सिन्धुली, – सुनकोशी नदीमा आएको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि सिन्धुली र रामेछाप जिल्लाबीचको सम्पर्क विच्छेद भएको छ। शनिबार बिहान गोलन्जोर गाउँपालिका क्षेत्रभित्र पर्ने यो पुल बगाएपछि यातायात अवरुद्ध भएको हो।
सुनकोशी नदीको जलसतह लगातार बढिरहेकोले तटीय क्षेत्र उच्च जोखिममा परेको छ। स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै सुरक्षा मापदण्डहरू अपनाउन निर्देशन दिएको छ।
बाढीले यातायातमा बाधा पुर्याएको कारण नागरिकको दैनिक जीवनमा प्रत्यक्ष असर परेको छ। हाल पुनःनिर्माणको विषयमा कुनै ठोस निर्णय आएको छैन भने स्थिति नियन्त्रणमा लिनका लागि स्थानीय अधिकारीहरू तयारी अवस्थामा छन्।
१२ असोज २०८१, शनिवार ०१:०३ मा प्रकाशित