काठमाडौं, मंसिर १९ – राष्ट्रपति रामचन्द्र पौडेलको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको शल्यक्रिया आधुनिक प्रविधिबाट गरिएको उल्लेख गरिएको छ।
राष्ट्रपति पौडेल आज बिहान अस्पतालमा भर्ना हुनु भएको थियो। शल्यक्रियापछि उहाँको अवस्था सामान्य रहेको र स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरूले जनाएका छन्।
राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे थप जानकारी सार्वजनिक गर्दै अस्पतालले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
१९ मङ्सिर २०८१, बुधबार ०५:१७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता