काठमाण्डौ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न शहरहरूमा वायु प्रदूषणको स्तर खतरनाक रूपमा बढिरहेको छ। प्रदूषणका कारण धेरै क्षेत्रमा बिहान र बेलुकी धुवाँको तह स्पष्ट देख्न सकिन्छ।


विशेषगरी ईँटा भट्टा, सवारी साधनको धुँवा, र फोहोरको अनियन्त्रित दहन वायु प्रदूषणका प्रमुख कारण मानिएका छन्। स्वास्थ्य विज्ञहरूले यो अवस्थामा बालबालिका, वृद्धवृद्धा र दमका बिरामीलाई विशेष सतर्कता अपनाउन सुझाव दिएका छन्।


सरकारले वायु गुणस्तर सुधारका लागि दीर्घकालीन योजना बनाउनुपर्ने विज्ञहरूको भनाइ छ। यसका साथै, सर्वसाधारणलाई मास्क लगाउन र खुला क्षेत्रमा कम समय बिताउन आग्रह गरिएको छ।

प्रतिक्रिया