रौतहट — रौतहटमा सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार उक्त सुटकेस सडक किनारमा राखिएको अवस्थामा स्थानीयले देखेपछि खबर गरिएकाे थियो। प्रहरी टोली पुगेपछि सुटकेस खोलेर हेर्दा महिलाको शव फेला परेको हो।
घटनास्थललाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको डिएसपी कार्कीले बताए। मृतकको पहिचान खुल्न बाँकी छ।
९ भदौ २०८२, सोमबार ०७:४० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता