आदिवासी दिवस

आदिवासी दिवसको शुभकामना 

प्रशान्त महासागर 

आदिवासी को हुन् ?

आदिवासी र जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को परिच्छेद १, दफा २ अनुसार ‘आदिवासी र जनजाति’ भन्नाले आफ्नो मातृभाषा र परम्पारगत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित तथा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनुपर्छ भनिएको छ । 


आइएलओ महासन्धि नं. १६९ को धारा १ को उपधारा १ मा आदिवासीलाई पहिचान गर्न ३ वटा समय अवस्थालाई आधार मानिएको छ । पहिलो अवस्था भनेको जुन मुलुक या भौगोलिक क्षेत्रमा उनीहरु बसोबास गरिरहेका छन्, त्यो मुलुक या भौगोलिक क्षेत्रलाई अरुले बिजयी गर्दाको समयमा या समय पूर्वदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ । दोस्रो अवस्था भनेको जुन मुलुक या भौगोलिक क्षेत्रमा उनीहरु बसोबास गरिरहेका छन्, त्यो मुलुक या भौगोलिक क्षेत्र औपनिबेशीकरण भएको बेला या सो बेलाभन्दा अघिदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ । तेस्रो अवस्था भनेको बर्तमान राज्यको सिमाना निर्माण हुँदाको समय या सो समय पूर्वदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ ।

नेपालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८ आएपछि त्यसले नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार नेपालमा हाल ५९ वटा जातीय समुदायहरु आदिवासी जनजातिका रुपमा रहेका छन् ।

नेपालका प्रमुख ६ बटा आदिवासी जनजातीको जनसंख्याः

आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८  को अनसुचीमा सूचीकृत ६० आदिवासी जनजाति समदायको जनसंख्या राष्ट्रिय जनगणना २०७८ अनुुसार  १,०१,६८,८४४ (एक करोड एक लाख अठ्सठ्ठी हजार आठ सय चवालीस) छ। यो जनसंख्या कूल जसंख्याको ३४.८७ प्रतिशत हो ।

जनगणना २०७८ अनुसार आदिवासी जनजातीको जनसंख्या प्रमुख ६ जनजातीमध्ये पहिलो गुरुङ्गहरुको संख्या ५ लाख ४३ हजार ७ सय ९० रहेको छ । दोस्रो राइहरुको जनसंख्या ६ लाख ४० हजार ६ सय ७४ छ । तेस्रो प्रमुख जनजाती मगरको कुल जनसंख्या २० लाख १३ हजार ४ सय ९८ देखिएको छ । त्यस्तै थारुहरुको जनसंख्या  १८ लाख ७ हजार १ सय २४ छ भने  नेवार समुदायको जनसंख्या करिब १३ लाख ४१ हजार ३ सय ६३ रहेको छ ।

सबैमा आदिवासी दिवस शुभकामना । नमन ।

प्राप्त श्रोतले बाँकी अरु पनि छन् भनिएका छन् । नेपाल पुर्ण आदिवासीयुक्त भूमी होईन् आशंका व्यक्त गर्ने वातावरण प्राप्त सूचनाले जनाउने कोशिश गरिएको छ जबकी नेपाल आफैमा आदिमकाल देखि उत्पन्न भूमी हो । यसको पहिचान, संस्कार परापुर्वकाल देखि चली आएको छ । तर मान्यताले मानी आएका सन्तान भनिएकाहरु पराधिन हुने होडले आदिवासी जोखिममा पर्न गएका हुन् । गुरुङ भूमीमा गुरुङको कमि हुनु एवम् पहिचानमा आवद्ध योगदान त्याग हुनु दोष कुरा हुन् । आदिवासी हुन नसक्नु हो । जब जीवनले आदिवासी हुन्न भन्न थालिए पछि दिवस हामीले आदिवासी हौं भन्नुको औचित्य हुन्न । एउटा उदाहरणको लागि काठमाडौमा विशेषगरी बस्ने आदिवासी भनिएको वा भनिएका सन्तान नेवार नै हुन् । नून पुगोस् वा नपुगोस् उसले भोजन नेवारी आदिमकालकै हुन्छन् । पिज्जा बर्गर फेसन भन्दा अन्य अरु बनाउनुहुन्न । तर यहाँको संस्कृति ती पनि भोजनको रुपमा अनुशरण हुन थालेका छन् । त्यस्तै अर्को पानी सभ्यता पनि आदिवासी सभ्यता हुन् जुन हाल दुषित बनेको छ भने ब्रम्हनाल खोलाबाट टाढिएको अवस्था छ । खोलाहरु साँघुरो र पाइपको मद्दतले छोप्ने योजना व्यापक बनाएका छन् । राजकुलोलाई बाटोको रुपमा परिणत गर्ने सबै नगरको विशेष योजना बन्न थालेका छन् । पोखरी पुर्दै आवश्यक बेगरका संरचना निर्माणमा सरकार राज्य लागेका छन् । र काठमाडौ विशेषगरि अझैपनि भाषा म्वासा जाती म्वाई बाहेक अरु जगेर्नाको कुरा कोहि आदिवासी जनजाती गरेका छैन् । भूमीपुत्र भन्नेहरू भूमी बेच्दै बाँचेका छन् । प्रकृति पुजकहरु पर्यावरण मास्दै सम्पदा खोजमा रमेका छन् । धर्म भनिएका कुराहरू फेरिएका छन् । परम्परा र संस्कार तोडिएका छन् । मूल्य र मान्यता दासत्वमा रुपान्तरित भएको अवस्था छ । बाँच्न वा सुबिधा भोगचलन गर्न मातृत्व त्यागेका छन् । यस्तो परिस्थितिमा हामीले मनाउँदै गरेको आदिवासी दिवसको औचित्य के ? भाषण वा नारामा मात्र शब्दले अधिकार खोज्ने र व्यवहार बिर्सी जाने हो भने हामी हाम्रै लागि भार हुनु बाहेक नौलो अरु अन्य हुने छैन् । 

अन्तमा, पुन: आदिवासी दिवसको शुभकामना दिदै प्रलोभनयुक्त कुरा त्यागेर न्युनतम आधारमा भएपनि व्यवहार खोजेर हामीले हाम्रो कुरा अरुलाई सुनाऔं । देश आदिम भूमी बनाऔं । वातावरण र पर्यावरण यथास्थिति कायम गरि आदिवासी जनजातीको यथार्थ मानचित्रण गरि व्यवहारिक कुराहरूबाट योजनाबाट आदिवासी दिवस मनाऔं । साथसाथै हाम्रो पहिचान बाजा नेतागणको स्वागतको लागि होईन् भन्दै लाखे नाच पैसामा बिक्ने परम्परा बनाउनु हुन्न भन्न चाहें । मौलिकता त्याग गरि हामी कोहि पनि आदिवासी हुन सक्दैनौं । मातृत्व मोहमै जीवन जिउन पनि आग्रह गर्न चाहें (दाता : गुगल) 

प्रतिक्रिया