प्रशान्त महासागर
एक दिन भगवान शिव र हनुमानको भेटसँगै वार्तालाप भएको
थियो ।
भगवान शिव : को हौ तिमी ?(मुस्कुराउँदै
सोध्नु भएछ)
हनुमान : म हनुमान ( हाँस्दै जवाफ दिएछ)
भगवान शिव : मैले तिम्रो नाउँ सोधेको होईन् । अब भन
को हौ तिमी ?( पुन: मुस्कुराउँदै)
हनुमान : म अञ्जलि पवन पुत्र...(कम हास्दै)
भगवान शिव : मैले तिम्रो वंशज सोधेको होईन् । अब भन
को हौ तिमी ?( पुन: मुस्कुराउँदै)
हनुमान : म बाँदर हुँ ।( अकमक्क पर्दै)
भगवान शिव : मैले तिम्रो जात सोधेको होईन् ।(पुन:
मुस्कुराउँद)
तत्पश्चात हनुमान शिवको चरणमा आफ्नो ज्ञान, बल
सबै बिन्ती मार्फत चढाउँदै "प्रभु म त एक अज्ञानी आज माटोमाथि भोलि माटोमुनी
सड्ने प्राणी के एक तुच्छ प्राणी । न मसँग अहम गर्ने बुद्धि छ न त मसँग क्रोध
गर्ने बल छ । म सबैको हुँ मेरा सबै हुन् । न मलाई आज कसैलाई होच्याएर गर्व गर्नुछ
न त स्वार्थको लागि खराब, सत्य नै भन्नू छ । न दण्ड दिने अधिकार
छ न त पहिचान मेटाउने सामर्थ्य नै छ । मेरो लागि संस्कार सम्पदा एवम् सँस्कृती
प्रकृति जीवन रक्त हो ।" यति कुरा सुनी भगवान शिव मुस्कुराएर गए । मानव वंशज
भनिएको बाँदर जात नाम हनुमान जस्को वास्तविक सार समझपन हो । अहम क्रोध लालच
स्वार्थले हाम्रो शरीरमा मगजमा धूलो जमेको बुझ्नु जीवन जिउनु हो । अधर्मी अपराधी
नबन्नु जन्मको सार हो । जीवन किन के को लागि जिउँदो हुँदो बिर्सिने स्वार्थ यहि हो
। यसको लागि सुधार कुरा आफैलाई हेरेर गर्न सकिन्छ सम्वाद त्यही हो । धर्म संगत
हिन्दु भनिएको तथ्य ज्ञान संगत बुद्धि संगत के रै छ त्यसको वर्णन विश्लेषण हुन
सकिएन् वा बुझिलिन खोजिएन् भने जीवन अर्थ हुन्न । त्यस्ता जीवन बाँच्छन् र मर्छन्
यस्को अर्थ अरु बाँच्दैनन् वा मर्दैनन् त्यो चाहिँ होईन् ।
जीवन बाँच्ने र मर्ने
क्रममै सास फेर्दा दु:ख लाग्ने कुरा आत्माले चीत्कार स्वरुप ग्रहण गर्नुहुन्न ।
जीवन रमाइलोको लागि कम छ सर्वप्रथम बुझ्न आवश्यक कुरा यहि हो । जीवन बुझ्न हो यो
मान्न सक्नुपर्छ । हामी सामान्य बुझिएको हनुमान जस्को धेरै बयानयुक्त गुणवान्
कुराहरू छन् । जस्को निराकारको लागि तिमी को हौ प्रश्न सहज तर जवाफ कहाँ छ ?
पुन:
प्रश्न फेरि जीवन घुमेछ । हनुमान नाम हो । बाँदर जात हो । अञ्जलि पवन पुत्र भनिएको
वंशज हो । यी बाहेक पनि शेष प्रश्न हे ! हनुमान तिमी को हौ ? ज्ञानी
बलशाली, महात्मा भनी चिनिएको हनुमान जस्को वास्तविक सार के हो ? हामी
को हौं । जति पनि हाम्रा वर्णन छन् ती सबै मिथ्यायुक्त छन् जुन शुन्य छ । शुन्यता
नै हामी हौं । जन्म शून्य मृत्यु पनि शून्य नै हुन् । अहम् क्रोध एवम् वर्णन
विभाजन धर्म पनि शून्य व्यवस्थापन हुन् जस्मा स्वार्थ वा अन्य जीवनलाई मोड्ने कुरा
पाउन होईन् गुमाउन नै हो । भोगचलन गर्न सकिन्छ जस्लाई मिथ्या मानिदा नि हुन्छ
त्यसले खोज्ने रुप हुनुहुन्न । पाउने कुरामा जिद्दी लाद्ने वा अहम खोज्ने जीवन
हुनु वा नहुनु फरक हुन्न । ज्ञान, बल, धर्म र सत्य त
वजुद महादेवको अघि छैन् भने हामी स्वार्थवश यहि हुँ यस्तै हुन्छु भन्नेको सार यो
पृथ्वीमा के होला ? हामी त्यही के होला शब्दबाट जीवन आरम्भ र
अन्त्यको यात्रामा लाग्नुपर्छ । जीवनले सत्य सोच्नुपर्छ । स्वार्थको लागि सत्य
मोड्नुहुन्न । धर्म भनेको के हो र ?
अन्तमा, जीवन हिरा नै हो । आज माटो लागेको छ
अज्ञानता सदा लाग्नै दिनुपर्छ स्वार्थले अहमले क्रोधले सोच्ने बुद्धि बनाउनुहुन्न
। क्षय हुने जीवन भूक्षयको रुपमा खर्चिनुहुन्न । भूक्षयको सार बारबार हो । कष्ट
बारबार स्वार्थले झेल्नुहुन्न । शुन्यतामा दु:ख हुन्छ । यति बुझ्नुपर्छ ।