महाशिवरात्रिमा रु. चार लाखभन्दा बढी भेटी संकलन गलेश्वर मन्दिर,बेनी

बेनी नगरपालिका-९ स्थित गलेश्वर मन्दिरमा महाशिवरात्रिमा रु. चार लाखभन्दा बढी भेटी संकलन भएको छ। महाशिवरात्रिका अवसरमा शुक्रबार गलेश्वरमा पूजाआजा र दर्शन गर्न आएका भक्तजनले चढाएको भेटी आज गनिएको हो।

यो वर्षको महाशिवरात्रिमा चार लाख २९ हजार ३८८ रुपैयाँ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष गौमाया पुनले जानकारी दिइन्। गलेश्वरमा शिवरात्रिमा म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, तनहुँ, स्याङ्जा, काठमाडौँलगायत स्थानबाट करिब ५० हजार भक्तजन दर्शन गर्न आएका कोषाध्यक्ष पुनले बताइन्।

महाशिवरात्रिमा कालीगण्डकी स्नान र गलेश्वरमा पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ। खेतीबाली लगाउने किसान फुर्सद, मौसम अनुकूल र बेनी–गलेश्वर सडक कालोपत्र भएकाले विगतको तुलनामा यसपालि भक्तजन आगमन बढेको कोषका सदस्यसचिव बलबहादुर खत्रीले बताए।

साउने सोमबार, बालाचतुर्दशी र शिवरात्रिको भोलिपल्टै र अन्य समयमा मासिक रूपमा भेटी गन्ने गरिएको छ। गत साउनदेखि यता ३७ लाख ९८ हजार ७०५ रुपैयाँ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए।

गलेश्वरमा संकलित भेटी शालिग्राम वेद विद्याश्रम, ज्येष्ठ नागरिक आश्रम, कोषको कार्यालय सञ्चालन र भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने कोषका उपाध्यक्ष बमबहादुर पुनले। हाम्रो आमा दर्शन न्युज का सन्चालक श्री सुर्य राय लाई जानकारी दिनु भयो

प्रतिक्रिया