काठमाण्डौ — राष्ट्रिय मानव अधिकार आयोगले पछिल्ला राजनीतिक घटनाक्रम तथा जेनजी समूहले गर्न लागेको प्रदर्शनलाई मध्यनजर गर्दै सबै सरोकारवाला पक्षहरूलाई संयमित रहन आह्वान गरेको छ।
आयोगले सम्भावित अशान्ति, हिंसात्मक गतिविधि र घृणायुक्त अभिव्यक्तिहरूले शान्ति–सुरक्षा र सामाजिक सद्भावमा नकारात्मक असर पार्न सक्ने उल्लेख गर्दै जिम्मेवार र संवेदनशील व्यवहार अपनाउन आग्रह गरेको हो।
आयोगका प्रवक्ता टीकाराम पोख्रेलद्वारा जारी विज्ञप्तिमा भदौ २३ र २४ गते भएका हिंसात्मक घटनासम्बन्धी अनुसन्धान तीव्र गतिमा अगाडि बढाइएको र सम्बन्धित निकायहरूसँग सत्य तथा तथ्य विवरण संकलन भइरहेको जनाइएको छ।
विधिको शासन सुदृढ पार्दै शान्ति र सुरक्षालाई मजबुत बनाउन आयोगले सरकारलाई सुरक्षाकर्मीको मनोबल उच्च राख्दै संयमित र कानूनी दायराभित्रका कदम चाल्न निर्देशन दिएको छ।
त्यसैगरी, आयोगले राजनीतिक दल तथा समूहहरूलाई प्रदर्शनलाई मर्यादित र शान्तिपूर्ण ढङ्गले सञ्चालन गर्न, र नागरिक समाज, सञ्चारकर्मी तथा मानव अधिकार समुदायलाई सामाजिक सद्भाव कायम राख्न सहयोग पुर्याउन पनि अपील गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय