Genz को आन्दोलन सम्मान गर्नुपर्छ ।

Genz एउटा उमेर समूह हो । देशको अवस्था व्यवस्थाबाट दुखित एउटा विचार हो । अशक्त बृद्धहरुबाट देशले मुक्ती पाउनुपर्छ सोच हो । यसमा दल विशेष हुन्न । तर पनि पारिवारिक पृष्ठभुमिले कसैलाई एमाले कसैलाई काँग्रेस यस्तै यस्तै राजनैतिक भाषा व्यक्ति विवरण सार्वजनिक गरेको छ । मनुष्यमा स्वार्थले शंका देखाउने बानीलाई जीवन्त पारेको छ । यो सबैको कमि हो भने आफ्नोले गर्ने अपराध पनि पुण्य नै हुन् कि मौनतामा रहनु वा त्यसैकै पक्ष देख्नु खेदपूर्ण यथार्थता हुन् । अर्को जीवन भौतिक लालचमा फस्नु र त्यसको सुबिधा भोग्न पनि मनुष्यले सत्यतालाई स्वार्थस्वरूप व्याख्या गर्न सिके, थाले । देशको अवस्था त्यही अनुरुप भ्रष्टाचार, बेथिति एवम् विसंगतिमा फस्दै गए । शिक्षा, स्वास्थ्य एवम् सामान्य रोजगारीमा समेत राज्यले राजनीति गरे । जनताका छोराछोरीलाई बस्तु बनाई बेच्नुमा सरकार रमे । खून पसिनाको मूल्यमा समेत राज्यले कर आतंक मच्चाएर त्यसको सुबिधा जुन सेवा हुनुपर्नेमा त्यसलाई दासत्वको वर्गमा रूपान्तरित गर्दै कानून समेत बेचबिखनको सिमा भन्दा पर पुगे । जनता लाचार बने । राज्यले जनताको हितमा भन्दा अहितमा काम गर्नमै रमे । तर जनता मानापाथी जोगार गर्नमै व्यस्त रहे । आफ्नो जीवन ग्राहक बनाएर पनि ठिक छ म किनेरै बाँच्नु भन्ने दासत्वमा लुकिछिपी हिड्न थाले । यसबाट राज्यले पुन: निचार्ने विचारलाई नै सर्वमान्य मान्दै सबै क्षेत्र भागबन्डामा गर्ने नीतिलाई देशको राजनीति मान्दै गए । नेताका छोराछोरी सम्पन्न बन्दै गए । जनताका छोराछोरी मरे पनि बाँचे पनि सरकारले वास्ता गर्न छोडे । अशिक्षित अभिभावकका वा भनौं कसरी आफ्ना सन्तानलाई सम्पन्न र शिक्षित बनाउने सोचबाट हुर्किएका सन्तानका चेतनाले कुण्ठा चाहेनन् । स्वतन्त्र अभिव्यक्ति दिन पाउनुपर्छ भन्ने सोचमाथिको रोक दमन गर्नु ज्वालामुखी चलाउनु जतिकै साबित भदौं २३ गतेको आन्दोलन बन्यो । राज्यले १९ जना मार्दा नि त्यसप्रति कुनै शोक नदेख्नुले ज्यान जोगाउन प्रधानमन्त्रीले हेलिकप्टरको सहयोगमा भाग्नुपर्यो । यो नेपालको इतिहासमा पहिलो दर्ता भएको भगवा प्रधानमन्त्री केपि बन्यो । यो घटना घटेको एक महिना बित्यो । तर दोष मेरो छैन भन्ने कुरामा प्रायः बा भन्नेहरूले ७६ जनाको साहदतप्रति भन्दा नि भौतिक संरचनाप्रति नाटकिय शोक बनाउँदै देशलाई द्वन्दतिर धकेल्ने कोसिस गर्दैछन । यो भनेको मनुष्यबाट आश गर्ने कुरा पशुले पूरा गर्दैन भनेको सत्य हो कि....चरितार्थ हुनु हो । 

