काठमाडौँ — गृह मन्त्रालयले देशभरका कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने भएको छ । एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवं विपश्यना साधक कुबेरसिंह रानासहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको हो।
केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन् । नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुनेछ । व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०(७० जनाले ध्यान गर्नेछन् । पटकपटक शिविर सञ्चालन गरी सबैलाई विपश्यना ध्यान गराइने छ।
यसअघि नक्खु भिमफेदी, परासी र विराटनगर कारागारमा पहिलो चरणको शिविर सम्पन्न भइसकेको छ।
विपश्यना गौतम बुद्धले खोज गरि सिकाउन थालेको प्राचीन ध्यान विधि हो। विश्वका विभिन्न मुलुकका कारागारमा पनि विपश्यना ध्यान शिविर हुने गरेको छ ।
स्रोत:कान्तिपुर
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार