नीतिगत भ्रष्टाचार हुनदिन्न मलाई डा. सुरेन्द्र मानन्धरले वचन दिएको छ ।
समग्रमा कीर्तिपुरको बजेट विगतमा पार्टीले आफुखुशी खर्चि रहेको जगजाहेर नै छ । कीर्तिपुर समृद्ध बनाउने नारा दिदैं जितेपछी कार्यकर्ता रिझाउने काम भएको सबैलाई थाहा नै छ । नीतिगत भ्रष्टाचार बाहेक अर्को उन्नति र प्रगतिका कार्य भएनन् । म स्वयम, कीर्तिपुर अस्पतालको ५०% छुटबाट ठगिएको छु । मेरी भदै ५०% छुट अघि बेड चार्ज ३००/- रुपैयाँ थियो भने ५०% छुट पश्चात् मेरी छोरी भर्ना गर्दा बेड चार्ज मैले ९००/- तिरेको थिएँ छुट स्वरुप मैले ४५०/- तिरेको थिएँ । छुट पाएर पनि १५०/- रुपैयाँ छुट नभएको भन्दा ज्यादा तिरे । यसलाई मैले नीतिगत भ्रष्टाचारको रुपमा लिएको छु । ज्येष्ठ नागरिक भ्रमण भन्दै अशक्तलाई देश दौडाहा गराउँदा सेवक/ सेविकाहरु लगिने र सामाजिक सञ्जालमा मादक पदार्थ सेवन गरि नृत्यु प्रस्तुतिहरु देखेको थिएँ त्यसलाई नीतिगत भ्रष्टाचार नै भन्ने गर्दछु । जसको समाधान खोजलाई भोट हुनुपर्छ । कीर्तिपुरको बजेट जुन सबै दल र आम जनता हुन् त्यो मनपरि खर्च गर्ने जो कोहिलाई पनि चुनावले समयमै सजाय तोक्नुपर्छ । गल्तीबाट गल्ती नै सिक्ने जो कोहि जुनसुकै सिद्धान्त विचार खराब टेवा पुर्याउन सक्रिय हुन्छन् भने त्यसको निकास खोजेपछि स्वतः विकास हुन्छ । निर्माण विकास ठेकेदारले नै गर्ने हो तर चन्दा दिएर आफुले ठेक्का लिन्छु वा कसैलाई चन्दा लिएर दिन्छु भन्ने पनि नीतिगत भ्रष्टाचार नै हो । हामी आम जनमानसले त्यस्तो नीतिगत भ्रष्टाचार रोक्ने व्यक्ती चुन्नुपर्छ । व्यक्ती पार्टीबाट पनि छान्ने सामर्थ्य राख्नुपर्छ । सत्य र निष्ठा कीर्तिपुरप्रति समर्पित हुने जो कोहि होस् जित उसैको हुनुपर्छ भन्दै नीतिगत भ्रष्टाचार हुन दिन्न भनी अहिलेसम्म मेरो घर आँगन डा. सुरेन्द्र मानन्धर बाहेक अरु आएको मलाई थाहा छैन् । मैले पार्टीको कुरा गरेको छैन् । हुनसक्छ जित पार्टीको तर काम नीतिगत भ्रष्टाचार नभए पुग्छ । हाम्रो कीर्तिपुरमा नीतिगत भ्रष्टाचार नभएपछि विकास त्यसै हुन्छ । रकमान्तर गरेर विकास भन्दै कमिसन चलखेल रोक्नुपर्छ त्यो रोक्छु आश्वासन सहित विकासको वचन कीर्तिपुरलाई डा. सुरेन्द्र मानन्धर दिएको छ । हुन त २० जना जनप्रतिनिधिहरु उठ्नु भएकोमा अहिलेसम्म पनि कीर्तिपुर सवालमा ठोस एक बुँदा राखिएको मैले कतै महसुस गरेको छैन् । डा. सुरेन्द्र मानन्धरले आफू जिते पनि हारे पनि अबका दिन देखि नीतिगत भ्रष्टाचार हुनदिन्न भन्ने वचन दिए जस्तै १९ जनाले आफ्नो प्रतिनिधित्व के का लागि भन्ने जवाफ प्राप्त भएको छैन् । आफू जिते पनि हारे पनि बचेको २७ महिना कुनै एकमा निरन्तर लाग्छु भन्ने कुरा गरेको छैन् । आ-आफ्नै अहम् आक्रोशमा कीर्तिपुरको तहसनहस गराउने चुनाव त हुँदै गरेको छैन् भन्ने चिन्तामा मेरो विचार तैरिरहेको छ । अत: व्यक्तिगत वा भ्रामिक कुराहरूलाई अहममा राखी कीर्तिपुर विनाशतिर उन्मुख गराउने राजनीति प्रत्यारोपण नहोस् भन्ने आगा गर्न चाहन्छु । जित जो सुकै होस् तर जित्ने वा जिताउने प्रतिबद्धता सबै प्रतिनिधिहरु हुनुपर्छ । भूगोल वा जात वा कुनै बेला बस्तुस्थितिलाई अहम् मानेर २७ महिना खेर फाल्ने काम कसैबाट नहोस् प्रार्थना यहि छ । र उपनिर्वाचन नीति रोप्ने कार्य हो ।
नीतिगत भ्रष्टाचार रोक्न सकिएको खण्डमा आवश्यक बजेट खोज्नु पर्दैन् भने उत्पादनयुक्त रोजगारको विकल्प सोच्न सक्छौं । अत: कीर्तिपुर समृद्धमा ऐक्यबद्धता जाहेर गर्न सबैमा अनुरोध पनि छ । उठ्नु हुने सबै महान प्रतिनिधिहरु ज्युमा विशेष अनुरोध कीर्तिपुरको माटो सुहाउँदो कुरा गरि भूगोल र साँस्कृतिक धरातल अध्ययन गरेर आ-आफ्ना योजनाहरु निर्माण गरि जितेको प्रमुखबाट कार्यन्वयन गराउने मनशाय सहित प्रतिस्पर्धा रम्नुहोला भन्दै कसैलाई आफ्नो हैसियत देखाउने कार्य नगर्नुहोला । राम्रो बन्न अरुको खराबको तारिफ आवश्यक छ । पार्टीको नेतृत्व पंक्ति खराब छ भन्दै व्यक्तिमाथि दोषारोपण गर्नु आफैलाई थुक्नु हो । स्वतन्त्र हुनु भनेको क्षमता पहिचान गर्नु हो । बालेन, अध्ययन हो । हर्क, भूगोल हो भने त्यस्तै हमाल अनुभव हो । यो कुरा बुझ्नुपर्छ । कीर्तिपुर समृद्धको लागि के के योजना छन् समन्वय गर्ने कुरा हुनुपर्छ । त्यही समन्वय अनुरुप हुन त आकार पार्टीबाटै कोर्ने हो तर अहिले पार्टी भन्दा व्यक्तिको क्षमतालाई स्वतन्त्र मान्दै कीर्तिपुरलाई वचन दिए अनुसार नीतिगत भ्रष्टाचार नगर्ने भन्ने डा. सुरेन्द्र मानन्धरलाई भोट दिई नीति स्थापना गर्न नितान्त विचार राखेको छु ।