देउवालाई भेट्न महासचिव पोखरेलसहित ओली महाराजगञ्ज पुगे


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका छन्। भेटमा एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरू सहभागी थिए।

हालै सम्पन्न एमाले महाधिवेशनपछि तेस्रोपटक पार्टी नेतृत्वमा चयन भएका ओलीले सक्रिय राजनीतिक भेटघाट सुरु गरेका छन्। सोही क्रममा उनले देउवासँग समसामयिक राजनीतिक विषयमा छलफल गरेको बताइएको छ।

संसद पुनःस्थापनाको मुद्दामा कांग्रेस र एमाले एकै धारमा उभिएको सन्दर्भमा भएको यस भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। भेटमा मुलुकको राजनीतिक अवस्था, संसदको भूमिकालगायत विषयमा विचारविमर्श भएको बताइएको छ।

प्रतिक्रिया