नेप्से परिसूचक पछिल्ला दुई कारोबारी दिनदेखि करेक्सनको चरणमा प्रवेश गरेको छ। लगातारको उकालो यात्रा गर्दै ३ हजार विन्दु पार गरेको बजारले टिक्न नसकी करेक्सन सुरु गरेको हो।
बिहीबार नेप्से ३१.०२ अंकले घट्दै २९२२.६३ विन्दुमा झरेको छ। कारोबार रकममा समेत घटोत्तरी देखिएको छ। यस दिन कूल १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
बजारको निरन्तर वृद्धिसँगै लगानीकर्ताहरुमा उत्साह देखिएको थियो। तर, बजारले नयाँ उचाइ कायम गरेसँगै केही लगानीकर्ताले नाफा सुरक्षित गर्दै बिक्री थालेपछि करेक्सन आएको विश्लेषण छ। यद्यपि धेरै जानकारहरुले यो करेक्सनलाई सामान्य प्रकृया मानेका छन्।
लगानीकर्ता अच्युत सिग्देलका अनुसार, “बजारले ५ हजार विन्दु पार गरेपछि मात्रै साँचो अर्थमा ३२०० विन्दुको सावाँ गर्नेछ।”
बजार समग्रमा अझै सकारात्मक नै रहेको विज्ञहरुको निष्कर्ष छ। उनीहरुका अनुसार सानो तिनो करेक्सनले बजारको दीर्घकालीन प्रगति रोक्दैन। बजार हल्लाबाट प्रभावित नहुन र विश्वसनीय स्टकमा लगानी गर्न सुझाव दिइएको छ।
शेयर बजार बुल फेजमा प्रवेश गरिसकेको र नयाँ उचाइ बनाउँदै अघि बढ्ने विश्वास धेरै लगानीकर्ताले व्यक्त गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता