घरपझोङमा दुई स्वास्थ्य स्वयंसेविका सम्मानित

जोमसोम—२० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसकोको अवसरमा मंगलबार मुस्ताङमा दुई जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ । आधारभूत स्वस्थ्य सेवामा योगदान पू¥याए वापत मुस्ताङको घरपझोङ गाउँपालिकाले दुई जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको हो ।

अन्तराष्ट्रिय स्तरमा स्वयंसेवकको रुपमा कार्य गर्ने व्यक्तिहरुलाई बर्सेनि डिसेम्बर ५ तारिखमा स्वयंसेवक दिवस मनाईने गरिन्छ ।यही अन्तराष्ट्रिय स्वयंसेवक दिवसलाई आत्मसाथ गर्दै  नेपालमा २०६१ सालदेखि सामुदायिक स्वास्थ्य महिला स्वयंसेविका दिवसको रुपमा मनाईने गरिएको छ । 


मुस्ताङमा २० औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा घरपझोङ—२ मार्फाकी स्वास्थ्य स्वयंसेविका  सुनमाया विक र घरपझोङ—५ की  स्वास्थ्य स्वयंसेविका नानीमाया थकालीलाई आधारभुत स्वास्थ्य सेवामा समर्पित रहँदै विशेष योगदान पू¥याएको भन्दै  मुस्ताङको घरपझोङ गाउँपालिकाले एक समारोहकाबीच नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो ।

झन्डै ३ दशकसम्म अनवरत रुपमा दुर्गमका गाउँ वस्तीहरुमा आधारभुत स्वास्थ्य सेवाका लागि अहोरात्र खटिदै आईरहेका घरपझोङका विक र थकालीलाई गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन,उपाध्यक्ष जमुना थकाली र प्रमुख प्रशासकीय अधिकृत वेदहरी अधिकारीले नगद,प्रमाणपत्र र अविर लगाईदिएर संयुक्त सम्मान गरेको स्वास्थ्य शाखाका प्रमुख कर्णबहादुर थकालीले जानकारी दिए । घरदैलोको नजिकको स्थानीय सरकारबाट सम्मान पाएपछि उनीहरु निकै खुसी भएका छन् । राज्य दिने सीमित सेवा सुविधा पारिश्रमिक भन्दा सेवानै महत्वपूर्ण हो भन्ने मनसायका साथ निरन्तर गाउँघरमा स्वास्थ्य सहजीकरण गर्दैआईरहेका स्वास्थ्य स्वयंसेविकाको सम्मान कार्यक्रमले थप उत्साहित बनाउने घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले उल्लेख गरे ।  दुर्गमका स्वास्थ्य ईकाईहरुमा चेतनाको विकास कम हुने र उचित स्वास्थ्य परमर्श नपाउँद स्वास्थ्य समस्या देखिने गरेको उल्लेख गर्दै स्वास्थ्य स्वयंसेविकाको भूमिकाले स्वास्थ्य सेवा सहजीकरणमा ठुलो योगदान पू¥याएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत बेदहरी पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाको पीरमर्का र जिम्मेवारीका बिषय स्थानीय तहलाई अवगत भएको र उनीहरुको समस्या र पीरमर्कालाई सम्वोधन गर्न कार्यविधि बनाएर अघि बढ्ने बताए । 

गाउँपालिकाकी उपाध्यक्ष जमुना थकालीले महिला र बालबालिकाहरुको स्वास्थ्य सेवाको बढी जिम्मेवारी हुँने भएकाले स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका महत्वपूर्ण रहेको बताईन् । ्

वडाध्यक्ष आशबहादुर थकालीले स्वास्थ्य स्वयंसेविकाहरुलाई आवश्यक तालिम र सुविधा दिएर प्रोत्साहित गर्नुपर्ने सुझाए । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका दिवसको औचित्य माथि स्वास्थ्य शाखा प्रमुख कर्णबहादुर थकालीले जानकारी गराएका थिए ।

 मुस्ताङको घरपझोङ गाउँपालिकाको ५ वटै वडामा कुल २० जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । उनीहरुलाई बार्षिक १२ सय रुपैया  पारिश्रमिक दिने गरिएको छ । सम्मानित स्वास्थ्य स्वयंसेविक सुनमाया विकले स्वास्थ्य स्वयंसेविकाका समस्या,चुनौती र पारिश्रमिकमा राज्यले पूर्नरबिचार गर्न आवश्यक रहेको औल्याईन । उनले आवश्यकता र कुनै स्वास्थ्य समस्या परेको बेला सहजीकरणका लागि जुनसुकै बेला उपस्थित हुनपर्ने दायित्व रहेकाले मातृशिशु र बालमृत्यु दर घटाउन स्वास्थ्य स्वयंसविकाको भूमिका अहंम रहेको जनाईन् ।

यसैगरी घरपझोङ गाउँपालिकाकी स्वास्थ्य स्वयंसेविका बत्तीमाया थकालीलाई उमेर हदका कारण स—सम्मान बिदाई गरिएको छ । उनलाई पालिका अध्यक्ष लालचन र उपाध्यक्ष थकालीले दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गर्दै बिदाई गरेका हुन् ।

 नेपालमा आर्थिक वर्ष २०४५÷०४६ सालदेखि तराईका २७ जिल्लाबाट स्वास्थ्य सेवक कार्यक्रम सुरु भएको थियो । त्यसपछि २०६१ सालबाट यो दिवस मनाउन थालिएको थियो । महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभुत स्वास्थ्य संम्वन्धि तालिम दिएर खटाईने गरिएको छ ।



प्रतिक्रिया