डान्सबारमा कुटपिट हुँदा एक जनाको मृत्यु, सञ्चालकसहित तीन जना पक्राउ

नवलपरासी – नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बार मा कुटपिटको क्रममा एक जनाको मृत्यु भएको छ।


गत माघ २८ गते मध्यराति दुई पक्षबीच झडप हुँदा प्रतापपुर गाउँपालिका–९ खैरेनी निवासी ४५ वर्षीय सन्तबहादुर चौधरी गम्भीर घाइते भएका थिए। उपचारको क्रममा माघ ३० गते साँझ ४:३० बजे बुटवलस्थित चौरहा अस्पतालमा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिएका छन्।


प्रहरीले घटनामा संलग्न भएको आरोपमा डान्स बारका सञ्चालक राकेश हरिजनसहित प्रतापपुर–१ निवासी अमित चौधरी र सरोज चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेको छ।


अहिले घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया