जलवायुले पीडित ध्ये गाउँको कथा |
जोमसोम—यतिखेर जलवायु परिवर्तन चर्चा निकै हुने गरेको छ ।दुबईमा सम्पन्न संयुक्त राष्ट्र संघीय कोपा—२८ अन्तराष्ट्रिय सम्मेलनको पूर्व सन्ध्या र पछाडी जलवायु परिवर्तनले पारेको असर तथा न्यूनिकरणका लागि निकै ठुलो बहस र पैरवी हुने गरेको छ ।
यसै परिप्रेक्ष्यमा मुस्ताङको कागबेनी बाढी प्रभावित क्षेत्र पनि निकै ठुलो बहसको विषय बन्यो । यही क्षेत्रबाट एक जना प्रतिनिधि पनि कोप—२८ सम्मेलनमा भाग लिन दुबई जाने अवसर मिल्यो ।त्यहाँ पुगेकी प्रतिनिधिले जलवायु हानी तथा क्षतिका बिषयमा बाढी प्रभावित क्षेत्रले उचित सहयोग पाउनु पर्ने माग समेत राखिन् । कागबेनीमा साउन २८ गते निकै ठुलो बाढी आउँदा दर्जनौ घर बाढीले बगाएको थियो भने करोडौंको भौतिक संरचना नष्ट भएको थियो ।
यो त थियो मुस्ताङको कागबेनी बाढी प्रभावित क्षेत्रमा जलवायु संकटले प्रत्यक्ष निम्त्याएको भौतिक क्षतिको कुरा ।तर, मुस्ताङको यस्तो एउटा गाउँ छ जहाँ जलवायु परिवर्तनकै कारण अप्रत्यक्ष स्थानीय जिवनमा क्षति पू¥याएको थियो । त्यही जलवायु संकटले उब्जाएको मुस्ताङको एक विस्थापित गाउँ ध्ये थाङच्युङ चाम्बाले कथा कागबेनी बाढी प्रभावित गाउँ भन्दा नितान्त झनै पृथक र मार्मिक छ ।
आजको ठिक डेढ दशक अघि मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—५ स्थित थाङच्युङ चाम्बाले गाउँ माथि समून्द्री सतहको करिव ४१ सय मिटरको अग्लो उचाईमा ध्ये गाउँ थियो । त्यहाँ गुरुङ समुदायको झन्डै २६ घरधुरीले बसोबास गथ्र्ये ।त्यहाँ सामान्य स्तरको जिवन शैली व्यतित गर्दै आईरहेका त्यहाँका स्थानीयले कृषि र पशुपालन व्यवसाय गरी जिविकोपार्जन गथ्र्ये । बर्सेनि एक बाली हुँने उपल्लो मुस्ताङमा ध्ये गाउँकाले पनि गहुँ,तोरी,आलु र तरकारी खेती गथ्र्ये । गाउँका कतिपयले याकचौरी र भेडाच्यांग्रा समेत पालेका थिए । सदिंयौकालदेखि पूख्यौंली थलोको रुपमा बसोबास गर्दैआईरहेका ध्ये गाउँ २०६४ सालबाट संकटमा पर्न थाल्यो । गाउँ र गाउँ वस्तीको खेतीयोग्य जमिनमा हिमालको पानी होईन स्वत ः स्वफूर्त फुटेका मुलको पानीले खानेपानी,सिचाई र पशुआहारका लागि उपयोग गथ्र्ये ।तर, त्यही मुल सुकेर घट्दै घट्दै सुक्न थालेपनि ध्ये गाउँको जिवन यापनमा संकटको उभार निम्तियो ।
वस्ती नजिकको पानीको श्रोत विस्तारै सुक्दै जान थालेपछि ध्ये गाउँका खेतीयोग्य जमिन बाँझो खेतमा परिणत हुन थाल्यो ।पानीको श्रोत सुकेपछि पशुचौपायाका लागि प्रयोग गरिने चरनक्षेत्रमा पनि घाँस उम्रिन छाड्यो । गाउँमा पानीको श्रोत सुक्दै जान थालेपछि नत खेती हुन्थ्यो,नत ,पशुपालन व्यवसायनै गर्न सकिन्थ्यो । त्यती मात्र होईन मानिसका लागि उपयोग हुने खानेपानी पनि हाहाकार हुन थाल्यो । गाउँमा पानीको श्रोत सुक्दै जान थालेपछि ध्ये गाउँका बासिन्दा वैकल्पिक जिविकोपार्जन विकल्प खोज्न थाले ।
