काठमाडाैं, ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्थाको पुनर्स्थापना तथा नेता रविन्द्र मिश्र र डा. धवलशम्शेर राणाको रिहाइको माग गर्दै काठमाडौंको निषेधित क्षेत्रमै प्रदर्शन गर्ने निर्णय गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज बसेको कार्यसम्पादन समिति बैठकपछि उक्त निर्णय सार्वजनिक गरेका हुन्। उनका अनुसार वैशाख ७ गतेको प्रदर्शन शान्तिपूर्ण हुने र आवश्यक परे सामूहिक रूपमा थुनिन पनि तयार रहेको बताएका छन्।
राप्रपाले त्यसपछि वैशाख ९ गते देशभरका ७७ वटै जिल्लामा विरोधसभा गर्ने कार्यक्रमसमेत सार्वजनिक गरेको छ।
अध्यक्ष लिङ्देनले वर्तमान सरकारको दमनकारी शैली, नेताहरूको गिरफ्तारी र संवैधानिक अधिकारमाथिको अतिक्रमणको विरोधमा राप्रपा सडकमा उत्रिन बाध्य भएको बताएका छन्।
#RajendraLingden
#AamaDarshanNews
४ बैशाख २०८२, बिहिबार ०४:४४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता