चिनियाँ काउन्टर पार्टसंग मिलेर सशस्त्रले ग¥यो ३३ नं. सीमा स्तम्भको संयुक्त अनुगमन

जोमसोम—मुस्ताङको सशस्त्र प्रहरी बल ३३ नं.गुल्म र गुल्म अन्तर्गत नेचुङमा अवस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी)ले नेपाल—चीन ३३ नं. सीमा स्तम्भको अनुगमन गरेको छ ।झन्डै ५१७० मिटरको अग्लो उचाईमा अवस्थित नेपाल—चीन ३३ नं. सीमा स्तम्भको गत हप्ता चिनियाँ काउन्टर पार्टसंग मिलेर संयुक्त अनुगमन गरिएको बताईएको छ ।

नेपाल—चीन मुस्ताङ जिल्लासंग जोडिएका १६ वटा सीमा स्तम्भ छन् ।जसमध्ये १५ वटा सीमा स्तम्भको पहिचान भएपनि ३३ नं. सीमा स्तम्भ पत्ता लाग्न सकेको थिएन् ।जोमसोम स्थित  नारायण दल गणबाट नेपाली सेनाको पहलमा गत वर्ष चीनसंग जोडिएको ३३ नं. सीमा स्तम्भ खोज्ने कार्य गरिएको थियो ।भौगोलिक रुपले अन्त्यन्तै विकट स्थान र अग्लो उचाईमा रहेको ३३नं. सीमा स्तम्भ पत्ता लगाउन सेनाले स्थानीयबासीको सहयोग लिएको थियो । त्यसका लागि सेनाले स्थानीय सूचकको आधारमा लोघेकर दामोदरकुण्ड —४ घाराका दुई स्थानीय युवा छिदेधार्जे गुरुङ र पासाङ गुरुङलाई खटाएको थियो । स्थानीय युवाले बन्दोवस्तीका सामानसहित घोडा चढेर कठिन उकालो उक्लिदै १२ घण्टा लगाएर २०७९ जेठ ९ गते नेपाल—चीन ३३ नं. सीमा स्तम्भमा पुग्न सफल भएका थिए । यसरी सीमा स्तम्भको पहिचान गरेर फर्किएका  उनीहरुले जोमसोम स्थित नेपाली सेनालाई ३३ नंं सीमा स्तम्भको लोकेशनको बारेमा जानकारी गराएको थियो ।

 नेपाल—चीन उत्तरी ३३ नं. सीमा स्तम्भ २०४५ सालमा खडा भएको देखिन्छ । नेपाल—चीन १८ देखि ३२ नं. सीमा स्तम्भ बनेको २३ वर्षपछि ३३ नं. सीमा स्तम्भ बनेको देखिन्छ ।उत्तरी चीनसंग मुस्ताङको सीमाना जोडिएका अरु १५ वटा सीमा स्तम्भ बि.स.२०१९ सालमा बनेका थिए ।

 तर,पछिल्लो समय ३३नं. सीमा स्तम्भ अज्ञात थियो । गतवर्ष  पत्ता लगाईएको ३३ नंं सीमा स्तम्भमा नेपाली सेनाको टोलीले स्थानीय युवालाई संगै लिएर २०७९ साउन २३ गते  पहिलो पटक अनुगमन गर्न सफल भएको थियो । त्यसपछि सेनाले अनुगमन गरी फर्किएको १५ महिनापछि सशस्त्र प्रहरीको टोली ३३ नं. सीमास्तम्भमा पुगेको हो । जोमसोम स्थित सशस्त्र प्रहरी बल ३३ नं. गुल्मका प्रहरी नायब उपरीक्षक बिजय हमालले चिनियाँ सुरक्षा अधिकारी र नेपाली सुरक्षा अधिकारीहरुको संयुक्त टोलीले ३३ नं. सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरेको जानकारी दिए । उनले चिनियाँ भूमीबाट सीमा अनुमन सहज भएकाले उनीहरुसंग मिलेर सीमा स्तम्भ अनुगमन गरिएको बताए । नेपाल पक्षबाट सशस्त्र प्रहरी नायब उपरीक्षक बिजय हमालको नेतृत्वमा ५ जना र चीन पक्षबाट ५ जना गरी १० जनाको संयुक्त टोलीले ३३ नंं सीमा स्तम्भको अनुगमन गरेको हो । ३३ नं. सीमा स्तम्भ अनुगमन सशस्त्र प्रहरीको पहिलो हो । दुई अग्ला अग्ला पठार पहाडकोबीचमा ३३ नं. सीमा स्तम्भ अवस्थित रहेको सशस्त्र प्रहरीले बताएको छ । चीन पक्षले त्यहाँ हावाबाट बिजुली निकालेर सौर्य तथा वायु उर्जा उत्पादन गरेको भने त्यहा सीमा निगरानीका लागि टावर निर्माण गरेको छ । सशस्त्र प्रतिकुल मौसमका बावजुद त्यस स्थानमा अनुमगन गर्न खटिएको थियो ।

चीनको सीमानासंग मुस्ताङ जिल्ला जोडिएका कुल १६ सीमा स्तम्भ छन् । जसको मुख्य केन्द्र बिन्दु (ट्रान्जिट पोईन्ट) कोरलानाकाको २४ नं. सीमा स्तम्भ हो । चीनसंग मुस्ताङको भूगोल जोडिएका सीमा स्तम्भ मध्ये १८ देखि २३ सम्म कर्णाली अञ्चलको डोल्पातर्फ पर्छ भने २५ देखि ३३ नं. सीमा स्तम्भ गण्डकी प्रदेशको मनाङ तर्फ पर्ने सशस्त्र प्रहरी नायब उपरीक्षक हमालले उल्लेख गरे । ३३ नंं सीमा स्तम्भको पहिचान हुनु पूर्व तत्कालिन प्रजिअ वेदप्रकाश अर्यालय,हिरादेवी पौडेल र नेत्र शर्माले १८ देखि ३२ नंं सीमा स्तम्भको अनुमगन गरिसकेका थिए ।


नेपाल—चीन ३२ नं. सीमा स्तम्भबाट ३३ नंं सीमा स्तम्भको दुरी करिव  ५१ किलोमिटर छ  भने कोरलानाकाबाट ३३ नं. सीमा स्तम्भको दुरी ९३ किमी छ ।


नेपाल—चीन ३३ नंं सीमा स्तम्भमा पुग्न नेपाली भूगोल निकै कठिन पर्छ । यद्यपी चीन पक्षले भने १८ देखि ३३ नं. सीमा स्तम्भसम्मै सडक संञ्जाल पू¥याईसकेको छ । यसका कारण पनि चीन पक्षका सुरक्षा अधिकारीले सबै सीमानाकाको अनुगमन सवारी साधनको प्रयोग गर्न सक्छन् । नेपालतर्फ भने सडक नहुँदा चीन पक्षको सहयोग लिनु पर्ने हुन्छ । नेपाल—चीन ३२ नं. सीमा स्तम्भबाट ३३ नंं सीमा स्तम्भको दुरी करिव  ५१ किलोमिटर छ  भने कोरलानाकाबाट ३३ नं. सीमा स्तम्भको दुरी ९३ किमी छ ।

  उत्तरी कोरलानाका स्थित लोमान्थाङ गाउँपालिका—२ छोसरको नेचुङमा सरकारले २०७७ सालमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको थियो। त्यहाँ सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना सुरक्षाकर्मी बस्छन् । त्यहाँ बिओपी भवन निर्माण गर्न २७ रोपनी जग्गा प्राप्ति भएसंगै भवन निर्माण सुरु गरी अन्तिम चरणमा पू¥याएको छ । 

 मुस्ताङसंग सीमाना जोडिएका नेपाल—चीन उत्तरी १६ वटा सीमा स्तम्भको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट नेचुङको जिम्मेवारीमा रहेको बिओपी ईञ्चार्ज भीमबहादुर क्षेत्रीले जानकारी दिए । यसअघि नेपाल—चीन १६ मध्ये १५ वटा सीमा स्तम्भको अनुगमन भएकोमा यसपटक पहिलो पटक कठिन भूगोलमा अवस्थित ३३ नं. सीमा स्तम्भ पहिलो पटक पुग्न सफल भएको बताए ।

नेचुङमा रहेको बिओपी दस्ताले सीमा स्तम्भको अनुगमन तथा संम्भावित चोरी शिकारी तथा अवैध गतिविधि नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न योगदान गर्दैआईरहेको छ । हिउँदयामको प्रतिकुल मौसममा समेत सशस्त्र प्रहरीको बिओपीले बाह्रै महिना सीमा क्षेत्रको सुरक्षाका लागि निरन्तर खटिरहने बिओपी ईञ्चार्ज क्षेत्रीको भनाई छ ।


फोटो क्याप्सन ः

कठिन भूगोलमा अवस्थित नेपाल—चीन ३३ नंं. सीमा स्तम्भमा सशस्त्र प्रहरी बलको पहिलो पाईला । तस्विरः सशस्त्र प्रहरी, मुस्ताङ


प्रतिक्रिया