सिन्धुली । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार नेपालबाट चीनमा राँगाको मासु निर्यात गर्ने उद्देश्यले सिन्धुलीको मरिण गाउँपालिका–४, सहानमा आधुनिक मासु कटिङ प्लान्ट (बधशाला) निर्माण कार्य सुरु भएको छ।
चिनियाँ कम्पनी हिमालयन फुड इन्टरनेशनलले करिब ४० बिघा क्षेत्रफलमा मासु कटिङ प्लान्ट निर्माणको तयारी गरिरहेको छ। सोही उद्देश्यअनुसार कम्पनीका इञ्जिनियरहरू तथा मरिण गाउँपालिका अध्यक्ष विर्मश मोक्तान (प्रख्यात) को टोलीले सम्भावित निर्माणस्थलको माटो परीक्षणका लागि हालै निरीक्षण गरेका छन्। माटो परीक्षणको रिपोर्ट आएपछि १५ दिनभित्र बधशाला निर्माण सुरु गरिनेछ।
निर्माणाधीन प्लान्ट अत्याधुनिक हुने र दैनिक ५ हजार राँगा काट्ने क्षमताको रहने बताइएको छ। नेपालकै किसानहरूले जोन क्षेत्रबाट ल्याएका राँगा तथा भैँसीहरू मरिणको सहानमा मासु कटिङ गरी विशेष कन्टेनरमार्फत चीन निर्यात गरिने योजना छ।
चिनियाँ कम्पनीले नेपालमा मासु उत्पादनका लागि राँगा पालन क्षेत्रको विकाससमेत अघि बढाएको छ। इलाम, सिन्धुलीको हरिहरपुरगढी, मकवानपुरको वागमती र वकैयाँ गाउँपालिकालाई राँगा जोनको रूपमा विकास गर्ने योजना रहेको कम्पनीका कार्यकारी निर्देशक गंगाराम गौतमले जानकारी दिएका छन्।
यस परियोजनाले स्थानीय किसान तथा पशुपालकहरूलाई प्रत्यक्ष फाइदा पुर्याउने विश्वास गरिएको छ। साथै, नेपालबाट औद्योगिक रूपमा मासु निर्यात गर्ने सम्भावनालाई मूर्तरूप दिने महत्वपूर्ण परियोजना हुने अपेक्षा गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
Admin