विश्वमै चिन्ताको विषय बनेको जलवायु परिवर्तनको असर तराई र पहाडमा मात्र होईन अझ बढी हिमाली क्षेत्रमा देखिन थालेको छ । जलवायु परिवर्तनको असरले हिमाली क्षेत्र थप प्रभावित बन्दै जान थालेको छ ।
जलवायु परिवर्तनले मुस्ताङको धार्मिक,सांस्कृतिक,ऐतिहाँसिक तथा मौलिकतामा समेत असर पू¥याएको विधितै छ । जलवायुकै कारण चालु वर्षको साउन २८ गते कागबेनीमा बाढीले करोडौंको भौतिक संरचनामा क्षति पुग्यो भने सिचाई र कृषिबाली स्याउमा समेत नराम्ररी क्षति पू¥यायो ।बाढी पहिरो र नदी कटान अनि हिमपहिरोले विगतका वर्षहरुमा मुस्ताङमा मानवीय तथा भौतिक क्षति पू¥याएको थियो । हिमताल फुट्ने तापक्रम बढ्दा हिउँ पग्लिएर बाढी आउने आदी कारण मुस्ताङका एक दर्जन गाउँ बस्ती कालीगण्डकी र शाखा नदीहरुको उच्चजोखिम छन् । नदी क्षेत्रका प्राकृतिक श्रोतसाधन उत्खनन्,बिक्री वितरण तथा व्यवस्थापन नहुँदा कालीगण्डकीको नदी उकास बढ्दै छ भने बस्ती तल पर्दैछ ।
केही वर्षअघि जलवायु परिवर्तनकै कारण उपल्लो मुस्ताङका दुई गाउँ बिस्थापित हुन पुगे । मुस्ताङका सम्जुङ गाउँ र ध्ये गाउँ जलवायु परिवर्तनसंगै तापमान वृद्धि हुँदा खानेपानी र सिंचाईमा समस्या देखियो । उत्पादन हुन छाड्यो । यसैले ती गाउँहरुका अर्को स्थानमा बस्ती स्थान्तरण हुन पुगे । सेताम्मे हिमाल कालापत्थरमा परिणत हुन थाल्यो भने जैविक विविधतामा समेत असर पुग्न गयो । अन्धाधुन्द विकास र प्राकृतिक दोहनले जलवायु परिवर्तनको जोखिम झनै बढ्न थाल्यो । यहाँका कृषि उत्पादनमा विभिन्न रोग संक्रमण देखिन थाल्यो भने उत्पादनदर पनि घट्दै जान थाल्यो । पशुपालन व्यवसाय संकटमा पर्न थाल्यो भने स्थानीय धर्म संस्कृति र रहनसहनमा समेत असर पर्न थाल्यो ।
जलवायु परिवर्तनको असर अध्ययन,अनुसन्धान र यसको बैकल्पिक उपाय र भावी योजनाका विषयमा स्थानीय स्तरमै पुगेर बहश चलाउन
राष्ट्रिय प्रकृति संरक्षण कोष ,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार बिहान संगै मुस्ताङ ल्याएर जलवायु सम्वाद अन्तरक्रिया तथा बहशको कार्यक्रम गरायो ।
सो जलवायु सम्वाद कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले अन्तराष्ट्रिय संस्थाबाट नेपाललाई प्राप्त हुने ५० करोड सहयोग मुस्ताङलाई दिने घोषणा गरे । बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टर मार्फत मुस्ताङ आएका प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रकृति संरक्षण कोष ,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्धारा जोमसोममा आयोजित स्थानीय सरोकारवालाहरुसंग ‘ जलवायु संम्वाद’कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।
प्रधानमन्त्री दाहालले अहिलेको जलवायु परिवर्तनको असर राष्ट्रिय तथा अन्तराष्ट्रिय चुनौती र चिन्ताको बिषय भएकाले यसको सामना हामी सबैले सामना गर्नुपर्ने बताए । पटक पटक आफुले संयुक्त राष्ट्र संघको महासभा,ईटालीको रोममा आयोजित खाद्य सुरक्षा सम्मेलन लगायतमा नेपालमा जलवायुले पू¥याएको असरको बिषयमा विश्व समुदायको जोडदार ध्यानआर्कषण गराएको र अब कोप २८ सम्मेमलनमा नेपालको प्रतिनिधित्व गरेर जाने र त्यहाँ जलवायु परिवर्तनको असरलाई उठान गर्ने प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्री दाहालले कोप २८ मा जलवायु क्षतिको जानकारी गराई अन्तराष्ट्रिय सहयोगको अपिल गर्ने तयारी भईरहेको जनाए ।
प्रधानमन्त्री दाहालले हिमाली जिल्लालाई जलवायु परिवर्तनको असर कम गर्न धेरै कुरा बाँकी रहेको बताए । उनका अनुसार मुस्ताङको कालिगण्डकी र यहाँका शाखा नदीहरुलाई नियन्त्रणका साथै व्यवस्थित गर्न आवश्यक रहेको र भोली का दिनमा हुने जोखिम न्यूनिकरण गर्न ु प्रमुख चुनौती रहेको औल्याए । मुस्ताङमा जलवायु परिवर्तनका कारण बाढी पहिरो, भूक्षय, हिमपहिरोले विगतमा मानवीय र भौतिक क्षति तुल्याएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले अब त्यस प्रकारका क्षति जलवायु क्षति न्यूनिकरण गर्न सरकार प्रतिवद्ध भएर लाग्ने प्रधानमन्त्री दाहालको भनाई थियो ।
जलवायु सम्वादमा प्रधानमन्त्री दाहालले भने,‘ यहाँको कृषि,पर्यटन,उत्पादन ,पर्यटन र तमाम व्यवसायलाई जलवायु क्षतिले असर पार्दै गईरहेको छ । अब त्यस्ता क्षति कसरी रोक्न सकिन्छ भन्नेमा सरकार गम्भिर रहन्छ ।’
प्रधानमन्त्री दाहालले मुस्ताङको ऐतिहाँसिकता,भौगोलिक बिशिष्टता र यहाँको संस्कृति, परम्परा र कृषि उत्पादनप्रति सरकार संवेदनशील रहेको बताए ।
यस्तै, संघीय बन तथा वातावरणमन्त्री डा. उपेन्द्र महतोले नेपाल सरकारले बिनियोजन गरेको बजेटले अवैज्ञानिक किसिमले संञ्चालन गरिएका परियोजनाले जलवायु संकट निम्त्याएको बताए । उनले अबको विकास परियोजना बैज्ञानिक हुने पर्नेमा जोड दिए ।
जोमसोममा आयोजितक जलवायु संम्वादमा स्थानीय सरोकारवालाहरुले जलवायु परिवर्तनले प्राकृतिक र वातावरणीय क्षेत्रमा प्रतिकुल असर पू¥याएको र यसका लागि सरकारले प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिए । उनीहरुले जलवायु क्षतिले कृषि पर्यटन ,पूर्वाधार र जिवन शैलीमा असर पु¥याएको धारणा राखे । कार्यक्रममा प्रदेश सभा सदस्य विकल शेरचन, जिसस प्रमुख माया गुरुङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त,वारागुुङ मुक्तिक्षेत्र गापाका अध्यक्ष रिङजीन नामगेल गुरुङ र नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले जलवायु संम्वन्धि धारणा राखेका थिए ।
यसअघि सम्मानीय प्रधानमन्त्री दाहालले सेनाको हेलिकोप्टरबाटै उत्तरी कोरलानाका, गौरवको उत्तर दक्षिण जोड्ने कालिगण्डकी करिडोर सडकमार्ग र कागबेनी बाढी प्रभावित क्षेत्रको सेनाको हेली मार्फत हवाई अवलोकन गरेका थिए । जोमसोम विमानस्थमा केही बेर रोकिएर उपल्लो मुस्ताङ प्रस्थान गरेका प्रधानमन्त्री दाहाल त्यहाँबाट जोमसोम फर्किए । प्रम दाहाललाई जोमसोममा स्थानीय नागरिक तथा जनप्रतिनिधि र कर्मचारी ,सुरक्षा निकाय लगायतका स्वागत गरेका थिए ।
प्रधानमन्त्री दाहालले आजै नेकपा माओवादी केन्द्रको संयुक्त जिल्ला भेलालाई सम्वोधन गरेर काठमान्डौं फर्किए । प्रम दाहाललाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्रबाट फुकुवा गर्न ज्ञापनपत्र बुझाए । जलवायु सम्वाद सकिए लगत्तै स्थानीय प्रशासन र सरोकारवालाहरुसंग कोरलानाका खोल्ने बिषयमा समेत बेग्लै छलफल भएको थियो ।