायु जन्य हानी तथा नोक्सानी विषयक कार्यशाला गोष्ठि भएको हो ।
चरम मौसमी अवस्थाका कारण जलवायु सम्वन्धि नयाँ नयाँ किर्तिमानी घटनाहरु बढ्दै गईरहेको वर्षको उत्तरार्धमा यूएईको दुबईमा २८ औं कोप—२८ अन्तराष्ट्रिय सम्मेलन हुँदैछ ।यही सम्मेमलनमा नेपालका तर्फबाट जलवायु परिवर्तनले पारेको असरको मुद्धा सशक्त ढंगले उठान गर्न तथा जलवायु जन्य हानी तथा नोक्सानीका विषयमा स्थानीय तथा क्षेत्रिय सरोकारवालाहरु माँझ सचेतना फैलाउन मुस्ताङको कागबेनीमा कार्यक्रम आयोजना गरिएको दिगो विकास ईन्स्टिच्युडले जनाएको छ ।
पछिल्लो समय हिमाली क्षेत्रहरुमा जलवायु परिवर्तनको प्रत्यक्ष÷परोक्ष असर देखिदै जान थालेको मुस्ताङका सरोकारवालाहरुले बताएका छन् । जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङ,वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिन्जिन नाम्गेल गुरुङ, वारागुङ—४ का वडाध्यक्ष कर्मा घ्याचो गुरुङ,सुरक्षा निकाय,एक्याप,डिभिजन वन,स्थानीय आमा समूह,क्लव,पत्रकार र स्थानीयबासीहरुको उपस्थितीमा जलवायु जन्य हानी तथा नोक्सानीका विषयमा छलफल भएको बताईएको छ ।
मुस्ताङको कागबेनीमा गत साउन २८ गतेको अकल्पनीय भिषण बाढीले करोडौंको भौतिक संरचना,कृषि र पशुचौपायाहरुमा क्षति पुगेको थियो ।प्रसिद्ध धार्मिक श्राद्धस्थल समेत रहेको कागबेनी गाउँमा बाढी आउँदा त्यहाँको धार्मिक स्थलको संरचना पुरै नष्ट तुल्याएको थियो । बाढीले एक दर्जन घरधुरी विस्थापित समेत भएका थिए । बाढी प्रभावित क्षेत्रका स्थानीय आवाजलाई समावेश गर्दै जलवायु सचेतना अभिवृद्ध गर्न कार्यक्रम गरिएको हो ।
सो अवसरमा कागबेनी बजार पूनः स्थापना समितिका अध्यक्ष समेत रहेका फेञ्चोक छेप्तेन गुरुङले स्थानीय स्तरबाट ठुलो मानवीय तथा भौतिक सहयोग प्राप्त भएपनि राज्य स्तरबाट अपेक्षा गरेअनुरुपमा सहयोग प्राप्त नभएको उल्लेख गरे । मुस्ताङको कागबेनी धार्मिक हिसावले अत्यन्तै महत्वपूर्ण तिर्थ स्थल रहेको यसको पूननिर्माणमा सरकारले घ्यान दिन आवश्यक रहेको औल्याए । वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिन्जिन नाम्गेल गुरुङले कागबेनी बाढीको क्षति विवरण संम्वन्धि निकायलाई पेश भईसकेको बताए । उनले कागखोला दायँ÷बायाँ छोडेर च्यानलिङ गर्नुपर्ने र सोही अनुसार गृहकार्य अघि बढाईएको बताए । कार्यक्रममा मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डे,एक्याप प्रमुख प्रमोदराज रेग्मी, कागछोदे गुम्बाका प्रमुख लामा खेन्वो तेन्जिङ साङ्वो र कागबेनी श्राद्ध स्थल संरक्षण समितिकी अध्यक्ष लक्ष्मी गुरुङ लगायतले जलवायु परिवर्तनको असर संम्वन्धि धारण राखेका थिए ।
कोप—२० को अन्तराष्ट्रिय सम्मेलनमा नेपालले ३४ वटा मुद्धामा छलफल गर्ने बताईएको छ ।जसमध्ये कागखोला बाढीको क्षति पनि एक हुने बताईएको छ ।कार्यक्रममा कालिगण्डकी तटीय क्षेत्रका बस्तीलाई जोगाउन नदी बाहव क्षेत्र सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ ।जलवायुका कारण मुस्ताङमा ३० वर्षको तुलनाका ६ गुणा बढी वर्षा हुन थालेको जलवायु जन्य हानी तथा नोक्सानी फोकल पर्सन(जलवायु महाशाखा) वन तथा वातावरण मन्त्रालयका उपसचिव हरि प्रसाद शर्माले बताए ।उनले ३० वर्ष अघि औसत १० मिलिमिटर वर्षा हुँने गरेकोमा पछिल्लो समय ६० मिलिमिटरसम्म वर्षा हुन थालेको उल्लेख गरे ।मुस्ताङको भूगोल बलौटे पत्थरिलो माटो भएकाले यहाँको संरचना दिगो बनाउन भूगोलमैत्री हुनुपर्ने सुझाए ।
कार्यक्रममा दिगो विकास ईन्स्टिच्युडका कार्यक्रम निर्देशन एवं जलवायु परिवर्तन विज्ञ अभिषेक श्रेष्ठले जलवायु जन्य हानी तथा नोक्सानी सवालमा प्रस्तुतीकरण गरे । यसैगरी वन तथा वातावरण मन्त्रालयका उपसचिव एवं फोकल पर्सन हरिप्रसाद शर्माले जलवायु जन्य हानी नोक्सानीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाल सरकरको पहलकदमीका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
विश्वमै चिन्ताको विषय बनेको जलवायु परिवर्तनको असर हिमाली क्षेत्रले सामना गर्दैछ । विश्वका औधोगिक राष्ट्रहरुले उत्र्सजन गरेको हरितगृह ग्याँसका कारण नेपालले भोग्नु परेको कार्यक्रममा बताईएको छ ।जलवायुकै कारण हिमालहरु कालापत्थरमा परिणत हुन थालेको,हिमताल फुट्न थालेको,वर्षाले बाढी÷पहिरो र नदी कटान बढेको , धार्मिक ,सांस्कृतिक र मौलिकता संकटमा पर्न थालेकाले सभ्यता र संस्कृति संरक्षण गर्न चुनौती रहेको स्थानीयबासीले उल्लेख गरे ।