मृत्यु पुण्य हो कष्ट होईन् ।
मान्छे शब्दमा सर्वश्रेष्ठ प्राणी भनिन्छ । ऊसँग ज्ञान छ धर्म छ भन्छन् । पुण्य गर्ने कुरा पनि गर्छन् । न्याय अन्याय फरक पनि राख्छन् । बुझ्छन् । यो सहि त्यो गलत भन्ने सोच पनि व्यक्त गर्छ । र यी एवम् ती कुराबाट बच्न कथा प्रवचन पनि श्रवण गर्छन् । पुण्यकै लागि चारधाम यात्रा पनि गर्छन् । यहि नजिक नजिकको देवालय पनि घुम्छ । एकादशी व्रत लगायत सत्सग पनि गर्छन् । अझ कतिले त श्रीस्वतानीको एक महिना कथा वाचन पनि गर्छन् । यी बाहेक बुद्ध पूजा गर्छन् भने धर्म व्याख्याको अन्तर विचारले कहिँकतै अन्त पनि जन्मसंगत कुरा गर्छन् भने भगवान फेर्न सक्छु भन्ने चरितार्थ पनि मान्छेले देखाउँछन् । प्राणीमा सर्वश्रेष्ठ भनिने मान्छे यसरी परिवर्तनको शिखरबाट हेर्दा स्वार्थी नै देखिन्छन् । स्वार्थको लागि आफ्नो मुद्दा हो भने न्यायाधीश बन्छ भने अरुको सवालमा वकिल बनी वकालत गरिरहँन्छन् । सल्लाह दिई रहन्छन् । समस्या ज्युकात्यु रहि रहोस् भन्न उत्साहयुक्त कुरा गरि रहन्छन् । सत्यतथ्य दूरदराजमा लुकाएर भ्रमको खेती गरि रहन्छन् । केवल स्वार्थ सर्वपरी हुँदा जति पनि जानिएका, बुझिएका सत्यलाई असत्य बनाउन लागि रहन्छन् । त्यस्तो असत्यमा मनुष्यको समर्थन नहोस् भन्न विगतको कथाले सचेत गराउन खोजिए तापनि मान्छे मनुष्य हुन नचाहेपछि त्यस्तो बिर्सी रम्छन् । उदाहरणको लागि भिष्मपिताम्ह । द्वापर युगको एक सशक्त बलशाली इच्छामृत्युले सुशोभित पुरुष जसको कथा यसरी अगाडि बढ्छ : विश्वविजेता जस्ले सदा राजगद्दीमा आसिन जो कोहि होस् आफ्नै पिता नै देख्छु सदा त्यसको रक्षार्थ जीवन समर्पित गर्छु भन्ने प्रतिज्ञा लिए । जसको कारण द्रौपतीको सम्मानमा थेस पुर्याउने विरुद्ध एक शब्द बोल्न सकेनन् । विश्व जित्ने सामार्थ्य रहेपनी मौन प्रतिज्ञा स्वार्थका कारण बस्नु पर्यो । त्यस्तै इच्छामृत्युको वरदान पाएको अर्को एक पन्छी प्राणी थिए तृतायुगमा जसलाई जटायु भन्ने गर्छ मान्छे प्राणी । एक नारीको अस्मिताको लागि आफू भन्दा बलशाली दिग्विजय रावणसँग युद्ध गरे । नारीको अस्मितामाथी, मानसम्मान उपर कुनै आँच नलागोस् भन्ने हेतु निशंकोच जिउ ज्यानको पर्वाह नगरी लडे ।
अन्ततः जित हासिल नभएपनी मृत्यु स्विकार्न बाध्य भए । यहाँ मृत्यु भिष्मपिताहा र जटायु दुबैलाई प्राप्त भएको छ । एकले निर्बल भएपनि सुगतिकै कारण भगवान रामको काखमा मर्न पाईयो भने अर्को बलशाली भईकन पनि दुर्गतिको कारण वाणको शैयामा घोर यातना सहेर मृत्यु प्राप्त गर्नुपर्यो । आखिरमा दुबै इच्छामृत्युको वरदान पाएका थिए भने मृत्यु सुखदायी र दु:खदायी दुई प्रकारका मृत्यु कथामा वर्णन छन् । यस्ता कथाले हामी दिग्भ्रमित नहोस् भन्न खोजिएको छ । जन्म पाउने मृत्यु कर्म सहज हुन्छ त्यसको सुगतीमा जीवन कुद्नु पर्छ हामीले कहिले बुझ्ने ? हो, हामी स्वार्थले जिवित प्राणी हौं के त्यसको लागि मृत्यु दर्दनाक बनाउन तयार छौं त ? आफ्नो फाइदाको लागि अर्काको अस्मिता लुट्न तयार छौं त ? दुर्योधनसँग सत्ता र शक्ति छ भन्दैमा दुष्सासनले जस्तै जे भन्यो त्यही मान्नुपर्ने या भिष्मपिताहाले जस्तै मौन बस्नु नै पर्ने हो या जटायुले जस्तै युद्ध गर्नुपर्ने हो ? हुन त हामी सर्वश्रेष्ठ हौं भनी फुर्ती गर्छौं तर सत्य र न्याय नीतिको लागि झुठो भ्रम हामीले यथार्थता बनाउनु नै पर्ने हो र ? हामीले मृत्यु पुण्य होस् सोच्न छोडी कष्ट होस् भन्न मात्र बाँच्ने हो भने जय होस् । जिउन सहज भनिएका, बनिएका स्वार्थवश जिर्ण नहोस् । संस्कार सँस्कृती एवम् सम्पदा संरक्षण नै विकास हो । लगानी भन्दा मुख्य योजना सोच हो । सत्य निष्ठा जीवनमा चाहिन्छ हुनुपर्छ सोचेरै आवाज बुलन्द गरौं । मृत्यु निश्चित छ जटायु सुखको होस् । धर्मले पुण्य प्राप्तिका जोड कुरा गर्छन् सोच्न सक्नुपर्छ । बल बुद्धि मानव कल्याणको लागि हुनुपर्छ । विना सत्यको दुष्टता शक्ति कष्टकै लागि हुन्छ ।