नेवा: सभ्यतामा जन्मेका जो कोहिको पनि अन्त्येष्टि त्यही अनुरुप गरिन्छ । त्यसमा विवाद स्वरुप शंख फुकेर शव यात्रा निकालिंदैनन् । नेवा: भनेपछि अन्त्येष्टिको विगुल फुक्ने संस्कार सम्पदा साधन काँ बाजं र नायो बाजं नै हुन् । यो राज्यको सम्पत्ति र सम्पदा हुन् जसमा सबैको पहुँच हुनुपर्छ । राज्यले बोक्नुपर्छ । मैले विगत देखि वर्तमानसम्म पनि यहि कुरा भन्दै आएको छु । तर राज्यले सहमति जनाउन सकेको छैन् । अर्को सुबिधा र सहयोग चाहिएको खण्डमा त्यही सम्पदा संस्कार राज्यकै मुख ताक्ने गरेको देखिन्छ । यो संस्कार दोहोर अर्थमा देखिन्छन् । नेवा: सभ्यताको अन्त्येष्टिमा काँ बाजं र नायो बाजंको भुक्तानी छोरीचेलीले गर्ने भन्ने चलन छ । तर मृत्युको बेला कमैलाई होश होला कि मैले पैसा बोक्नुपर्छ या चिहान एटियम मेसिन हुने भए कार्ड बोक्नुपर्छ भन्ने या छोरीचेली नै नभएको अवस्थामा विगुल फुक्ने वा म जाँदैछु भन्ने सन्देश बापत के ती बाजाहरु आवश्यक नभएकै हो कि ? पैसा र पहुँच नभएपछि संस्कार सम्पदा घाँडो हुने हो कि ? यो प्रश्नले मलाई सताउँछ । सताएकै सम्बन्धमा नगरप्रमुख जसलाई धेरैले नगरपिताकै मानपदवी दिए जोसँग सबैले ठूलो आशा राख्ने गरेको पाईन्छ्न् उसको अन्त्येष्टिमा ती बाजाहरुको आह्वान किन आवश्यक भए ? शवयात्रा बाजाहिन किन भए ? सम्बन्धित निकायले यसमा अब देखि विचार गर्ने कि नगर्ने ? म जाँदैछु भन्ने सन्देशमूलक बाजा सबैले बजाउन पाईने अधिकार राज्यले दिने कि नदिने ? एक जना गरिब नेवारले आफ्नो अन्त्येष्टिमा वा छोरीचेली नभएको घरले संस्कार स्वरुप प्रयोगमा सम्पदा साधन राख्नै नपाईने हो र ? प्रश्न यसरी उब्जेको बेला राज्यले त्यसको संरक्षण गर्छन् भने वा गर्नुपर्छ सोच राखी आर्थिक सहयोग राज्यसँग मागी रहन्छन् भने ताली दुई हातले नै बज्ने हुन् भन्ने चरितार्थ गर्न अबका दिनमा स्थानीय सरकार स्वयम् छोरीचेलीको भूमिका उपस्थित हुनुपर्छ । स्थानीय राज्यको दायित्व र कर्तव्यभित्रको अहम मान्यता राख्नुपर्छ । स्थानीय राज्यले परिचालनको जिम्मा लिनुपर्छ । स्थानीय राज्यभित्र सम्पुर्ण मनुष्यहरु समान अधिकार राख्ने पहुँचवाला जनता मान्नुपर्छ । आर्थिक विविधता दर्शाउन सक्ने विभेद गणतन्त्रभित्र हुनुहुन्न । " खाने भातै हो जाने घाटै हो" "न रिस न राग जीवन खाग" हो राज्यले बुझ्नुपर्छ । संस्कार सम्पदामा समानता पाउने अधिकार बराबर छन् सबैले संस्कारले बुझ्नु नितान्त आवश्यक छ । तुत अर्थात पाठ अन्त्येष्टिमा पढ्ने भेदभावरहित हुनुपर्छ । सबै पुच: दाफा खल लगायत बाजाहरुले मृत्युलाई पवित्र मानी समान अधिकार सम्मान दिने हैसियत राख्नुपर्छ । को, के भन्ने प्रश्नयुक्त कुरा परित्याग नै मानवीय विचार हुन् । हामी मानव हुन त्यति भए पुग्छ । अत: अबका दिनमा स्थानीय सरकारले यो गरेन् त्यो गरेन् त्यो कुरा छोडी अन्त्येष्टिमा सम्मान दिने संस्कार कहिं कुनै कारणवश छुट्ने कुरा नहोस् । म विवादको लागि कुरा गरि रहेको छैन् । नगर गर्न सक्ने दिन सक्ने सम्मान दिनुपर्छ भने आज फलानो मरेको जानुपर्छ सबै समुदायको बाजा संघको मनस्थिति होस् भन्ने कामना गर्दछु । नगरले आफ्नो सम्पत्ति संस्कारलाई स्विकार्न कार्ययोजना बनाउन सकुन् । गणतन्त्रको जग यस्तो यस्तोमा होस् । र बोलाउनै पर्छ भन्ने संस्कार हामी नरहोस् ।
क्वखँ लाय् बुया याईगु ज्या: खँ
मनूखँ ल्वमंकल वहे बाखँ .......
यो गीत हामीले गाउनु नपरोस् । हामीबाट भएको गल्ती बारम्बार नदोहोरियो । संस्कार सम्पदामा बराबर अधिकारी दिने सोच हामी सबैले बनाऔं । प्रत्येक मृत्यु सम्मानित बनाउने योजना हामीको हुनुपर्छ ।
अन्तमा, तिक्तता जीवनसँग सोच विरुद्ध हुन्छ । मृत्यु जीवनहिन शाश्वत सत्य हुन् । सत्य, शत्रुताको लागि हामीले सोच्नुहुन्न । सोचले पैसा खोज्नुहुन्न । संस्कार, पैसाले चलिरहन्छ वा चलाउनुपर्छ कुनै संघ वा संस्थाले अनुशरण गर्नुहुन्न । हामी नेवा: सभ्यता मनुष्यहरु हौं । संस्कार राज्यले चलाउने र त्यसमा आवद्ध हुने योजनामा सबै लिपिबद्ध हुनुपर्छ । यहि जीवन धर्म हो । जन्म हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर