ग्राहक होईनौं हामी ।

ग्राहक होईनौं हामी ।

तिमी म मनुष्य । माटोको सारमा नेपाली मनुष्य । भौगोलिक पृष्ठभुमिको आधारमा म नेवा: सभ्यतामा छु । मेरो पहिचान मेरो संस्कार सँगसँगै भाषा अनि सम्पदाले सिंगारिएको सँस्कृती जस्को सत्कार मेरो व्यवहार हो । मैले मेरो सभ्यता आफ्नो कुरा राख्दा भूगोल संगत तिमी अर्कै हुन् । नेपाली हुँ भन्ने अधिकार, माटोकै परिबन्द भित्रको कैदीका कारण हुन् । तिमी र म भिन्न भएपनि हामीसँग हामीलाई जोड्ने अनेक कुरा छन् । तर पनि हाम्रो जोड मजबुत कहिं छैन् । म रैथाने भएको भूगोलमा तिमी अंगीकृत । त्यस्तै म, सार पनि तिम्रो ठाउँमा त्यस्तै हो । यो राज्यले कोरेको हामीभित्रको सोच हो । त्यो सोचमा हामी टुक्रीएका छौं । हिजो राजा र प्रजामा मात्र थिए । शासन सुख लोभले काटमारसँगै राणा जन्मिए । राणाहरुको शैली ठिक भएन् सोचमा हावा लाग्दा काँग्रेस जन्मिए । कसैलाई सराप दिनुपर्यो भने तेरो घर काँग्रेस पसोस् उक्ति चल्दै जाँदा देशको बेथितिलाई उन्नति बनाउने सोचले नेपाली माटोमा धर्मलाई अफिम मान्ने कम्युनिस्टहरु जन्मिए । देश बिखण्डनतिर उन्मुख होला भन्दै पञ्चायत व्यवस्थाले जनता, नेपाली बनिरहोस् चिन्ताले केही हदको विकास भित्रीएको इतिहासमा छ्न् । जसको स्विकार्य नहुनुले चरणबद्ध आन्दोलनले राजा र पञ्चायत बेठीक नै भन्ने कुरा पस्किए । र प्रजातन्त्र मान्ने व्यवस्था नेपालमा रुपान्तरित भए । यो पृथ्वीनारायण शाह देखि प्रजातन्त्रसम्मको दुई सय वर्षको समयमा कुनै बेला हामी प्रजाको अस्तित्वमा रहेकाहरू जस्लाई सबैले नेपाली मान्थे भने हैसियतको कुरा मनुष्य हुँ भन्ने सक्ने औकात राख्दछौं । यहाँ मैले प्रजातन्त्र गलत भन्न खोजेको होईन् । राज्यमा बसोबासित व्यक्तिहरुले नै प्रजातन्त्र गलत भो भन्दै गणतन्त्रको मागसँगै १० वर्षको जनयुद्ध गरे । स्विकारे । कति मान्छेहरू साहदतले उहीँ माटो उहीँ परिवेशलाई खण्ड खण्डमा रुपान्तरित गरे । जङ्गल पसेकाहरु स्वत: बाहिरिए पछि खुलेआम हामी नेपाली भनिएका सबै भिन्न देखिए पनि एकै हुँ भन्ने शब्दहरुले रचे । लगभग ३०० वर्षको समयको लगानी पश्चात् हामीले पाएको भनेको हाम्रो अवस्थालाई अंकित गर्दै कुरा गर्ने हो भने ती समयमा विभिन्न हाम्रा कुरा गरिए पनि हामीलाई कसैले माटोसँग जोड्ने कुरा गरेनन् । 

यो देश तिमी या म जनता हुन् आजसम्म कसैले त्यसको बहस गरेनन् । हामी पनि काँग्रेस कम्युनिस्ट बन्दै रमि रह्यौं । कहिल्यै हामीले पनि हामी यो देश नागरिक बोल्न सक्ने हैसियत बनाउने कुरा गर्न सकेनौं । राजनीतिले जोड्ने सिद्धान्त दिनुपर्नेमा तोड्ने कुरा बाहेक अन्य गहन विषय बोलिएन् । सबै कुरा राज्यले बेचे । आज हामी काँग्रेस कम्युनिस्ट भनी उफ्री रहेको बेला, हाम्रो सत्ता भनिरहेको अवस्थामा हामीलाई ती शक्तिहरु ग्राहक भन्दा माथी दर्जा कहिल्यै कुनैले दिएनन् । देश एउटा पसल भन्दा माथिको सोचले उठेनन् । यहाँ बस्नेहरु पनि मनुष्य नै हुन् राज्यले कहिल्यै बोध गरेनन् । वैदेशिक रोजगारीमा आम जनतालाई बेची राज्य चलाउने सोछ भन्दा माथिको कुनै योजना देखिएनन् । तेरो र मेरो सरकार भन्दै जतिपनी गलत कार्यहरु मञ्चन हुन्छन् यहाँ हामीलाई त्यसको साक्षी भन्दा अर्को अर्थ लाग्ने कुरामा जोड्न चाहेनन् । हामी वैदेशिक ऋणको रोहवर मात्र हौं । 

व्यवस्थामा दोष देखाउँदै हामी ग्राहक हुन बाध्य तुल्याईयो । अझै पनि हामीले त्यो कुरा कसैलाई सोध्ने वा विरुद्ध एकजुट हुने सोचमा समर्पित हुन सकेका छैनौं । हामी नेपालीलाई नेपाली नै बनाउने सोच कसैको छैन् । राज्य नीतिले जनतालाई ग्राहक भन्दा माथि नसोचिएको कुरामा जनता मौन हुन् त्यसको मुख्य कारक हो । 

अन्तमा, देशको सबै संरचना नेवा: आदिभूमीबाट सञ्चालित छन् । तर नेवा: लाई कुनै चासो वा वास्ताको विषय कहिल्यै बनेनन् । सुबिधा र सफलताको खाडल नेवा: सभ्यता आदिमकाल देखि अभिषाप बाहेक नौलो यथार्थता जन्माउने कुरा कसैले गरेनन् । फलत: यो भूमि मान्छे पलायन गराउने थलो राज्यले बनाउँदा नि मौन नै छन् । आखिर कहिलेसम्म ?

म नेवा: सभ्यता हुँ

तिम्री तामाङ सभ्यता हौ

कोहि हिमाल सभ्यताका छन् 

कोहि तराई सभ्यताका छन् ।


हाम्रो रंगवाद फरियावाद हुन् 

हाम्रो राजनीति गुलामवाद हुन् 

हाम्रो धर्म टुक्रावाद हुन् 

हाम्रो सोच विभेदवाद हुन् ।

 

हामी किन्नमा विश्वस्त भई रहेका छौं

आफैलाई बेची रमी रहेका छौं

मातृत्वमा ताण्डव गरि, रमी रहेका छौं

रगतमा काँग्रेस कम्युनिस्ट खोजी रहेका छौं ।


व्यवस्थाले व्यवहार कहिल्यै खोजिएनन् 

ग्राहक बनाउन हामीलाई कसैले छोडिएनन् ।

प्रतिक्रिया