अामा दर्शन न्यूज | काठमाडौं
काठमाडौं महानगरपालिका वडा नम्बर १९ अन्तर्गत पर्ने विष्णुमती कोरिडोर सडकको कंकेश्वरी क्षेत्रमा पानी जमेर सवारी आवागमन प्रभावित बनेको छ।
वर्षातसँगै पानीको उचित निकास नहुँदा सो क्षेत्रमा बारम्बार पानी जम्ने समस्या देखा पर्दै आएको छ। यसले गर्दा सर्वसाधारण पैदलयात्रु तथा सवारी साधन प्रयोगकर्ताहरूले ठूलो सास्ती भोग्नुपरेको छ।
स्थानीयवासीहरूका अनुसार सम्बन्धित निकायले सडकको नाला व्यवस्थापनमा ध्यान नदिँदा प्रत्येक वर्षको वर्षातमा समस्या झन जटिल बन्दै गएको छ।
सार्वजनिक सुरक्षाका दृष्टिले तत्काल नाला व्यवस्थापन र पानीको उचित निकासको व्यवस्था गर्न स्थानीयले माग गरेका छन्।
२४ बैशाख २०८२, मङ्गलबार ०२:०२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता