कविता

   सम्झना

गर्व गर्ने हो । लाद्ने होईन् । 
पुण्य गर्ने हो । आस्था बेच्ने होईन् ।

सम्पदा, सम्पत्ति हो । मास्ने होईन् ।

संस्कार चलाउनुपर्छ, बुझाउने हो 
संरक्षकले अधिकार खोज्ने होईन् । 

फूल जस्तै फुल्ने हो 
माधुर्यता छर्ने हो 
काँढै आफु भएपनि 
सियो बन्न योग्य छ बुझाउने हो 
नासो हो सब
हस्तान्तरण प्रेमले गर्ने हो ।

जीवन प्रेम हो
क्रूरता होईन् ।

लेखक:- प्रशान्त महासागर

प्रतिक्रिया