डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) सुदूरपश्चिम प्रदेशको चुनावी अभियानका क्रममा बुक गरिएको होटलमा बास नबसी अन्यत्र गएका छन्।
बालेन बिहीबार साँझ डोटी पुगेका थिए। उनको दिपायलमा बास बस्ने कार्यक्रम तय गरिएको थियो। रास्वपाका स्थानीय नेताहरूले दिपायलस्थित वर्षा होटलमा उनको बासको व्यवस्था मिलाएका थिए। होटलको कोठा नम्बर ३०४ मा बालेन बस्ने तयारी गरिएको थियो।
तर बास बस्ने स्थान, होटल र कोठा नम्बरसम्बन्धी सम्पूर्ण विवरण उनी पुग्नुअघि नै सार्वजनिक भएपछि बालेनले त्यहाँ नबस्ने निर्णय गरेका हुन्। सूचना लिक भएपछि होटल वरपर भीड हुन सक्ने र सुरक्षा चुनौती बढ्न सक्ने आशंकाका कारण उनले रातारात दिपायल छोडेको उनीनिकट स्रोतले जनाएको छ।
बालेन बिहीबार राति सिलगढी पुगेका थिए र त्यहीँ बास बसेका थिए। शुक्रबार बिहान उनी अछामतर्फ प्रस्थान गरेका हुन्। सोही दिन उनले कर्णाली प्रदेश प्रवेश गरी चुनावी अभियानलाई निरन्तरता दिएका छन्।
सुरक्षा संवेदनशीलता र सूचना व्यवस्थापनमा देखिएको कमजोरीका कारण बासस्थान परिवर्तन गर्नुपरेको स्रोतको भनाइ छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
Admin