६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पले टर्कीको इस्तानबुल काँप्यो

काठमाडौं । टर्कीको प्रमुख सहर इस्तानबुलमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ। करिब १ करोड ६० लाख जनसंख्या भएको यो सहरमा पछिल्लो समयका शक्तिशाली भूकम्पहरूमध्ये यो एक हो।


भूकम्पको झट्का महसुस भएसँगै सहरभरि त्रास फैलिएको छ। मानिसहरू डरले घर बाहिर निस्किएका थिए। टर्कीको विपद् व्यवस्थापन एजेन्सी (AFAD) का अनुसार भूकम्पको केन्द्रबिन्दु इस्तानबुलबाट करिब ८० किलोमिटर पश्चिमतर्फ पर्ने सिलिभ्री क्षेत्र रहेको छ।


हालसम्म ठूलो क्षति वा मानवीय क्षतिको विवरण भने आएको छैन। उद्धार टोलीहरू तयारी अवस्थामा रहेका छन् भने नागरिकहरूलाई सतर्क रहन आग्रह गरिएको छ।


अधिक जानकारी आउन बाँकी छ।

प्रतिक्रिया