सोच : सजाय
प्रशान्त महासागर
कुनै बेला सबैको भाषा सबैले बुझ्ने युग थियो । आ-आफ्नो संघर्ष र जीवन थियो । जीवनमा बाँच्ने अधिकार सबैको समान थियो । व्यवहार झुठसंगत हुने थिएन् । विस्तारै बिस्तारै समय रुपान्तरित भन्दै व्यवहार ज्ञानको क्षयबाट जीवन सिंचाइ गर्ने पद्धति जिउने कुरा मिल्न गए । पेशाले वर्ग अनि सोच धर्म सँगै पुण्य पाप फरक स्वार्थले सोच्न सिके । समाज समाजमा भिन्नता भन्ने ज्ञानले राज्य खोजे । राजा प्रजा भन्ने वर्गको दूरी मेटाउने खेल खेलिए तर पुन: त्यसैमा सबै रुमलिए । सत्ता र शक्तिमा जीवन बुझे भक्ती अनि भगवान भनिएका भक्त बने । राज्य संरचना यसरी नै घुमे । राजा शब्द, राजा सोच रक्तबीज बने । हिजो देशमा राजा हुन्छ भनिएको तथ्य आज टोल समाजमा जन्मिए उमेर ५ वर्ष भनिए तापनि त्यसबाट लिनुपर्ने लिनसक्ने कुरा बेथिति बाहेक अर्को कुनै लिन्छु भन्ने सोचले जीवन खोजेको देखिए । रैथाने पनि रैती बन्नमै रमे । गर्न हुने नहुने के गर्दा के हुन्छ सोचले जीवन कहिल्यै खोजिएन् । भोकको लागि सम्पदा मास्ने काम पनि जायज नै माने । संस्कार कसरी सजिलो त्यतिमै समय खर्चे । रुपान्तरित कुरा यस्तै गरे । कुनीति, कुसंस्कार धर्म क्रोध अहमले स्थापित गरे । माटो पानीको शरीर माटो पानी विरुद्ध रमे । रमेरै मर्न सकिन कुरालाई बिर्सिएर झुण्डि मर्दा रमाइलो हुन्छ कुराहरू पस्के । र समाज सर्वप्रथम त्यस्तै सिक्न दौडिए । कमिसन, भ्रष्टाचार कमाई माने मानौं यो शरीर जलाउन घ्युतेल मात्र चाहिए जस्तो सुनको महलमा निन्द्रा धेरै भए जस्तो बुझिनु शरीर सड्नु हो सजाय भोग्नु हो जसलाई एउटा सानो कुनै बेलाको कथाले दर्साउन चाहें । (कथा शुरु यसरी हुन्छ )
संघर्षबाट जीवन हल्का पेशामा वर्णमा रुपान्तरित जीवन चल्दै गर्दा एक जना कसाइले आफ्नो व्यापार व्यवसाय सुधार समृद्धि हेतु एउटा खसी र त्यसको आमा किने ल्याएछ । तर त्यो कसाईलाई ती दुई आमाछोरी कुरा गर्छ भन्ने थाहा थिएन् । घर पुग्छ । घाँस दिन्छ । रातको बाससँग विहान हुन्छ । सामान्य जनावर सम्झी काटकुट गर्ने तरखरमा लाग्छ । पानी तताउँछ । खसी काट्छ । टुक्राटुक्रा पारेर बेच्न शुरु गर्छ । व्यापार चल्छ । मासु नपुगे जस्तो लागेर बाख्रा पनि काट्न खोर बाहिर ल्याउँछ । र आफ्नो छोरा (खसी) को हालत देखेपछि आमा बाख्रा हाँस्छे । जोरजोरले हाँस्छे । पागलै भए सरि मुस्कुराउँछे । त्यस्तो व्यवहार देखेर कसाई छक्क पर्छ अनि सोध्छ :
कसाई : ए पागल बाख्री किन हाँसेकी ?
बाख्री : म त घाँस मात्र खान्छु । मेरो छोराले पनि घाँस मात्रै खान्छ । तर पनि हाम्रो मृत्यु यति भयावह भए ।
कसाइ : के भो त....
बाख्री : झन तिमी मान्छेहरू हाम्रो मासु खाँदैछौं । त्यसको सजाय भगवानले के सोचेको होला ? कस्तो दिने तय गरेको होला सम्झी हाँसेको नि । हामी त पेटमा इन्धन पुगोस् त्यही अनुरुप जीवन बाँच्न सकु सोची घाँसलाई आहार ठान्छौं । त्यसको सजाय त यस्तो पाएँ भने झन तिमीहरू पेटको लागि मात्र हाम्रो संघार सोचिएन् कुनै बेला अभाव होला डरले हुनेनहुने संचयको दौडमा स्वार्थले बर्बाद हुँदैछौं । लोभ क्रोधले अझ अहमले अब्बल छु भन्न पुस्ता संरचना मास्न त्यसबाट फाइदा लिन समाजलाई गुमराह पार्ने काम पनि जायजकै रुपमा अनुशरणमा लागि परेका छौं । तिमी मान्छेहरूको मृत्यु कस्तो होला । त्यसमा म चिन्चित छु ।
बाख्राको कुरा सुनेर रिसले एक झटका त्यसलाई मारे ।
प्रस्तुत कथाले मान्छेलाई ज्ञान होईन् स्वार्थ अहम् र क्रोध भए पुग्छ । बुझाउँछ । समाज सम्पदा संस्कार व्यवहार आफुसंगत हुनुपर्छ । सजाय त मरेपछि पाउने हो बाचुन्जेल जे गर्न मन छ गरे हुन्छ । सत्यतथ्यको यहाँ काम छैन् बोली शुद्ध र विचार निष्ठा सत्य हुनुपर्छ सर्वश्रेष्ठ प्राणी बन्न चाहिन्छ सबै गफ हुन् । पेटको लागि अपराध चाहिन्छ । यौवन सन्तुष्टिको लागि बलात्कार मान्य हुनुपर्छ । आज मान्छेको माग यस्तै छ । धर्म, पुण्यको लागि होईन् पाप गर्न पाउनुपर्छ परिचयपत्र मान्छेले सोचेका छन् । कुनैप्रतिको आस्था, विज्ञानले मान्दैन् तथ्य खोज्छ भन्दै एक झटकामा बाख्री मार्नुले मान्छे निरंकुश बने, आफुविरुद्धको ज्ञान आवश्यक छैन् बुझे । सत्ता र शक्ति रैथानेलाई पनि रैती नै बनाउनुपर्छ सोच्दै स्वार्थमा जीवन हुर्काउनुपर्छ बुझ्दै समाजलाई गुमराह बनाउन सके धनी हुने सोचमा सबै छन् । अपराध स्विकार्न होईन् मान्छेले बुझेको ज्ञान यस्तै हो । गल्ती हुन्छ त्यस्ता त कति गरे कति सोच्न सिकेको यथार्थता यहि हो ।