अब प्रश्न उठ्छ कि पार्टीभित्र genz नभएकै हो त ? महेश बस्नेतको भाषामा genz भन्नेहरू आतंककारी हुन् त्यसकारण अब देश हाँक्छु भन्ने युवा जुन पार्टीभित्र छन तर्सेका हुन् कि....? होइन भने भदौं २३ गतेपछिको दिन २४ मा सडकभरी छरिएका सबै पार्टीका शिर्ष नेताहरू विरुद्ध उत्रेका कार्यकर्ता नै हुन् । देश निकाला गर्नुपर्छ भने अपराधी भ्रष्टाचारीलाई सजाय दिनुपर्छ भन्दै निस्केका राजनैतिक कार्यकर्ता नै हुन् । साधारण हिसाबकिताब निकाल्ने हो भने नेपालमा genz उमेर समुहको जनसंख्या १ करोड २० छन । नेपालमा दर्तागत पार्टी १७८ वटा छन । यसैलाई आधार मानेर पार्टीसँग कुनै सम्बन्ध नभएका जनसंख्या २ लाख १५ हजार जति हुन आउँछन । यसले पनि एउटा कुरा यो स्पष्ट पार्छ कि २४ गते देशै जल्न २ लाख १५ हजार सम्भव छैन । र देशको शैक्षिक नीतिले १ करोड २० लाख genz यहि बसोस् भन्ने कुनै योजना छैन । विदेश पलायन नीति ३०% मान्ने हो भने राजनैतिक पार्टीका genz संख्या हटाउने हो भने ६५ हजार भन्दा माथिको genz हुदैनन् । अत: भदौ २३ पछिको २४ गतेको त्यो आन्दोलन असन्तुष्ट पक्ष सबैका आन्दोलन हुन् यसरी बुझ्न सकिन्छ । मानवीय गिद्दी सडकमा छरिएको एउटा आक्रोश हो जस्मा सत्ता पक्ष बाहेकका सबै उमेरको संयुक्त आन्दोलन हो । यो आन्दोलनले प्राप्त समय परिस्थितिको संरक्षण गर्नु सबैको कर्तव्य हो । यस विषम परिस्थितिमा  भौतिक क्षती भन्दा मानवीय क्षतीलाई गहन सम्झी प्राप्त परिवर्तनलाई सुढृत बनाइ अघि बढ्नुपर्छ । नेपाललाई भ्रष्टाचारमुक्त देश घोषणा गर्न सबै जुट्नुपर्छ । 

हुन त  नेपालमा १७८  वटा पार्टी छन । तिनीहरूका पार्टीमा मात्रै genz उमेर समुहका १ करोड १४ लाख छन । पैसाठी हजार पार्टीहिन genz हरुले उठाएका मुद्दा भ्रष्टाचार, बेथिति एवम् विसंगति खराब हुन् सबैले भन्न सक्नुपर्छ । र देश बनाउन अब पार्टीगत नेतृत्व फेर्ने पार्टीभित्रका genzहरु सार्वजनिक रुपमा निस्किनुपर्छ । खराबलाई खराबै हुन् भन्दै पार्टीभित्र genzहरु पनि देशको परिस्थिति सुधार्न निस्किनुपर्छ । पार्टी कार्यकर्ताबाटै चल्ने हुन् भन्ने सोचलाई चरितार्थ गर्न, जीवन सम्मानित बनाउन सिद्धान्त अनुरुप चल्ने देशको बेथिति निस्तेज बनाउन अघि सर्नुपर्छ । व्यक्ति विशेषको गल्ती लुकाउन अग्रसर हुने तत्वलाई सार्वजनिक रुपमा दण्ड दिनुपर्छ । ५३२ लिटर रगत अर्थात् ७६ जनाको साहदत आतंक होइन आन्दोलन मान्न सक्नुपर्छ । आफ्नो गल्ती लुकाउन अनेकन नामाङ्कन गर्न पाइदैन् । अपराधीलाई सजाय तोक्न सबै सचेत भई एक जुट भई राष्ट्र निर्माण अबको खाँचो हो । बृद्धहरुबाट समृद्ध हुन्न भन्न पनि महेश बस्नेत जस्ता युवालाई पाखा लगाउन अरुहरु अग्रसर हुनै पर्छ । साहदत प्राप्त गर्ने सबैको श्रद्धापूर्वक सम्मान गरि उनीहरूको सपनाको कदर गर्नुपर्छ । २३ र २४ को सम्पुर्ण दोष राज्यकै हो । सजायका भागेदार सत्तामा हुने सबै हुन् । बच्न, विदेशी चलखेल भन्नु आफैलाई थुक्नु हो । छोराछोरी समुहलाई अपराधी मान्नेलाई पापी नै हुन् । 

प्रतिक्रिया