झन्डै १६ वर्ष अघिको ध्ये गाउँको यो मार्मिक कथा हो ।गाउँमा खानेपानी,सिचाई र पशुपालन व्यवसाय गर्न नसकेपछि त्यहाँका २६ घरधुरी गाउँ छोड्न थाले । कालिगण्डकी नदीको सार्वजनिक बगरलाई खेतीयोग्य उर्वरभूमीमा परिणत गरेका ध्ये थाङच्युङ चाम्बाले गाउँका बासिन्दले अझै पनि निकै जोखिम मोलेर खेतीपाती गर्दैआईरहेका छन् ।
मुस्ताङको ध्ये गाउँ जलवायु संकटका कारण पानीको श्रोत सुक्दै गएपछि २०६४ सालमा विस्थाति भयो । ध्ये गाउँको मौलिकता,धर्मसंस्कृति र रहनसहन बचाउँन र त्यहाँको वस्तीलाई एकत्रित गर्न चिन्ताको विषय बन्यो । त्यसपछि सबै गाउँले मिलेर त्यही ध्ये गाउँको १२ किमी तल कालिगण्डकी नदी छेउको थाङच्युङ चाम्बालेमा सरे । जलवायुले विस्थापित ध्ये गाउका १७ घरधुरी अस्तित्वका लागि थाङसुङ चाम्बालेमा सरेका थिए ।
ध्ये गाउँबाट थाङच्युङ सरेका उनीहरुले त्यहाँ ५५५ रोपनी जग्गामा वस्ती स्थान्तरण गरेका थिए । वस्ती सरेका उनीहरुले कालिगण्डकी नदीको पूर्वतर्फको सार्वजनिक बगरको जग्गामा अस्थायी भोग चलन गर्दै खेती गर्न थाले । त्यहाँ १ हजार २०३ रोपनी जग्गामा स्याउ ,उवा,फापर,जौं लगायतका खेती गर्न थाले ।उनीहरुले हालको भोग चलन गर्दैआईरहेको वस्ती र खेती योग्य जग्गा स्थायी भोग चलनका लागि संम्वन्धित निकायमा अनुरोध गरेपनि उनीहरुले अझै स्थायी जग्गा भोगाधिकार पाउँन सकेका छैनन् ।
जलवायु संकटका कारण पानीको मुहान सकेपछि वस्ती सरेपछि हालको थाङच्युङ चाम्बालेमा १६ वर्षदेखि निकै कष्ठकर रुपमा बिताईरहेको लोघेकर—५ ध्ये थाङ्सुङका वडाध्यक्ष पासाङ गुरुङले जानकारी दिए । ध्ये गाउँ मुस्ताङकै सबैभन्दा विकट र आर्थिक रुपले पीछडिएको दुरदराजको गाउँ रहेको वडाध्यक्ष गुरुङको भनाई छ ।
जलवायु संटकले विस्थापित वस्ती मुस्ताङको ध्ये थाङच्युङ गाउँले अहिले पूर्वाधार विकासको पर्खाईमा रहेको वडाध्यक्ष गुरुङले बताए । विश्वमै ठुला र औधोगिक राष्ट्रहरुले उत्र्सजन गरेको कार्वनले जलवायु संकट निम्तिएको उल्लेख गर्दै वडाध्यक्ष गुरुङले जलवायुकै चपेटामा परेको ध्ये थाङच्युङ चाम्बाले भोग्नु परेको समस्यालाई संम्वोधन गरिनु पर्ने बताए ।
‘ गाउँमा समस्यानै समस्या छन्,सिचाई,खानेपानी र पूर्वाधार विकासका काम धेरै गर्नु छ,वडाध्यक्ष गुरुङले भने,‘ जलवायुको अप्रत्यक्ष ध्ये गाउँलाई पनि छुट्याईनु पर्छ,हामी अप्रत्यक्ष जलवायु संकटको पीडाँ भोगिरहेका छौं ।