जोमसोम—उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—३ ठिङ्गरका स्थानीय कर्मा सम्टुक गुरुङ यतिखेर मुस्ताङ सदरमुकाम जोमसोममा चाईनिज सामान बिक्री गर्न व्यस्त छन् ।उनले जोमसोम बजारको पुरानो काठेपुल नजिकको सडक छेउमा उत्तरी कोरलानाका हुँदै ल्याईएका चाईनिज सामान फुटपाथ व्यापारी जस्तै फिजाएका छन् । उनले (नेचुङ—लिजी)कोरलानाकाको व्यापारिक स्थलबाट जुत्ता चप्पल,ज्याकेट,टाउजर,मोजा,ब्ल्याङेकट ,सोफासेटमा राख्ने फर्म,थर्मस लगायतका किराना पसललाई चाहिने सामानहरु जीपमा ढुवानी गरी बिक्री गर्न राखेका हुन् ।
गुरुङ कोरलानाकाबाट सामान किनेर जोमसोममा चाईनिज सामान बेच्न अहिलेसम्म ३ खेप गरिसकेका छन् ।यो खेप सकिएपछि फेरी चाईनिज सामान लिन कोरलानाका जाने उनले बताएका छन् ।जोमसोमबाट कोरलानाकाको दुरी ११० किमी छ । घरबाट बिहानै हिडे नाका पुगेर सामान लोड गरी जोमसोम आईपुग्न सकिने गुरुङले बताए । नाका केहीदिन अघि मात्रै खुलेकाले चिनियाँ उत्पादनको माग बढी भएको गुरुङको भनाई छ ।‘ ढुवानी खासै धेरै लाग्दैन,भन्सार पनि सस्तै छ,व्यापारी गुरुङले भने,‘ थोरै थोरै नाफा खाएर धेरै सामान बिक्री गर्नेतर्फ लागेको छु ,सामान सकिएमा लिन जान कुनै समस्या छैन् ।
ठिङ्गरका कर्मा सम्टुक गुरुङ जस्तै उपल्लो मुस्ताङका धेरैजसो स्थानीय ठुला तथा साना व्यापारीले अहिले चिनियाँ बजार लिजीमा गएर धमाधम सामान बेच्न तल्लो मुस्ताङमा ल्याउने गरेका छन् ।चिन र नेपाल पक्षको आपसी सहमतीमा नाका खुलेपछि उनीहरुको वैकल्पिक ब्यापार गर्ने मार्ग खोलिएको हो । अहिले जोमसोममा दिनुह जसो हुलका हुल चिनियाँ सामान बिक्री गर्न उपल्लो मुस्ताङीहरु आउने क्रम बढेको हो । अहिले चिनियाँ सामान लिएर उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकका स्थानीय ब्यापारी तल्लो मुस्ताङको गाउँ गाउँमा पस्न थालेका छन् । नाका खुलेपछि आफुहरुलाई ब्यापार गर्न सजिलो भएको लोमान्थाङका स्थानीय ब्यापारी पेमा आङ्गेल गुरुङले बताए । उनले चिनिया सामान लिन जाँदा स्थानीय उत्पादन लिएर जाने गरेको उल्लेख गरे
कोभिड तथा सुरक्षा संवेदनशीलताको कारण देखाउँदै चीनले ४ वर्षअघि एकपक्षिय रुपमा बन्द गरेको नेचुङ—लिजी नाका बाह्रै महिना खुल्ला भएसंगै स्थानीयलाई वैकल्पिक राजगारीको ढोका खुलेको हो । नाका खुलेपछि मुस्ताङका पसलदेखि फुटपाथसम्म चिनियाँ उत्पादनका सामान बग्रेल्ती देखिन थालेका छन् । कोरला बोर्डरको लिजीमा फुटकर तथा होलसेल पसलहरु पनि रहेको ब्यापारी आङ्गेल गुरुङको भनाई छ । घरायसी प्रयोजनमा सामान किन्नेले फुटकर र बिक्रीका लागि सामान किन्न जानेले होलसेल ब्यापारीसंग सम्पर्क गर्ने गरेको उनले बताए । सीमापारिबाट खाद्यान्न,किनारा,कस्मेटिक,लत्ता कपडा,निर्माण सामाग्री , बिद्युतीय उपकरणका साथै भेडाच्यांग्रा समेत आयात गर्न सकिने बताईएको छ ।
विगतका वर्षहरुमा अधिकाँश उपल्लो मुस्ताङीहरु हिउँदयामको जाडो छल्न कार्तिक अगावै बेसी झरिसक्थे । उपल्लो मुस्ताङमा खेतीपाती तथा यार्तुङ र तिजी पर्व सकिए लगत्तै जाडो छल्न बेसी झथ्र्ये ।तर,यसवर्ष नाका खुल्ने भेउ पाएपछि अधिकाँश उपल्लो मुस्ताङीहरु बेसी झरेका छैनन् । गाउँमै बसेका उपल्लो मुस्ताङीहरु अहिले चिनियाँ सामाग्री ल्याउँदै बिक्री गर्न व्यस्त छन् ।जिल्लामै वैकल्पिक आम्दानी गर्ने मार्ग खोलिएकाले बेसी नझरेको उनीहरुको कथन छ । उनीहरुले नाका नखुल्दा बेसीमा गएर घुम्ती व्यापार व्यवसाय गथ्र्ये र गर्मी सुरु भएपछि बैशाखमा घर फर्किन्थे । तत्कालका लागि उपल्लो मुस्ताङका दुई गाउँपालिकाका नागरिकलाई मात्र सीमापार पासका आधारमा कोरलानाकाको ढोका खुल्ला भएको हो । यसरी खुल्ला भएको नाकाबाट मौसम अनुसारको ब्यापारिक कारोवार गर्न सक्ने भएका हुन् ।
राजश्व संकलन सुरु
नाका खुलेसंगै चिनिया ँ बजारमा गएर सामान किन्न दैनिक ५० देखि सयको सख्यामा जाने गरेको भएपनि ठुला ब्यापारीहरु एक दर्जन मात्र रहेको भन्सारमा खटिएका नायव सुब्बा बिष्टले उल्लेख गरे । भर्खरी नाका खुल्ला भएकाले राजश्व संकलन गर्ने प्रावधान तयारी र सचेतनाका कार्यक्रम गर्नुपर्ने उनले बताए । स्थानीय ब्यापारीलाई भन्सारको दायरामा ल्याउन भन्सार शिक्षा दिएर कसरी गर्ने,सामानको बिल कसरी बनाउने र सामानको दररेटको बारेमा जानकारी गराएर राजश्व काट्ने तैयारी भईरहेको बताए । भन्सार निरन्तर चल्ने भएकाले भन्सार पूर्वाधार निर्माणमा जोड दिन आवश्यक रहेको नासु बिष्टले औल्याए ।‘हामी कहाँ प्लान क्वारेन्टाईन मात्र छ,पशु क्वारेन्टाईन छैन,उनले भने पशु क्वारेन्टाईन,खाद्य परीक्षण क्वारेन्टाईनको व्यवस्थापन आवश्यक देखिन्छ । नासु बिष्टले हाललाई चिनियाँ बजारबाट आयात गरिएका सन्दर्भ सामाग्रीहरुको मूल्य सूचि हेरेर राजश्व संकलन गर्ने गरेको जानकारी दिए ।
फोटो क्याप्सन ः
कोरलाकाका खुल्ला भएपछि चिनिया सामाग्री बिक्री गर्दै उपल्लो मुस्ताङी । तस्विर ःसुन्दरकुमार थकाली ।